• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, September 11, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ २३, २०८३
in Featured, Education, Opinion, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

– टोमप्रसाद काफ्ले

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस । हरेक वर्ष झैँ आज पनि विद्यालय, शिक्षा सम्वद्ध सरकारी कार्यालय र विभिन्न सिंगारिएका मञ्चमा साक्षरताका नारा मज्जाले गुञ्जिनेछन् । गोष्ठी हुनेछन्, शुभकामना आदान–प्रदान हुनेछ, तथ्यांकहरुको प्रस्तुति हुनेछ र भाषणमा “शिक्षा नै विकासको आधार हो” भन्ने आदर्श वाक्य पुनः एकपटक दोहोरिनेछ । तर एउटा प्रश्नचाहिँ फेरि पनि खरो रुपमा उत्रिएर सोध्नुपर्ने छ ।

निरन्तरको प्रयासबाट नागरिकलाई अक्षर त चिन्न सिकायौँ, तर जीवन चिन्न सिकायौँ कि सिकाएनौँ ?

सत्र वर्ष अघि दुई वर्षभित्र नेपालबाट निरक्षरता उन्मूलन गर्ने उद्घोष गरिएको थियो । त्यस यता साक्षरता अभियानका अनेकौँ चरणहरु चले । गाउँ गाउँमा साक्षरता कक्षा सञ्चालन भए । बजेट खर्च भयो । स्वयंसेवक परिचालित भए । अन्तर्राष्ट्रिय दातृ निकायले सहयोग गरे । साक्षर नेपाल घोषणा गर्ने अभियान चले । तर आज पनि हामी पूर्ण साक्षर राष्ट्र बन्ने लक्ष्यको छेउमै उभिएर फेरि त्यही प्रश्न गरिरहेका छौँ, नेपालको साक्षरता अभियान कहाँ पुग्यो ? नेपालको सन् २०२१ (२०७८) को जनगणना अनुसार पाँच वर्षमाथिको जनसंख्याको साक्षरता दर ७६.२ प्रतिशत छ । पुरुषको ८३.६ प्रतिशत हुँदा महिलाको ६९.४ प्रतिशत छ । अर्थात् दशकौँको अभियानपछि पनि झन्डै एक चौथाई जनसंख्या साक्षरताको आधारभूत तहबाटै बाहिर छ । (स्रोत – CBS ) त्यसैले कहिलेकाहीँ लाग्छ – साक्षरताका लागि गरिएको लगानी “गैल भैँसी पानीमा” भयो की पानीले भैँसी खोज्दै हिँड्यो ?

राष्ट्रिय अन्तर्राष्ट्रिय मञ्चहरुमा बसेर पटक पटक प्रतिवद्धता गरियो, नीतिहरु बने, कार्यक्रमहरु तय गरिए, कार्यान्वयन पनि भएकै भन्ने दावी छ तर अपेक्षित परिणाम किन आएन ?

नेपालको शिक्षा प्रणालीले लामो यात्रा पार गरिसकेको छ । २०२८ सालको राष्ट्रिय शिक्षा पद्धतिको योजना हुँदै शिक्षा ऐन, विभिन्न राष्ट्रिय शिक्षा नीति, आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धि नीति, विद्यालय क्षेत्र सुधार कार्यक्रम, विद्यालय क्षेत्र विकास कार्यक्रम र अहिलेको विद्यालय शिक्षा क्षेत्र योजना (SESP) २०२२–२०३२ सम्म आइपुगेका छौँ । संविधानले आधारभूत शिक्षालाई अनिवार्य तथा निःशुल्क र माध्यमिक शिक्षालाई निःशुल्क बनाउने संवैधानिक आधार तयार गरेरको छ । संघीयतापछि विद्यालय शिक्षाको व्यवस्थापनमा स्थानीय तहको भूमिका पनि अत्यन्त महत्वपूर्ण बनेको छ । तर नीति र जिम्मेवारी हस्तान्तरण भए पनि त्यस अनुसारको संस्थागत क्षमता, समन्वय र प्रमाणमा आधारित योजना निर्माण अझै समान रूपमा विकास हुन सकेको छैन । अर्थात् नेपालमा समस्या नीतिको अभावभन्दा नीतिको निरन्तरता, कार्यान्वयन र जवाफदेहिताको अभाव बढी हो । हामी कहाँ एउटा अनौठो परम्परा छ – सरकार बदलिन्छ, शिक्षा नीति फेरिन्छ । मन्त्री बदलिन्छन्, प्राथमिकता फेरिन्छ । कार्यक्रम बदलिन्छ, नाम फेरिन्छ । तर कक्षा कोठाको अवस्था उस्तै उस्तै रहिरहन्छ ।

विदेशी सहयोग : बजेट आयो, परियोजना आयो, परिवर्तन कति आयो ?

नेपालको शिक्षा क्षेत्रमा वैदेशिक सहायताको विषय नयाँ कुरा होइन । विगत दुई दशकमा विश्व बैंक, एसियाली विकास बैंक, युनिसेफ, ग्लोबल पार्टनरसिप फर एजुकेसन लगायत विकास साझेदारले नेपालको शिक्षा क्षेत्रमा निरन्तर सहयोग गरेका छन् ।

Education for All (EFA)२००४–२००९, School Sector Reform Program (SSRP) २००९–२०१६ र School Sector Development Program (SSDP) २०१७–२०२१ जस्ता ठूलो बजेट खर्च हुने गरी कार्यक्रमहरू सञ्चालन भए । अहिले विद्यालय शिक्षा क्षेत्र योजना २०२२–२०३२ कार्यान्वयनमा छ र विश्व बैंक तथा एडीबी लगायत विकास साझेदारहरुयो कार्यक्रमलाई निरन्तर सहयोग गरिरहेका छन् । यी परियोजनाहरुको योगदानलाई नकार्न पनि मिल्दैन । विद्यालय पहुँच विस्तार, छात्रवृत्ति, समावेशी शिक्षा, शिक्षक विकास, पूर्वाधार निर्माण, पाठ्यक्रम, सूचना प्रणाली, विद्यालय व्यवस्थापन र शैक्षिक गुणस्तरका क्षेत्रमा यिनले महत्वपूर्ण योगदान गरेका छन् । तर यहाँ अर्को प्रश्न पनि उठ्छ – दाताले दिएको पैसा गलत थियो की हाम्रो खर्च गर्ने तरिका गलत थियो ? विदेशी परियोजनाले ल्याएको एउटा अर्को समस्या पनि छ – कहिले काहीँ हाम्रो शिक्षा प्रणालीले आफ्नै प्राथमिकता निर्धारण गर्नुभन्दा परियोजनाको प्राथमिकता पछ्याउने प्रवृत्ति देखाउँछ । दातृ निकायले परिणाम खोज्नु स्वाभाविक हो । तर नेपालको शिक्षा नीति अन्ततःनेपालको आवश्यकता, नेपाली श्रम बजार, स्थानीय ज्ञान, संस्कृति, उत्पादन र भविष्यको राष्ट्रिय आवश्यकताबाट निर्देशित हुनुपर्छ । विदेशी सहयोग लिनु समस्या होइन । विदेशी सहयोगले हाम्रो नीति चलाउनु चाहिँ समस्या हो ।

साक्षर भयौँ, तर शिक्षित भयौँ त ?

आज नेपालको शिक्षा क्षेत्रको सबैभन्दा गम्भीर प्रश्न यही हो।साक्षर हुनु र शिक्षित हुनु एउटै कुरा होइन । अक्षर पढ्न सक्नु साक्षरता हो।तर पढेको कुरा जीवनमा प्रयोग गर्न सक्नु शिक्षा हो । विद्यालय जानु पहुँच हो । विद्यालयमा सिक्नु गुणस्तर हो ।

प्रमाणपत्र पाउनु उपलब्धि हो । त्यो प्रमाणपत्रले जीवन र समाज बदल्न सक्नु वास्तविक उपलब्धि हो । आज हाम्रा युवाको हातमा प्रमाणपत्र छ, तर धेरैको हातमा काम छैन । रोजगारी खोज्न विदेश जानुपर्छ । शिक्षित बेरोजगारको संख्या बढिरहेको छ । जनगणनाको श्रमसम्बन्धी विश्लेषणले पनि शैक्षिक योग्यता र रोजगारीबीचको सम्बन्धमा गम्भीर चुनौती देखाउँछ । (स्रोत–CBS) त्यसैले आजको नेपालमा एउटा व्यंग्यात्मक प्रश्न गर्न सकिन्छ – “विद्यालयले विद्यार्थीलाई जागिर खोज्न सिकायो किजागिर सिर्जना गर्न ?” हामीले डाक्टर बनायौँ, इन्जिनियर बनायौँ, शिक्षक बनायौँ, प्रशासक बनायौँ, तर उद्यमी कति बनायौँ ? कृषि विज्ञ कति बनायौँ ? प्रविधि सिर्जनाकर्ता कति बनायौँ ? स्थानीय स्रोतमा आधारित व्यवसायी कति बनायौँ ?

हाम्रो शिक्षा र श्रम बजारबीच किन यति ठूलो दूरी ?

विश्व चौथो औद्योगिक क्रान्ति, कृत्रिम बुद्धिमत्ता, रोबोटिक्स, डिजिटल अर्थतन्त्र, हरित अर्थतन्त्र र ज्ञानमा आधारित उत्पादनतर्फ दौडिरहेको छ । हामी भने अझै धेरै ठाउँमा परीक्षा प्रमाणपत्र जागिरको पुरानो सूत्रमा अड्किएका छौँ । अबको शिक्षा ज्ञान, सीप, सिर्जना, उत्पादन, रोजगारी, उद्यम खालको हुनुपर्छ ।

विद्यालयबाट निस्किएको विद्यार्थीले कम्तीमा एउटा काम व्यवसायिक रूपमा गर्न सक्ने हुनुपर्छ । कृषि पढेको विद्यार्थीले आधुनिक कृषि गर्न सकोस् । प्राविधिक शिक्षा पढेको विद्यार्थीले मेसिन चलाउन सकोस् । कम्प्युटर पढेको विद्यार्थीले डिजिटल सेवा सिर्जना गर्न सकोस् । व्यवस्थापन पढेको विद्यार्थीले सानो उद्यम चलाउन सकोस् । शिक्षा पढेको विद्यार्थीले बालबालिकाको सिकाइ सुधार्न सकोस् । शिक्षाको अन्तिम परीक्षा प्रमाणपत्र होइन, जीवनमा त्यसको उपयोग हो ।

वर्तमान तथ्यांकले के भन्छ ?

नेपालको २०२१ जनगणनाले ५ वर्षमाथिको साक्षरता दर ७६.२ प्रतिशत देखाएको छ, जुन २०११ को ६५.९ प्रतिशतबाट सुधार हो । तर लैंगिक अन्तर अझै कायम छ । पुरुष ८३.६ प्रतिशत र महिला ६९.४ प्रतिशत साक्षर छन् । अर्कोतर्फ, किशोर किशोरीमा साक्षरताको अवस्था निकै माथि पुगेको छ । २०२१ को तथ्यांक अनुसार १०–१९ वर्ष समूहको साक्षरता दर ९५.९ प्रतिशत र युवाको ९३.८ प्रतिशत रहेको छ । CBSo; ले एउटा महत्वपूर्ण कुरा देखाउँछ, नयाँ पुस्ता विद्यालयमा पुगिरहेको छ; अब चुनौती उनीहरूलाई विद्यालयमा राख्नु मात्र होइन, विद्यालयबाट निस्कँदा सक्षम बनाउनु पनि हो ।

आज नेपालको शिक्षा प्रणालीमा पहुँचको प्रश्नसँगै learning crisis, गुणस्तर, सिकाइ उपलब्धि, शिक्षक व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षा, डिजिटल विभाजन, ग्रामीण शहरी असमानता र रोजगारीसँग शिक्षाको सम्बन्ध मुख्य प्रश्न बनेका छन् । विश्व बैंकको विश्लेषण अनुसार नेपालको शिक्षा बजेटको कुल बजेटमा हिस्सा एक दशकअघि १६ प्रतिशतभन्दा माथि रहेकोमा पछिल्ला वर्षहरूमा १०–११ प्रतिशतको आसपास झरेको देखिन्छ । संघीयतापछि विद्यालय शिक्षाको प्रमुख जिम्मेवारी स्थानीय तहमा आए पनि स्थानीय तहहरूको योजना, बजेट, वित्तीय व्यवस्थापन र प्रमाणमा आधारित शैक्षिक निर्णय गर्ने क्षमता समान छैन ।– WB

यसैले पैसा मात्र थपेर शिक्षा सुधार हुँदैन । पैसा कहाँ, किन र कस्तो परिणामका लागि खर्च भयो भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

त्यसो भए शिक्षा दिवस किन मनाउने ?

शिक्षा दिवस वा साक्षरता दिवसको औचित्य समाप्त भएको छैन । बरु पहिले भन्दा बढेको छ । किनकी आज शिक्षा केवल अक्षर सिकाउने विषय होइन । यो गरिबी घटाउने साधन हो । यो सामाजिक न्यायको आधार हो । यो रोजगारीको ढोका हो । यो लोकतन्त्रको चेतना हो । यो नागरिकको विवेक हो । यो विज्ञान र प्रविधिको आधार हो । र अन्ततःयो राष्ट्रको उत्पादन शक्ति निर्माण गर्ने सबैभन्दा ठूलो माध्यम हो । तर दिवस मनाउनुको अर्थ माला लगाउनु, भाषण गर्नु र पुरस्कार बाँड्नु मात्र हुनु हुँदैन । आजको दिनमा एउटा राष्ट्रिय शैक्षिक“हिसाब किताब दिवस” पनि हुनुपर्छ, कति विद्यालय बने ? कति विद्यार्थी विद्यालय पुगे ? कति विद्यार्थीले साँच्चिकै सिके ? कति शिक्षक तालिम पाए ? तालिमले कक्षा कोठामा के परिवर्तन ल्यायो ? कति पैसा खर्च भयो ? त्यसबाट सिकाइ उपलब्धि कति बढ्यो ? कति विद्यार्थीले सीप पाए ? कति स्वरोजगार भए ? कति विद्यार्थी विदेश गए ? यी प्रश्नको उत्तर खोजिएन भने शिक्षा दिवस पनि अर्को औपचारिक दिवस मात्र हुनेछ ।

अन्त्यमा : अब अक्षर होइन, अवसर पनि बाँडौँ

नेपालले शिक्षामा ठूलो लगानी गरेको छ । सरकारी लगानीसँगै विकास साझेदारको ठूलो सहयोग पनि प्राप्त भएको छ । EFA देखि SSRP, SSDP हुँदै अहिले SESP २०२२–२०३२ सम्म आइपुगेका छौं । अहिलेको योजनाले सिकाइ उपलब्धि, जवाफदेहिता, प्रणालीगत सुधार र तथ्यमा आधारित शैक्षिक व्यवस्थापनलाई जोड दिएको छ । – UNICEF

तर अब प्रश्न परियोजना कति आए भन्ने होइन । परियोजनाले कति परिवर्तन ल्यायो भन्ने हो । कति बजेट आयो भन्ने होइन । त्यसले विद्यार्थीको जीवनमा कति मूल्य थप्यो भन्ने हो । कति विद्यालय बने भन्ने होइन । कति जीवन बने भन्ने हो । आज अन्तर्राष्ट्रिय साक्षरता दिवसमा हामीले फेरि एउटा प्रतिबद्धता गर्नुपर्छ । अब हामीले केवल साक्षर नेपाल होइन,सीपयुक्त नेपाल, सिर्जनशील नेपाल, उद्यमशील नेपाल, रोजगारयुक्त नेपाल र उत्पादनशील नेपाल बनाउनुपर्छ ।

किनकी, अक्षर चिन्ने मान्छे साक्षर हुन्छ, अक्षरको अर्थ बुझ्ने मान्छे शिक्षित हुन्छ र आफ्नो ज्ञानले जीवन बदल्ने मान्छे राष्ट्रको सम्पत्ति हुन्छ । त्यसैले अबको शिक्षा दिवसमा “कति जना साक्षर भए ?” मात्र नसोधौँ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बरु सोधौँ, “कति जना आफ्नै खुट्टामा उभिन सक्ने भए ?” सायद नेपालको शिक्षा सुधारको वास्तविक सुरुवात यहि एउटा प्रश्नबाट हुनेछ । सत्रौँ वर्षदेखिको साक्षरता अभियान, शिक्षामा लगानी धेरै, प्रतिफल कति ?

 Email : tomprasadkafle@gmail.com

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

सम्बन्धित खबरहरु

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied