सिन्धुली । रसुवा बाढी पीडितलाई लक्षित गर्दै राष्ट्रिय युवा संघ सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
युवा संघले विपदका घाईते तथा रगतको अभाव भएका अन्य विरामीलाई समेत लक्षित गरि खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार केन्द्र सिन्धुलीको प्राविधिक सहयोगमा गरिएको उक्त कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।
राष्ट्रिय युवा संघ सिन्धुलीका अध्यक्ष अरुण पाख्रिनको अध्यक्षता एवम् संघका केन्द्रीय सचिवालय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज देवराज वाईवाको प्रमुख आतिथ्यतामा भएको उक्त रक्तदान कार्यक्रममा युवा, युवा महिलाहरु लगाएतले रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघका केन्द्रीय सचिवालय सदस्य देवराज वाईवाले युवा संघ विपदका बेला सरकारसँगै र पीडित नागरिकहरुसँगै रहेको बताएका छन् । हरेक विपत्ति र अप्ठ्यारो परिस्थितिमा नागरिकसँग सधै हातेमालो गरिरहेको उनले बताएका छन् ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रदीप कटुवाल, नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठ, युवा नेताहरु, महिलाहरु, समाजसेवीहरु लगाएतको सहभागिता रहेको थियो ।





















