• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 13, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

बिमला पाण्डे by बिमला पाण्डे
माघ २, २०८२
in Uncategorized
0

Share via:

23 Shares
  • Facebook 23
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । घ्याङ्लेख गाउँपालिका वडा नम्बर २ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतान रहेको पुष्टि भएको छ । पुस २९ गते राती बैंक लुटमा संलग्न भएको आरोपमा प्रहरीले बैंकको शाखा राखिएको घरका धनी छविलाल स्याङ्तानलाई पक्राउ गरेपछि उनकै योजनामा बैंक लुटिएको पुष्टि भएको हो ।

 

उनलाई पुस ३० गते महोत्तरीबाट बेलुका महोत्तरीबाट पक्राउ गरेको थियो । उनी सहित हालसम्म प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले अर्का योजनाकार छविलालका जेठान चतुरमान बज्यूलाई पनि पक्राउ गरेको छ ।

शुक्रबार पत्रकार सम्मेलन गरि बैंक लुटपाटमा संलग्न भएका ७ जनाको विवरण जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले सार्वजनिक गरेका छन् ।

पक्राउ पर्नेमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका वडा नं. १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका वडा नं. २ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं. ५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका वडा नं. २ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक रहेका छन् । प्रहरीका अनुसार मुख्य योजनाकार मध्येका एकजना अझै फरार छन् । अन्यको संलग्नता बारेमा प्रहरीले अनुसन्धान जारी राखेको छ । पक्राउ परेकालाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया नगद समेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको एसपी सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

प्रहरीले लुटमा प्रयोग भएको २ थान खुकुरी, १ थान प्लाष्टिकको पेस्तोल, ५ थान मोवाईल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव ३ थान, रातो रङको नकाव १ थान र कालो पञ्जा १ जोर बरामद गरेको छ ।

घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएका थिए । उनले सूचना आदान प्रदान गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । घ्याङ्लेख गाउँपालिका वडा नं. २ बस्ने चतुरमान बज्यु, बज्यूका ज्वाईं घरधनी छविलाल स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको अनुसन्धानमा खुलेको सुवेदीले बताए ।

दोस्रो पटकमा बैंक लुट्न सफल

उनीहरुले पहिलो पटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चारजना काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकुल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरि काठमान्डौंको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोहि ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्व गरि घ्याङलेख आएको पाईएको पत्रकार सम्मेलनमा सुवेदीले बताए ।

बैंकमा आएर २९ गते साँझ उनीहरुले एसविआई बैंकभित्र प्रवेश गरि सुरक्षा गार्ड रुद्र बहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाईएको सुवेदीले जानकारी दिए ।

बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीय मानिसहरुको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको उनले बताए । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान गरिहेको सुवेदीले बताए । उनका अनुसार बैंकबाट ३ करोड ७ लाख रुपैंया लुटपाट भएको थियो ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कमलामाईलाई गहना पहिराईयो

Next Post

टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सम्बन्धित खबरहरु

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
Uncategorized

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied