• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

बिमला पाण्डे by बिमला पाण्डे
भदौ ३०, २०८३
in Featured, Opinion, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सनातन हिन्दू संस्कृतिमा हरितालिका तीजको दुई दिनपछि अर्थात भाद्र शुक्ल पञ्चमीका दिन हिन्दु धर्ममा आस्था राख्ने महिलाहरुले मनाउने पर्व हो ऋषि पञ्चमी । ऋषि पञ्चमी आत्मशुद्धि, प्रकृतिप्रति सम्मान र ऋषि परम्पराप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण पर्व हो । विशेषगरी महिलाहरुले व्रत बस्ने दिनका रूपमा परिचित भए पनि यसको मूल सन्देश केवल महिलासँग सीमित छैन । यो पर्वले मानव जीवनलाई ज्ञान, अनुशासन, पवित्रता र प्रकृतिसँगको सहअस्तित्वको मार्गमा अघि बढ्न प्रेरणा दिन्छ । आजको समाजले ऋषि पञ्चमीलाई अन्धविश्वास र कठोर सामाजिक परम्पराको चस्माबाट पनि हेर्ने गरेको पाईन्छ तर त्यसो नभई यसको सकारात्मक आध्यात्मिक तथा सांस्कृतिक मूल्यको आधारमा बुझ्नु आवश्यक भएको छ ।

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी सप्तऋषिहरु कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको स्मरणमा समर्पित छ । धार्मिक ग्रन्थहरूमा यी ऋषिहरूलाई ज्ञान, तपस्या, नैतिकता र सभ्यताको मार्ग दर्शकका रुपमा मानिएको छ । यी चार कुरा हरेक मानिसको जीवनमा उत्तिकै महत्वपूर्ण छन् । त्यसैले यस दिन उनीहरूको पूजा गरी ज्ञान र सदाचारको जीवन अपनाउने संकल्प गरिन्छ ।

परम्परागत रूपमा महिलाले तीजको व्रतपछि नदी, पोखरी वा स्वच्छ जलस्रोतमा स्नान गरी दतिवन र विशेष वनस्पतिको प्रयोगबाट शुद्धीकरण गर्ने चलन छ । जुन आयुर्वेदसँग सम्बन्धित छ । यसले शरीर मात्र होइन, मन र व्यवहारलाई पनि पवित्र बनाउने प्रतीकका रुपमा ऋषि पञ्चमीलाई लिएको पाईन्छ । शास्त्रीय कथामा रजस्वला अवधिमा भएका अज्ञानवश त्रुटिको प्रायश्चित्त गर्ने प्रसंग पाइए पनि यसको गहिरो अर्थ आत्मअनुशासन र आत्म समीक्षा हो । भलै रजस्वलाको त्रुटिको प्रयाश्चितका रुपमा यो पर्वलाई बुझाउने र बुझिने गरेकाले पञ्चमी पूजा विवादित बन्दै आएको छ ।

ऋषि पञ्चमीले हाम्रो समाजलाई तीनवटा महत्वपूर्ण शिक्षा दिन्छ । पहिलो, ज्ञानप्रतिको सम्मान । ऋषिहरू कुनै जाति वा लिङ्गका प्रतिनिधि मात्र होइनन्; उनीहरू ज्ञान, अनुसन्धान र सत्यको खोजीका प्रतीक हुन् । त्यसैले यो पर्वले पुस्तौँदेखि ज्ञान परम्परालाई जीवित राख्ने सन्देश दिन्छ ।

दोस्रो, प्रकृतिसँगको सम्बन्ध हो । पूजा सामग्रीमा कुश, तुलसी, दतिवन, जल र विभिन्न वनस्पतिको प्रयोग गरिनु प्रकृतिलाई जीवनको आधार मान्ने वैदिक दृष्टिकोण हो । आधुनिक वातावरणीय संकटका बेला यो सन्देश अझ सान्दर्भिक बनेको छ । तर नुहाउँदा माटोको प्रयोगलाई भने निश्तेज गर्न सकिन्छ । जसले यौनांगमा संक्रमण गराउन सक्ने खतरा छ । यस्ता कुराहरु भने परिवर्तन हुन जरुरी छ ।
तेस्रो, पारिवारिक र सामाजिक एकता । तीज र ऋषि पञ्चमीले परिवारका सदस्यलाई एउटै सांस्कृतिक धागोमा बाँध्ने अवसर दिन्छ । सामूहिक पूजा, भेटघाट र शुभकामनाले सामाजिक सम्बन्धलाई मजबुत बनाउँछ ।

आधुनिक समाजका प्रश्न
समयसँगै ऋषि पञ्चमीबारे धेरै प्रश्न उठेका छन् । विशेषगरी महिलामाथि मात्र शुद्ध–अशुद्धको अवधारणा किन लागू गरियो भन्ने बहस स्वाभाविक छ । विज्ञानले रजस्वला जैविक र प्राकृतिक प्रक्रिया भएको स्पष्ट गरि सकेको छ । त्यसैले महिलालाई अपवित्र मान्ने वा उनीहरूको सम्मानमा आँच आउने कुनै पनि अभ्यासलाई धर्मको नाममा उचित ठहराउन सकिँदैन ।

धर्मको सार मानव कल्याण हो, विभेद होइन । यदि कुनै परम्पराले मानिसको आत्मसम्मान घटाउँछ भने त्यसलाई पुनव्र्याख्या गर्नु समाजको दायित्व हो । आधुनिकताको अर्थ धर्म त्याग्नु होइन; धर्मभित्र रहेका मानवीय मूल्यलाई समय अनुकूल बुझ्नु पनि हो ।

आज धेरै शिक्षित महिलाले ऋषि पञ्चमीको व्रत श्रद्धाका साथ बस्छन्, तर त्यसलाई अपराधबोध वा डरको कारण होइन, आत्मिक शान्ति र सांस्कृतिक पहिचानको रूपमा ग्रहण गर्नु आवश्यक छ । सामाजिक, सांस्कृतिक र धार्मिक चेतनाको परिवर्तनबाट सम्भव छ ।

आधुनिकता र परम्पराको सन्तुलन
आजको पुस्ताले दुई चरम अवस्थाबाट बच्नुपर्छ । एकातिर सबै परम्परालाई अन्धविश्वास भन्दै अस्वीकार गर्ने प्रवृत्तिबाट जोगिने र अर्कातिर हरेक पुरानो अभ्यासलाई परिवर्तन गर्न नहुने जिद्दीबाट पनि जोगिने । यी दुवै दृष्टिकोण सन्तुलित होइनन् ।

हामीले पर्वलाई परिवर्तन गर्ने होइन, पर्व मनाउने हाम्रो चेतनालाई परिवर्तन गर्नुपर्छ । समय अनुसार आधुनिकता स्वीकार गर्न र मौलिकता जोगाउन नयाँ पुस्तामाथि चुनौती छ । मौलिकता र परम्परा जोगाउने दायित्वसँगै अस्वभाविक विकृतिलाई हटाउन समेत आजको शिक्षित पुस्ताले सोंच्नु आवश्यक छ ।

ऋषि पञ्चमीको वास्तविक मर्म पनि मौलिकता, परम्परा जोगाउँदै विकृतिहरुलाई परिमार्जन गर्नु पनि हो । बाहिरी प्रदर्शनभन्दा भित्री शुद्धता आजको आवश्यकता पनि हो । हामीले नैतिकता, अनुशासन र स्वनियमनलाई ध्यान दिंदै प्रकृतिको पूजक बन्न आवश्यक बन्दै गएको छ ।

जस्तो ऋषि पञ्चमीलाई वातावरण संरक्षणसँग जोड्न सकिन्छ । नदीमा फोहोर फाल्ने, प्लास्टिकका पूजा सामग्री प्रयोग गर्ने वा धार्मिक स्थललाई प्रदूषित गर्ने कार्यले धर्मको उद्देश्य पूरा गर्दैन । बरु एक बिरुवा रोप्ने, जलस्रोत सफा गर्ने, औषधीय वनस्पति संरक्षण गर्ने र स्वच्छताको अभियान चलाउने हो भने पर्वको आध्यात्मिक मूल्य व्यवहारमा उतारिएको ठहरिन्छ । ऋषि पञ्चमीले जलासयमा पुगेर नुहाउने र सफा, शुद्ध हुने कुराले प्रकृति संरक्षणको आवश्यकता औंलाएको छ भलै बुझाईमा केहि तादम्यता नमिलेको हुन सक्छ ।

त्यस्तै, समाजमा रहेका विभेद, हिंसा र असमानताबाट मुक्त हुने संकल्प पनि आजको ऋषि पञ्चमीको महत्वपूर्ण पक्ष बन्न सक्छ । ऋषिहरूले ज्ञान र न्यायको मार्ग देखाएका थिए । त्यसैले उनीहरूको स्मरण केवल पूजा गरेर होइन, सत्य, समानता र करुणाको अभ्यास गरेर सार्थक हुन्छ ।

नयाँ पुस्ताले कसरी बुझ्ने ?
आजको पुस्ताले उठाएको “मेरो शरीर, मेरो अधिकार” भन्ने आवाज कुनै धर्मविरोधी आन्दोलन होइन । यो महिलाको शरीर, स्वास्थ्य, सम्मान र निर्णय गर्ने स्वतन्त्रताको पक्षमा उठेको मानव अधिकारको प्रश्न हो । त्यसैले ऋषि पञ्चमीलाई रजस्वलामा हुने छुवाछुत र पापको भयसँग होइन, आत्मचिन्तन र संस्कृतिको सकारात्मक मूल्यसँग जोडेर पुनः बुझ्नु आवश्यक छ ।

नेपालको संविधानले सबै नागरिकलाई समानता र सम्मानपूर्वक बाँच्ने अधिकार दिएको छ । मुलुकी अपराध संहिता, २०७४ ले रजस्वलाका आधारमा गरिने छाउपडी वा अछुत व्यवहारलाई दण्डनीय बनाएको छ । अर्थात् कानुनको दृष्टिमा रजस्वला भएकी महिला अपवित्र वा अछुत होइनन् । यसको अर्थ रजस्वला एक प्राकृतिक जैविक प्रक्रिया हो, पाप होइन । तर धार्मिक कथाहरूमा ऋषि पञ्चमीलाई रजस्वलाको “दोष” वा “प्रायश्चित्त” सँग जोडिएको पाइन्छ । यही ठाउँमा नयाँ पुस्ताले प्रश्न गर्छ, ‘यदि रजस्वला प्राकृतिक हो भने प्रायश्चित्त किन ?’ यसको उत्तर शाब्दिक होइन, सांस्कृतिक र ऐतिहासिक सन्दर्भमा खोज्नुपर्छ । प्राचीन समाजमा सरसफाइ, स्वास्थ्य र जैविक प्रक्रियाबारे सीमित ज्ञान थियो । त्यस समय बनेका धेरै प्रतीकात्मक अभ्यासलाई आज विज्ञान र मानव अधिकारको दृष्टिले पुनव्र्याख्या गर्नुपर्छ, त्यसैले अहिले उठेका आवाज र बनेका कानुनी दस्तावेज चेतनाको स्तरसँगै भएको विकास हो र स्वभाविक छ ।
ऋषि पञ्चमीको सार महिलालाई दोषी ठहराउनु होइन; आत्मशुद्धि, अनुशासन र ज्ञानको सम्मान हो । यदि कसैले श्रद्धापूर्वक व्रत बस्न चाहन्छ भने त्यो उसको धार्मिक स्वतन्त्रता हो । यदि कसैले व्रत नबस्ने निर्णय गर्छ भने त्यो पनि उसको व्यक्तिगत अधिकार हो । धर्म तबसम्म सुन्दर हुन्छ, जबसम्म त्यो स्वेच्छामा आधारित हुन्छ; डर, लाञ्छना वा सामाजिक दबाबमा होइन ।

रजस्वलालाई लुकाउने होइन, सम्मान गर्ने हो । छुवाछुत होइन, समानता अपनाउने हो । महिलालाई पापको प्रतीक होइन, जीवन सिर्जनाको आधार मान्ने हो । ऋषिहरूले ज्ञानको मार्ग देखाएका थिए भने आजको ज्ञानले हामीलाई विज्ञान, समानता र मानव मर्यादाको बाटो देखाउँछ । यी दुईबीच द्वन्द्व होइन, संवाद हुनुपर्छ । अवको पुस्ताले विभेद बिना परम्परा जोगाउन सक्छ । महिलाहरुको सम्मान गर्दै संस्कृति बचाउन पनि सक्छ भन्ने सोंच सहित ऋषि पञ्चमीलाई मनाउन र अझ अर्थपूर्ण मानवीय, पर्व बनाउन सक्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

निष्कर्ष
ऋषि पञ्चमी केवल धार्मिक अनुष्ठान होइन, आत्मचिन्तन र सांस्कृतिक चेतनाको पर्व हो । यसको मूल सन्देश ज्ञानको सम्मान, प्रकृतिप्रति कृतज्ञता, आत्मअनुशासन र नैतिक जीवन हो । आधुनिक युगमा यसको व्याख्या विज्ञान, समानता र मानव मर्यादासँग मेल खाने गरी गरिनुपर्छ ।

हामीले परम्परालाई जीवित राख्ने हो भने त्यसको आत्मा जोगाउनुपर्छ, बाहिरी आवरण होइन । धर्मले मानिसलाई विभाजन होइन, उन्नति र सहअस्तित्व सिकाउनुपर्छ । ऋषि पञ्चमीलाई आज पनि अर्थपूर्ण, जीवन्त र आगामी पुस्ताका लागि प्रेरणादायी पर्व बनाइराख्न समय अनुकुलको व्याख्या आवश्यक छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

सम्बन्धित खबरहरु

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

भर्खरै प्राप्त समाचारहरु

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied