• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Interview

‘व्यवसायिक सुरक्षा र औद्योगिक विकास मेरो प्राथमिकता’

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
जेष्ठ २, २०७५
in Interview
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा तपाईको उमेदवारी किन ?
उद्योग वाणिज्य संघ सिन्धुलीका सम्पूर्ण उद्यमी व्यवसायिहरुको साझा संस्था हो । यो संस्थामा विगतमा मैले विभिन्न पदमा बसेर काम पनि गरि सकेको छु र अहिले भरखरै समयावदि सकिएको कार्यसमितिमा पनि म बरिष्ठ उपाध्यक्ष थिए । बरिष्ठ उपाध्यक्षको रोल क्रमले नै अध्यक्ष बन्ने पालो आउछ । मेरो प्यानलको घोषणा पत्रमा पनि यो कुरा उल्लेख भएको छ । संघको बर्तमान केन्द्रिय अध्यक्ष भवानी राणा पनि बरिष्ठ उपाध्यक्षबाट सर्बसम्बत स्वतह केन्द्रिय अध्यक्ष बन्नु भएको हो । यो अभ्यास अन्य कतिपय जिल्लामा पनि छ । सिन्धुलीमा पनि यो हुनु पर्दथ्यो हुन सकेन । त्यसैले मैले बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्नु पर्छ भन्ने सन्देश दिनका लागि पनि उमेदबारी दिएको हुँ । यो बाहेक जिल्लाका धेरै उद्यमी व्यवसायिहरुले मलाई अध्यक्षमा चुनावी प्रतिस्पर्धाबाट भएपनि नेतृत्व लिन तयार हुनु पर्छ भनेर सल्लाहा सुझाव दिनु भएको हुनाले उहाँहरु सबैको सल्लाह सुझावलाई स्वीकार गरेर म चुनावि अभियानमा आएको हुँ ।

बद्री बहादुर कार्की
अध्यक्षका उमेदवार
सिन्धुली उद्योग वाणिज्य संघ, सिन्धुली

तपाईका मुख्य योजनाहरु के के हुन् ?
मेरा योजनाहरु त मैले घोषणा पत्र मार्फत सार्वजनिक गरि नै सकेको छु । त्यसलाई बुझ्न अझ सजिलो होस् भनेर हाम्रो मुख्य प्राथमिकता भनेर बुदागत रुपमा सहायक घोषणा पत्र पनि प्रकाशन भएको छ र त्यो सबै व्यापारीहरुको हात हातमा पुगि पनि सकेको छ । घोषणा पत्रमा उल्लेख भएका कुराहरु नै मुख्य योजनाहरु हुन । संघमा आबद्ध भएका व्यापारीहरुलाई केन्द्रविन्दुमा राखेर काम गर्ने तथा संघको दायरामा नआएका व्यापारीहरुलाई संघमा आबद्ध गराउने योजना हामी सँग हुन्छ ।
हालसम्म व्यवसायिहरुले तिरेको नविरकण शुल्क, आजिवन सदस्यता शुल्क र संघको घर भाडाबाट प्राप्त हुने रकम नै यहाँको प्रमुख बजेट हो । उल्लेख्य रुपमा दाताहरुबाट सहयोग जुटाएर खासै कामहरु हुन सकको छैन हाम्रो प्राथमिकता दाताहरुको खोजी गर्ने र व्यवसायिक हितमा प्रयोग गर्ने नै हुनेछ । यो भन्दा बाहेक उद्योग वाणिज्य संघ आफैले गर्ने भन्दा पनि गर्ने बातावरण सृजना गर्ने हो । हामी आफ्नै बजेटले बजारमा सिसिक्यामेरा जडान गर्न सक्दैनौ तर नगरपालिकालाई निरन्तर अनुरोध र आवश्यक पर्दा दवाव नै सृजना गरेर त्यो काम गराउन सक्छौ । बजारमा गुणस्तरीय विद्युत प्रवाह गर्न हामीले ट्रान्समिटर किनेर हाल्न त सक्दैनौ तर हामी विद्युत प्राधिकरणलाई गुणस्तरीय विजुलीका लागि दवाव सृजना गर्न सक्छौ । अहिले जिल्लाका ६ जना नै माननियहरुतथा स्थानीय सरकारका प्रमुखहरु सँग मेरो निकटताको सम्बन्ध छ । म त्यो सम्बन्धलाई उपयोग गरेर व्यवसायिको हितमा धेरै काम गर्न र गराउन सक्छु । को सँग के माग्ने र के गराउनु भन्ने योजना म सँग छ । सांसद सँग के अनुरोग गर्ने, मेयर सँग के अनुरोध गर्ने र प्रदेश सँग के माग्ने भनेर हामी योजना बनाउछौ । त्यसलाई नै कार्यान्वयन गर्ने हो । मेरो योजना भन्नुस् रणनिति भन्नुस् यहि नै हो । विस्तृत त घोषणा पत्रमै उल्लेख छ । तपाईकै पत्रिका मार्फत सार्वजनिक पनि गरिसकेका छौ ।
ठूला लगानीका उद्योगहरु भित्राउन कस्तो योजना बनाउनु भएको छ ?
ठूला उद्यमीहरुले जुनसुकै ठाउँमा उद्योग खोल्न औद्योगिक सुरक्षा खोजी गर्दछन् । सिन्धुली जिल्ला त्यसका लागि उपयुक्त छ । तर त्यो सन्देश लगानीकर्ता सम्म पुग्न सकेको र्छैन हामी सिन्धुली औद्योगिक दृष्टिकोणले र मौसमको अनुकुलताले समेत योग्य स्थान हो भन्ने सन्देश देश विदेशमा फैलाउँछौँ । निर्माणधिन विभिन्न राष्ट्रिय राजमार्ग र सडक संजललाई यथासिघ्र सम्पन्न गर्न दवाव सृजना गछौँ । स्थानीय सरकारसँग समन्वय गरेर औँद्योगिक क्षेत्रको लागि जग्गा व्यवस्थापन गरेर लगानीकर्ताहरुलाई उद्योग खोल्न आह्वान गछौँ । यहाँ विशेषगरी पर्यटन उद्योगसँग सम्बन्धीत ठूला होटल तथा रिसोर्ट, सिमेन्ट उद्योग, जलविद्युत, कृषी उत्पादन र प्रशोधन, दुग्धजन्य ठूला कृषी उद्योगहरुको सम्भाव्यता छ हामी त्यसका लागि पहल गछौँ ।
चुनावि अभियान कस्तो चल्दै छ ?
म विगतमा पनि उद्योग वाणिज्य संघ सिन्धुलीको चुनावमा प्रतिस्पर्धा गरेको व्यक्ति हुँ । अझ पछिल्लो चुनावमा अहिलेका मेरा प्रतिस्पर्धि अमरेशचन्द्र बैदार सँग नै म चुनाव प्रतिस्पर्धा गरेको हुँ । त्यो बेला पनि मेरो माहोल राम्रो थियो प्राविधिक कारणले अत्यन्तै सानो मत अन्तरमा म उपविजेता बन्न पुगे । यो पटक त्यो समयको भन्दा मेरो पक्षमा निकै ठूलो माहोल बनेको मैले महसुस गरेको छु । त्यो बेला मलाई विभिन्न शाखाहरुको समर्थन मिल्न सकेको थिएन । तर यो पटक त्यो अवस्था रहेन । मैले नेतृत्व गरेको प्यानलबाट शाखा उपाध्यक्षमा चकमके शाखाका आनन्द कार्की निर्विरोध निर्वाचित भई सक्नु भएको छ । सोमबार र मंगलबार म र मेरो टिम दुधौली, डका, हत्पते, खुर्कोट, झागाझोली रातमाटा लगायतका स्थानमा पुग्यौ । त्यहा हामीले पाएको सत्भाव र हाम्रो पक्षको माहोलले यो पटक मेरो पक्षमा निकै ठूलो माहोल खडा भईसकेको महसुस भयो । जिल्ला भित्र पनि पहिला हामी कमजोर भएको ढुङ्ग्रेबास, धुराबजार क्षेत्रमा हाम्रो पक्षमा माहोल सृजना भएको छ । चुनावि अभियानमा जाँदा स्थानीय प्रतिष्ठीत व्यापारी व्यवसायीहरु सडकमा निस्कीएर हाम्रो प्यानलाई समर्थन गरिसक्नु भएको छ त्यसैले हाम्रो प्यानल अहिले अत्यन्तै उत्साहापूर्ण रुपमा चुनावि अभियानलाई अगाडि बढि रहेको छ ।
टिममा धेरै नयाँ अनुहार छन् । तपाईको टिममा आलाकाचा व्यक्तिहरु छन् भन्छन् नि ?
हा हा हा …
को आलोकाँचो ? हामी एकातिर युवा पनि खोज्छौ, ४० नकटेका देशको प्रधानमन्त्री बन्नु पर्छ भनेर सामाजिक सञ्जालमा पनि लेख्छौ अनि यहाँ जिल्लाको एउटा इकाई उद्योग वाणिज्य संघमा केहि यूवालाई अवसर दिनु पर्छ भनेर प्यानलमा राख्दा आलोकाचो भन्छौ । मलाई त सबै व्यापारीहरुले धन्यवाद दिएका छन् । नयाँ जोश भएका, योग्य सक्षम व्यवसायीहरुलाई टिमलाई ल्याउन सफल भएको भनेर ! मेरो टिममा परेका होटल व्यवसायि सिताराम पहाडी यो चुनावि अभियानमा दुवै प्यानलका सबैभन्दा कान्छा उमेदबार हुन् । सिताराम जि लाई आलोकाँचो भन्न सुहाउला ? उहाँले एक दशक पनि लगाउनु भएन सिन्धुलीमा क्याटरिङको नयाँ अभ्यासलाई स्थापित गर्न । उहाँले काठमाडौँका क्याटरिङहरुले मात्र गर्न सक्ने ठूला प्रकृतिका कार्यक्रमहरु गरेर जिल्लालाई व्यवसाय सँगै सेवा नै दिनु भएको छ । उमेरले सानो हुदैमा आलोकाचो हुदैन । उहाँ त दक्ष, अनुभवि, भिजनेवल व्यक्ति हो । मेरो टिममा परेका अरु कस्को बारेमा के भनौ? महासचिव नरेश देवकोटाले भूईमा विलाएको कृषि उपज बजार स्थललाई दुई तिन तले पक्की विल्डीङमा रुपान्तरण गरिदिनु भयो के बन्दा कोपि बेचेको पैसाले त्यो सम्भव होला ? उहाँले त्यत्रो विल्डीङ बनाउन स्रोत काहाँबाटा ल्याउनु भयो ? उहाँको क्षमता, सम्पर्क र उहाँलाई विश्वास गर्ने माथिल्लो निकायका व्यक्तिहरुका बारेमा तपाईलाई जानकारी नै होला । उहाँ सानो इकाईबाट स्थापित र सफल लिडरसिपको रुपमा उद्योग वाणिज्य संघमा आउदै हुनुहुन्छ । कसैकसैले त उहाँलाई पनि अनुभव नभएको भने रे भन्ने सुने । उद्योग वणिज्य संघमा सानुकाजि श्रेष्ठ अध्यक्ष हुदा उहाँ सल्लाहाकार हुनुहुन्थ्यो । त्यो कुरा त यहाँलाई थाहा नै होला । मेरो टिमको मुख्य पदमा आउनु भएका उद्योग उपाध्यक्ष बासु प्रसाद भेटवाल पनि नयाँ हुनुहुन्छ । उहाँ उद्योग वाणिज्य संघमा नयाँ हो । यस्तो संघ संस्थामा निकै पूरानो हुनुहुन्छ । जिल्लामा निकै व्यवस्थित संस्थाको रुपमा चलेको हाम्रो उद्योग वाणिज्य संघको बस्तुगत सदस्य रहेको नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघको जिल्ला, सचिव, अध्यक्ष हुदै संघको हाल केन्द्रिय सदस्य हुनुहुन्छ । धेरैलाई जानकारी नभएको उहाँको अर्को पाटो उहाँ अधिबक्ता पनि हुनुहुन्छ । उहाँले पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघको केन्द्रिय विधानलाई संघिय संरचनामा ढाल्नका लागि गर्नु पर्ने संसोधनमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । हाम्रो सिन्धुली उद्योग वाणिज्यको विधानमा पनि आमुल परिवर्तनको खाँचो छ । त्यसका लागि उहाँ जस्ता विज्ञ व्यक्ति उद्योग वाणिज्य संघ पुग्नु पर्छ भनेर हामीले एकैपटक ठूलो पदमा प्रवेश गराएका हौ । सदस्यमा उम्मेदवारी दिनुभएका विराज शर्मा कर राजस्वको विषयमा दक्षता हाँसिल गर्नुभएको छ । मेलमिलापको क्षेत्रमा पनि उहाँको दक्षता छ । उहाँ त खनियाँखर्कको किसानको छोरो मैले मेरो टिममा सबै खाले मान्छे समावेश गरेको छु । कसलाई आलाकाँचा भन्ने ? पत्रिकाको स्पेश धेरै लिन्न म व्यक्तिगत रुपमा सबै उमेदबारहरुको बारे बोल्न चाहन्न तर मेरो टिममा समावेश भएको प्रत्येक व्यक्ति आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका व्यक्तिहरु छन् । सिताराम जि, नरेश जि, बासु जि, विराज जीहरु त उदाहरण मात्र हो । वरिष्ठ उपाध्यक्ष राजकुमार श्रेष्ठ नौ वर्ष उद्योग वाणिज्य संघमै विताउनु भएको छ । महिला सदस्य विमला काफ्ले, उप महासविच मेनुका तिमल्सीना, रेडक्रस माढिबजारको सभापति समेत रहेका उप कोषाध्यक्ष कुल बहादुर थापा, कोषाध्यक्ष तेजु विक, सबै आ–आफ्नो क्षेत्रका क्षमताबान व्यक्तिहरु हुन् । यो टिम जति पाको र भरपर्दो अर्को टिम छैन । म यहि पत्रिका मार्फत विश्वास दिलाउन चाहन्छु ।
तपाईले चुनाव जित्ने आधार चाहिँ के हो ?
मैले चुनाव जित्ने आधारहरु धेरै छन् । म यो पटक शाखाको मतमा बहुमत भन्दा माथि छु । मैले भरखरै नेतृत्व छाडेको मेरो मुख्य पेशा रहेको संस्था होटल व्यवसायि संघको नवनिर्वाचित कार्य समितिले मलाई सर्बसम्बत अध्यक्षको उमेदबारमा चयन गरेको हो । झण्डै दुई सयको हाराहारीमा रहेका होटल व्यवसायि मध्य ८० प्रतिशत भन्दा बढिले मलाई मतदान गर्छन । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायि महासंघ लगायत धेरैवटा संघको मत मेरो पक्षमा छ । ठूला व्यवसायिहरुले मलाई मौन समर्थन गरिरहेका छन् । मैले होटल व्यवसायि संघको १० वर्ष नेतृत्व गर्दा जसरी आफ्नो संघमा आवद्ध व्यवसायिको समस्यामा प्रहरी प्रशासन देखि जुनसुकै ठाउँमा उभिएर शसक्त ढंगले आबाज बुलन्द पारे त्यो कुरा अन्य व्यापारीहरुले पनि महसुस गरिरहनु भएको छ र संस्थागत हितका लागि बद्रि कार्की जस्तो निडर व्यक्ति चाहिन्छ भन्ने कुरा महसुस गर्नु भएको छ । अघिनै पनि भने म मेरो रहरले मात्र होईन धेरै व्यापारी साथिहरुले अनुरोध समेत गरेर चुनावि मैदानमा आएको हुँ । यहाँ अहिले क्षेत्र र व्यापारीको बारेमा उल्लेख नगरौ । चुनावको मिति घोषणा हुने वित्तिकै मलाई एकखाले व्यवसायि साथिहरुले बोलाएर खुट्टा नकमाई उठ्नुहोस् हामी जुनसुकै सहयोग गर्छौ भनेका छन् । म ति सबैको प्रतिनिधि पात्र भएर चुनावमा उभिएको हुँ ।
अन्त्यमा के भन्न चाहानु हुन्छ ?
अहिलेको आवश्यकता भनेको व्यवसायिक सम्बृद्धि र दिगो विकास नै हो । त्यसका लागि उद्योग वाणिज्य संघमा मेरो प्रवेशले सहजता निम्त्याउछ । निर्वाचित जनप्रतिनिधिहकरु सँग मेरो समन्वयको बातावरण अहिले सहज अवस्थामा छ । उद्योग वाणिज्य संघको अध्यक्षको रुपमा मेरो टिम निर्वाचित भएर त्यहा पुग्दा अहिलेको चौतर्फि बातावरणमा सहजता आउने सबैको विश्लेषण छ । त्यसैले म बद्रिबहादुर कार्कीको प्यानलका सम्पूर्ण सदस्यहरुलाई मतदान गरेर निर्वाचित गराउनु हुनु अनुरोध गर्दछु । अहिलेको मुख्य कुरा मेरो प्यानलाई मतदान गर्नुहोस् भन्ने नै हो । तपाईहरुले दिएको मतको एक एक हिसाव किताव बुझाउछु । तपाईहरुकै हितमा काम गर्छु भनेर प्रतिबद्धता जाहेर गर्न चाहन्छु ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

‘चुनाव जित्न मेरो टिमसँग अनुभव र जोश छ’

Next Post

सिन्धुली उद्योग वाणिज्य संघमा बैदारको प्यानल विजयी

सम्बन्धित खबरहरु

पार्टी निर्माणको लागि भरोसा योग्य, गतिशिल, परिणाममुखी नेतृत्व आवश्यक छ : महेन्द्रदेव श्रेष्ठ
Province 3

पार्टी निर्माणको लागि भरोसा योग्य, गतिशिल, परिणाममुखी नेतृत्व आवश्यक छ : महेन्द्रदेव श्रेष्ठ

विकासलाई सबैको साझा बनाउन आवश्यक छ : बर्मा
Featured

विकासलाई सबैको साझा बनाउन आवश्यक छ : बर्मा

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे
Featured

‘कोभिड संक्रमितले स्वास्थ्यकर्मीको सल्लाह विना औषधि नखाईदिनुस्’ : डा.पाण्डे

महिला, बालिकाको अधिकार कुरामा आए व्यवहारमा आउन सकेन
Featured

महिला, बालिकाको अधिकार कुरामा आए व्यवहारमा आउन सकेन

लैंगिक नीतिको मूल मर्म हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्छ भन्ने हो
Featured

लैंगिक नीतिको मूल मर्म हरेक क्षेत्रमा समान सहभागिता हुनुपर्छ भन्ने हो

कोभिड १९ नियन्त्रणमा विकास निर्माणको बजेट रकमान्तर गरि काम गरेका छौं
Featured

कोभिड १९ नियन्त्रणमा विकास निर्माणको बजेट रकमान्तर गरि काम गरेका छौं

कोभिड १९ ले विकास निर्माणमा असहज भयो
Featured

कोभिड १९ ले विकास निर्माणमा असहज भयो

बेरुजु शुन्य पार्ने अभियानमा छौं
Business

बेरुजु शुन्य पार्ने अभियानमा छौं

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा
Featured

लालपुर्जा दिन सकियो भने राहत महसुस गर्छन् : आयोग सदस्य देवकोटा

भर्खरै प्राप्त समाचारहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied