
सोमबार बाढीमा पाँच वटा हायस फसेका थिए । विपी राजमार्ग हुँदै काठमान्डौ आउँदै गरेका हायस डाईभर्सनको दुवैतर्फबाट पानीको वहाव बढेपछि रोशी गाउँपालिका वडा नं. ७ घुमाउनेमा रोशीको बीचमा फसेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार गरि उनीहरुलाई सुरक्षित गन्तव्य तर्फ पठाएको जनाएको छ । यस्तै सुरक्षाकर्मीलाई नटेरी हिँडेको र नागरिकको जीवन जोखिममा पारेको भन्दै काभ्रे प्रहरीले पाँच जना हायस चालकहरुलाई पक्राउ गरेको छ ।
यस्तै विपी राजमार्गको टुप्पीडाँडा नजिकै लेदो सहितको पहिरोका कारण पहिरोमा फसेका सवारी साधनलाई पहिरो सफा गरि सोमबार बेलुकी नै सिन्धुलीतर्फ फर्काईएको थियो । अस्थायी ट्राफिक प्रहरी पोस्ट दुम्जाले एक्साभेटरको सहयोगले पहिरो पन्छाइ बाटो सुचारु गराई सिन्धुलीतर्फ फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै रोशी खोलामा पानीको बहाव बढेकाले बिपि राजमार्गको नेपालथोक–भकुण्डे सडकखण्डमा सवारी साधनको आवागमन समेत बन्द गरिएको छ । यस्तै काभ्रे प्रशासनले पनि विपी राजमार्ग बन्द रहेको जनाएको छ ।
तस्वीर : नेपाल प्रहरीको फेसबुक पेजबाट

























