• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

पत्रकार कुटपिटको घटनामा मिलापत्र

बिमला पाण्डे by बिमला पाण्डे
साउन १८, २०७६
in Uncategorized
0

Share via:

62 Shares
  • Facebook 62
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष एवम् जिल्ला शाखाका सल्लाहकार मिनकुमार दाहालमाथि प्रहरीले गरेको कुटपीटको घटनामा शुक्रबार मिलापत्र भएको छ । मिलापत्रमा दोषी प्रहरीलाई विभागिय कारवाहि गर्ने र सोको जानकारी पीडित पक्षको उपस्थितिमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने सहमति पछि मिलापत्र भएको हो । सिन्धुलीका एसपी चक्र बहादुर सिंह, डिएसपी लोकदर्शन थापाको मध्यस्थतामा दुवै पक्षबीच सहमति भएको हो ।

घटनामा संलग्न रहेका प्रहरी हवल्दार सलाम सिंह लामा र प्रहरी जवान विकास सिंतानले घटना घटाएको स्वीकार गरेर माफी मागेपछि घटनामा मिलापत्र गरिएको प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहले बताए । उनका अनुसार घटनाको अर्कोदिन अर्थात असार २२ गते अनुसन्धानका लागि भन्दै प्रहरीले पीडक प्रहरी दुवै जनालाई निलम्बन गरेको थियो ।
प्रहरीले कमलामाई नगरपालिकाको वडा नं. ६ मा रहेको शिवनगर होटलमा खाजा खाईरहेका पत्रकारद्वयको भिडियो खिचेको र भिडियो नखिच्न आग्रह गर्दा कुटपीट भएको थियो । घटनामा पत्रकार महासंघको केन्द्रीय छानविन समितिले समेत प्रहरीलाई दोषी ठहर गरेको थियो ।
नेपाल पत्रकार महासंघ सिन्धुलीले असार २३ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गर्नका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी लोकदर्शन थापालाई फाईल हस्तान्तरण गरेको थियो । बुझाइएको मुद्दाको फाईल प्रहरीले दर्ता गरेको थिएन ।
ज्यान मार्ने उद्योगको मुद्दा कार्यलयमा आईसकेपछि प्रहरीले स्वतः दर्ता गरि प्रक्रियामा लानुपर्ने व्यवस्था रहेको नेपाल वार यशोसियसन जिल्ला बार ईकाई सिन्धुलीका अध्यक्ष जंग बहादुर राईले बताए ।
उनका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १८३ मा त्यस्तो कसुर गर्नेलाई १० वर्षसम्म कैद सजाय र १ लाख रुपैंयासम्म जरिवानाको व्यवस्था छ । राईका अनुसार उक्त मुद्दामा प्रमाण नपुगे अदालतले कुटपीटमा परिणत गर्न सक्ने र कुटपीटमै उक्त मुद्दा ठहर भएमा कसूर गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ कानुनी व्यवस्था रहेको छ ।
मुलुकी फौजदारी संहिता २०७४ मा अनुमति बिना कसैको तस्वीर खिचेमा एकवर्षसम्म कैद वा दश हजार रुपैंयासम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।
उक्त संहितामा अनुसन्धान वा अभियोजन अधिकारीले निर्दोष व्यक्तिलाई फसाउने वा वास्तविक कसूरदारलाई जोगाउने मनसायले बदनियतपूर्वक अनुसन्धान वा अभियोजन गरेमा छ महिनासम्म कैद वा रु पाँच हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । पीडित होमकुमार कार्की (राजन)ले प्रहरीले पीडकलाई ६ महिना निलम्बन गरेको भन्दै आएको र अन्तिममा त्यसो नगरेको पाईएको बताए । उनले विविध कारणले आफु मुद्दाको प्रक्रियामा नजाने निश्कर्षमा पुगेको हुदा क्षतीपूर्ति र उपचार खर्च समेत नलिई मिलापत्रमा हस्ताक्षर गरेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

सुनकोशी मरिण डाईभर्सन : उचित मुआब्जा तथा क्षतीपूर्तिको माग

Next Post

प्रसाद खाँदा एकै गाउँमा १८ जना विरामी

सम्बन्धित खबरहरु

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied