• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ ३१, २०८१
in Featured, Life, News, Province 3, Uncategorized
0

Share via:

18 Shares
  • Facebook 18
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । जिल्लामा लैंगिक हिंसाका घटनाहरु अत्यधिक रहेको पाईएको छ । लैंगिक हिंसामा पनि सबैभन्दा बढी मानसिक र शारीरिक हिंसाका घटनाहरु रहेको पाईएको छ । सिन्धुली अस्पतालमा रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) ले जिल्लामा लैंगिक हिंसाका घटना अत्यधिक रहेको तथ्य विहिबार सार्वजनिक गरेको हो । केन्द्रले तेस्रो चौमासिक वैठक तथा वार्षिक समिक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक गरेको हो ।

केन्द्रले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लामा ३ सय ५४ लैंगिक हिंसाका घटना एकद्धार संकट व्यवस्थापन केन्द्रमा आएको जनाएको छ । एकद्धार संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव एवम सिन्धुली अस्पतालका निर्देशक डा. अभिशेक थपलियाले प्रतिवेदन प्रस्तुत गर्दै जिल्लामा सबैभन्दा बढी भावनात्मक तथा मानसिक हिंसामा परेकाहरुले सेवा लिएको बताएका छन । उनले सार्वजनिक गरेको तथ्यांकमा ११७ जना मानसिक हिंसाबाट प्रभावित भएको देखिएको छ । यस्तै १ सय ६ जना शारीरिक हिंसाबाट प्रभावित भएका छन । जिल्लामा श्रोत र सेवाबाट बञ्चित हुनेको संख्या पनि अत्यधिक रहेको छ । जसको संख्या ७१ रहेको थपलियाले बताए । उनले बलत्कार र यौन दुव्र्यवहारबाट २८जना प्रभावित भएका छन ।

उमेर अनुसार हेर्दा सबैभन्दा बढी २० देखि ४९ वर्षका व्यक्तिहरु हिंसाबाट प्रभावित भएका छन । जसको संख्या २९० रहेको छ । यस्तै १० वर्षदेखि १९ वर्षसम्मका किशोरीहरु पनि हिंसाबाट अत्यधिक प्रभावित देखिएका छन । जसको संख्या ३३ रहेको छ भने ९ वर्षसम्मका ३ जना प्रभावित छन । ५० वर्ष माथिका २८ जना व्यक्तिहरु प्रभावित छन ।

जिल्लामा जातीगत हिसाबले हेर्दा १६७ जना जनजाती, ९१ जना ब्राह्मण क्षत्री र ८८ जना दलितहरु प्रभावित छन । लैंगिक हिंसाबाट प्रभावित हुनेमा सबैभन्दा बढी महिलाको संख्या छ । एघार महिनामा ३ सय २८ जना महिला हिंसा प्रभावित छन भने २६ जना पुरुष मानसिक हिंसामा परेको देखिन्छ ।

स्थानीय तह अनुसार हेर्दा सबैभन्दा बढी लैंगिक हिंसाका घटना कमलामाई नगरपालिकाको देखिन्छ । कमलामाई नगरपालिकाको १२४, दुधौली नगरपालिकाको ७३, तिनपाटन गाउँपालिकाको ३४, सुनकोशी गाउँपालिकाको २२, मरिण गाउँपालिकाको २६, घ्याङलेख गाउँपालिकाको १६, फिक्कल गाउँपालिकाको २३ गोलञ्जोर गाउँपालिकाको १६, हरिहरपुरगढी गाउँपालिकाको ९ वटा मुद्दा आएको पाईएको छ ।

एकद्धार संकट व्यवस्थापन केन्द्रमा प्रहरी, मनोसामाजिक कार्यकर्ता, नातेदार, अस्पतालको ओपिडी, सुरक्षा आवास, गैह्र सरकारी संस्था, स्थानीय तह र स्वास्थ्य संस्थाबाट हिंसा पीडितहरु आउने गरेको उनले बताए । यस्तै केन्द्रले उपचार, कानुनी प्रक्रिया, सुरक्षा लगाएतका विषयलाई मध्यनजर गरि अस्पतालको ओपिडी, प्रहरी, सुरक्षा आवास वकिल, सुविधासम्पन्न अस्पताल, मानसिक रोग विशेषज्ञ समक्ष रिफर गर्ने गरेको र घर फर्कन चाहनेलाई घर फकाईएको समेत केन्द्रले जनाएको छ ।

करीब वाईस सयले सेवा पाए

जिल्लामा ओसिएमसी २०७३ मा स्थापना भएको हो । स्थापना भएको ८ वर्षमा २ हजार १ सय ८१ जनाले सेवा लिएका छन । लैंगिक हिंसाबाट प्रभावित मध्ये मानसिक समस्या बढी आउने गरेको छ । मानसिक समस्याका कारण हाल जिल्लामा १४५ जनाले मनोसामाजिक तथा मानसिक उपचार गराईरहेका छन । ती मध्ये १२३ जना अझै पनि फलोअपमै रहेका छन । ओसिएमसीबाट सेवा लिएका एक हजार चार सय १० जना अहिले पनि फलोअपमै रहेका छन । चालु वर्षमा ८ सय ४ जनालाई केन्द्रले उनीहरुको अवस्थाका बारेमा बुझ्न फलोअप समेत गरेको छ ।

बजेट नहुँदा व्यवस्थापनमा चुनौती
केन्द्रलाई युएनएफपीएले अपनत्व लिन छोडेपछि आर्थिक संकट परेको छ । नौ स्थानीय तहको साझेदारीमा केन्द्र सञ्चालन गर्ने भने पनि समयमा ओसिएमसीमा स्थानीय तहले बजेट हाल्न नसक्दा समस्या छ । तीनजना कर्मचारी रहेको उक्त केन्द्रमा कर्मचारीले नियमित तलब पाएका हुदैनन । सबै स्थानीय तहले बजेट विनियोजन गर्दा ध्यान दिन नसकेको पनि पाईन्छ । चालु आर्थिक वर्षमा कर्मचारीले फागुनदेखि तलब खाएका छैनन । समयमा हिंसा पीडितलाई आवश्यक औषधि यातायातको व्यवस्थापन गर्न समेत ओसिएमसीलाई धौ धौ पर्ने गरेको ओसिएमसीका घटना व्यवस्थापक सुनिता शर्माले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रमुख जिल्ला अधिकारी एवम् लैंगिक हिंसा व्यवस्थापन समन्वय समितिका अध्यक्ष भरत खनालले लैंगिक हिंसाका घटना व्यवस्थापनको जिम्मेवारी तिनै तहका सरकारको भएको बताउँदै बजेट अभावले ओसिएमसीको काम रोकिनु नहुने बताएका छन । उनले स्थानीय तहलाई समयमा बजेट निकासा गरिदिन र आगामी दिनका लागि बजेट विनियोजन गरिदिन आग्रह समेत गरेका छन ।

कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले लैंगिक हिंसाका घटनामा समय र आवश्यकता अनुसार सरोकारवालाहरु सक्रिय हुन जरुरी रहेको बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फिक्कल – ५ तेस्रो बालमैत्री वडा घोषणा

Next Post

राष्ट्रिय परिचयपत्रको सकस : भिडभाड र गर्मिमा सेवाग्राहीलाई सास्ती

सम्बन्धित खबरहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण
Featured

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा
Education

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन
Business

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु
Featured

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied