सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका बज्रध्वज वाईवा विजयी भएका छन । गठबन्धनको तर्फबाट उमेदवार बनेका वाइवा ४ सय ७ सय २९ मत ल्याई विजयी भएका छन् ।
उनले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानवहादुर वाईवालाई १ हजार १ सय १३ मतान्तरले पराजित गरेका हुन् । मानबहादुर वाइवाले ३ हजार ६ सय १६ मत ल्याएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट उमेदवार बनेका चेखबहादुर थिङ विजयी भएका छन । उनले नेकपा एमालेका उमेदवार निर्मला ठाडा मगरलाई पराजित गरेका हुन । थिङले ५ हजार ७ सय ३ र मगरले २ हजार ८ सय ५५ मत प्राप्त गरेका छन ।























