सिन्धुली । कमलामाई बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजकुमार कार्की सर्वसम्मत निर्वाचित भएका छन् । आईतबार कनपा ४ ढुंग्रेवासमा सम्पन्न २९ औं बार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट कार्की सञ्चालक समितिको अध्यक्षमा निर्वाचित भएका हुन् ।
समितिको उपाध्यक्षमा गिता कटुवाल, सचिवमा उद्धव थापा र कोषाध्यक्षमा पदम श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा राजन कार्की, गोपाल देवकोटा, ललिता राजभण्डारी, वविता गौतम, ध्रुव प्रसाद दाहाल र सावित्री श्रेष्ठ निर्वाचित भएका छन् ।
अधिवेशनले लेखा तथा सुपरिवेक्षण समिति समेत निर्वाचित गरेको छ । लेखा समितिको संयोजकमा कृष्ण प्रसाद बराल निर्वाचित भएका छन् भने सदस्यमा सादेशमणी पोखरेल र सरिता शर्मा (गजुरेल) निर्वाचित भएका छन् ।
संस्थाका अध्यक्ष अमरदिप देवकोटाको अध्यक्षता तथा जिल्ला सहकारी संघ सिन्धुलीका अध्यक्ष नवराज कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा तथा अधिवेशनको उद्घाटन शत्रको कार्यक्रम गरिएको थियो ।
उक्त कार्यक्रममा कमलामाई नगरपालिकाका सहकारी शाखाका प्रमुख मुकेश तामाङ, सिन्धुली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख फाल्गुणी शर्मा, सहकारीका सल्लाहकार होममणी बराल, जिल्ला सहकारी संघ सिन्धुलीका उपाध्यक्ष अशोक श्रेष्ठ लगाएको सहभागिता रहेको थियो ।
अधिवेशनमा संस्थाका सञ्चालक समितिका सचिव रेशम पोखरेलले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका सञ्चालक समिति सदस्य रमा शर्माले स्वागत गरेकी थिईन् ।






















