विद्यार्थी संगठन अनेरास्ववियुको जिल्ला सचिव, ०६४ देखि तीन कार्यकाल लगातार संगठनको जिल्ला कमिटि अध्यक्ष, सिन्धुली बहुमुखी क्याम्पसमा स्ववियु सभापति, तत्कालिन अवस्थामा संगठनको जनकपुर अंचल कमिटि अध्यक्ष, राष्ट्रिय प्रतिनिधी परिषद सदस्य, एमाले सिन्धुलीको तीन कार्यकाल जिल्ला कमिटि सदस्य, पार्टीको उपसचिव, कमलामाई नगरकमिटि ईन्चार्ज देखि नगरकमिटि अध्यक्ष समेत कुशल्तापूर्वक निर्वाह गरी सकेका श्रेष्ठले राजनीतिक बाहेक जिल्ला सदरमुकामको सम्पूर्ण खानेपानी व्यवस्थापनको जिम्मेवारी सम्महालेको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोत्ता समितिको अध्यक्ष समेत दुई कार्यकाल कुशल्तापूर्वक निर्वाह गरी सकेका छन भने उनले आफ्नो कार्यकालपछि पनि पार्टीले बनाएको उमेदवारलाई नै समितिको अध्यक्षमा विजयी बनाई श्रेष्ठ निरन्तर राजनीतिमा सक्रिय छन् । उनै श्रेष्ठ यतिबेला नेकपा एमाले सिन्धुलीको आठौं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा दावेदार छन । श्रेष्ठसँग अधिवेशनका सन्दर्भमा नविनबाबु अधिकारी र विदुर पौडेलले गरेको कुराकानी प्रस्तुत गरिएको छ । – सम्पादक
० नेकपा एमाले सिन्धुलीको आठौँ अधिवेशनमा तपाईले उमेदवारी घोषणा गर्नु भएको छ, तपाईको उमेदवारी के का लागी ?
– मेरो उमेदवारी पाटीलाई गतिशिल,परिणाममुखी र गतिशिल नेतृत्वलाई पूर्तिगर्नको लागी मेरो उमेदवारी हो । मेरो उमेदवारी अग्रजहरुलाई सम्मान,ईज्जत गर्दै आम नेता कार्यकर्ताहरुको चाहना र विश्वास अनुसार पाटीलाई सबैको साझाँ पाटीको रुपमा अगाडी बढाउदै लैजाने र नेपाल कम्यूनिष्टको ईतिहास र विराशतलाई झण्डालाई उच्च बनाउदै समग्र पाटी नेता कार्यकर्ता र आम पाटीको शुभेच्छुकहरुको भावनालाई आत्मासाथ गर्दै पाटीलाई अग्रस्थानमा पु¥याउनको लागी चाँही मेरो उमेदवारी हो । म प्रति आम अग्रजहरुको माया,भरोसा र म प्रति जुनकिसिमको भरोसा छ,उहाँहरुको विश्वासलाई आत्मासाथ गर्दै अगाडी बढ्ने , युवा पंक्तिहरुको जुन किसिमको माया,सदभाव र भरोसा छ त्यसलाई आत्मासाथ गर्दै अगाडी बढ्ने युवालाई स्थानीय श्रोत र साधनको प्रयोगबाट रोजगारीमा जोड्ने कुरामा योगदान पु¥याउदै आमयुवाको बेरोजगारी समस्यालाई संस्थागत रुपबाट हल गर्दै अगाडी बढ्ने हेतुले मैले मेरो उमेदवारी दाबी प्रस्तुत गरेको हु ।
० तपाईले सँगै अन्य धेरै जना नेताहरुले जिल्ला अध्यक्ष बन्ने आकाक्षां देखाएका छन, तपाई अन्य आकाक्षी भन्दा कसरी आफुलाई अब्बल सावित गर्नुहुन्छ ?
– जिल्ला अध्यक्षको लागी अहिले ज–जसको चर्चा सुनिएको छ उहाँहरु सवै पाटीमा योगदान गरेको व्यत्तित्वहरु र सवै सक्षम हुनुहुन्छ, उहाँहरु सवै अब्बल नै हुनुहुन्छ तर उहाँहरु अब्बल हुदाँ हुदैँ म उहाँहरु भन्दा अलि फरक ढंगले वा मैले विद्यार्थी राजनीति देखि आज सम्म पाटीको यो ३०–३२ बर्षे जीवन कालमा पाटीमा निकै पटक उत्तरचढावहरु आएका छन,ती सवै उत्तरचढावहरुमा एउटा अनुशासित तथा बफादार सिपाहीको रुपमा मैले काम गरेको छु । काम गर्ने क्रममा पनि उत्तरचढावहरुमा पनि सवैले विश्वास गर्ने गरी अनुशासन र योजनाको साथ काम गरेको छु । जो अग्रजहरु हुनुहुन्छ उहाँहरु माथिल्लो कमिटिमा बसेर काम गरी सक्नु भएको छ, ३० आँैँ बर्ष जिल्लामा रहेर काम गरि रहनु भएको छ । उहाँहरुलाई म पाटीको माथिल्लो कमिटि केन्द्रिय कमिटि,पोलिटब्युरोमा रहेर काम गरेको हेर्न चाहन्छु । उहाँहरुलाई अहिले यस्तो उपयुक्त अवसर छ,जुन अवसरमा अग्रजहरुले नेतृत्व हस्तान्तरण र पुस्तान्तरण उपयुक्त अवसर छ, यो अवसर नचुकाउन पनि आग्रह गर्न चाहन्छु । म नेतृत्वमा पुगेभने पाटीको कामलाई योजनाबद्ध ढंगबाट आगाडी बढाउने छु । पाटीको जनु किसिमको संरचना छ,त्यसको जगमा टेकेर थप पाटीलाई व्यवस्थित बनाउने कुरामा म माथी हुटहुटी पनि छ, योजना पनि छ, सबैको भवनालाई मुखरित गरेर जान सक्ने म माथि उर्जा पनि छ । अग्रजहरु लाई सम्मान र ईज्जत गर्दै, न्याय गर्दै मैले मेरो उमेदवारी दाबि गरेको छु । मलाई लागेको छ,योजनाको कुरामा विश्वासको कुरामा, भरोसोको कुरामा आम नेता तथा कार्यकर्ताहरु ढुक्क हुनुहुन्छ यो कारणले पनि मेरो उमेदवारी हो । अर्को कुरा परिणाम मुखी,गतिशिलमुखी, निर्वाह मुखी नेतृत्व हुनुहुदँैन ,आम नेता तथा कार्यकर्ताको भरोसाको केन्द्र हुनुपर्छ, म मा त्यो उर्जा र भरोसा पैदा छ, त्यस कारणले पनि म अरु साथीहरु भन्दा म अब्बल छु भन्ने आत्माबलका कारण अन्य साथी भन्दा म अब्बल छु भन्ने हो ।
० नेकपा एमालेलाई सुदृण बनाउन के छ तपाईको योजना ?
– मैले योजनाबद्ध ढंगले अगाडी बढाउने कुरामा अहिले जिल्ला पाटीले गरेको कामको जगमा टेकेर थप योजनाबद्ध ढंगले अगाडी बढाउने काम अगाडी बढाउछु,जसमा पाटी संरचनाको सागठनिक कामहरुलाई बार्षिक क्यालेन्डर बनाएर अगाडी बढ्ने योजना छ । आर्थीक रुपले पाटीलाई व्यवस्थित बनाउने कुरामा जिल्ला कमिटिमा एक करोड भन्दा माथि आर्थीक कोषको निर्माण गर्ने र यो कोषको नीतिलाई पाटीकमिटिको सवै पालिकामा लैजाने, अहिले राष्ट्रिय पूजीको विकास गर्दै बेरोजगार समस्याहल गर्दै जो समाजवादमा अर्थतन्त्रलाई सवल बनाउदै ,समाजवादमा पूजीको विकास गर्दै जिल्लालाई अगाडी बढाउने बिषयमा आम पाटी नेता कार्यकर्ताहरुमा संलग्नता गराउदैँ सहकारी मोडलको रुपमा पाटीलाई अगाडी बढाउने मेरो योजना छ । त्यसैगरेर पाटीमा अहिले भईरहेका कामहरुलाई व्यवस्थित गर्नको लागी पाटीमा गठन हुने सचिवालय, विभागहरु बनाई क्यालेण्डर अनुसार अगाडी बढाउने छु । पाटीको काम चुस्त र गतिशिल तरिकाबाट अगाडी बढाउने मेरो योजना छ । अर्को कुरा अब आउने आम निर्वाचन २०८४ को सबै तहहरुको निर्वाचनमा सिन्धुली जिल्लामा पाटीकामलाई एउटा व्यवस्थिति बनाउदै,योजनाको साथ पहिलो शक्तिको रुपमा स्थापित गर्ने योजना समेत मैले बनाएको छु । अझ यसलाई पाटीका नेता र कार्यकर्ताको विचमा छलफल गरी धनिभुक्त रुपमा जनताको माझ लैजाने छु । पाटीका नेता कार्यकर्ताहरुलाई योग्यता ,क्रियाशिल्ता, क्षमताको आधारमा सवैलाई उचित जिम्मेवारी प्रदान गर्ने योजना पनि छ । गुणस्तरिय सेवा,सुलभ स्वास्थ्य, रोजगारको विषयमा खुल्ला बहस चलाउने नीति समेत पाटीबाट कमिटिहरुमा लैजाने योजना छ । जिल्लामा पाटी सदस्यतालाई विस्तारगरी पाटीको नीति,सिद्धान्त, विचारमा प्रशिक्षित गरी विधान बमोजिम योग्य बनाउने कुरामा अग्रसर रहने छु ।
० पाटी भित्र धेरै विकृति विसंगतिहरु छन, यसलाई निराकरण गर्ने के गर्नुहुन्छ, केही योजना छन ?
– पाटीभित्र हार्दिक्ता, स्हार्दिक्त्ता कायम गराउदै शुसंस्कृतिक राजनीतिक संस्कारको विकास गराउने योजना छ । यस्तो गर्नको लागी पाटी निर्माणको क्रममा विभिन्न कालखण्डमा आरोह अवरोहहरु आए त्यस समयमा आवेग र उद्वेगहरु पनि सँगै रहे , त्यो जिल्लामा भएका कुनै पनि साथीहरुको ईच्छा आकाक्षांले भएको हैन, पाटीको उत्तरचढावमा त्यो भएको हो । त्यसले गर्दा जुन किसिमको हार्दिक्ता हामीमा साथीहरुले खोजी रहेका छन, त्यो कुरालाई बोलेर नभई दैनिक ब्यावहारबाट पुष्टि गर्दै हाम्रो उठ्वसमा हार्दिक्ता,बोलिचालिमा हर्दिक्ता, व्यावहारमा हर्दिक्ता,हाम्रो स्वभावजन्य अभिव्यक्तिहरुमा हार्दिक्ता,सवैकुराहरुलाई अगाडी बढाउनको लागी पाटीमा स्वहार्दिक्ता, हार्दिक्ता पूर्ण ढंगले अगाडी बढाउन नीतिगत योजनाको साथ अगाडी बढाउने नै मेरो उमेवारीको एक आधार हो ।
० राजनीतिकदलहरु प्रति आम नेता कार्यकर्ता र नागरिकको निराशा बढ्दो छ, यदी तपाई नेतृत्वमा आउनुभयो भने निराशालाई आशामा बद्ल्न के गर्नु हुन्छ ?
– अहिले नेता कार्यकता, नागरिकमा सरकार प्रति, राजनीतिकदलहरु प्रति जुन किसिमको निराशा,वितृष्णा देखिएको छ,यो अहिले भिन्न सामाजिक संजालले जुन प्रकारले समाजमा सन्देश दिनु पथ्र्याे त्यो भन्दा फरक ढंगबाट सन्देश प्रवाह भएको हालिले पाउछौँ, यसलाई सही ढंगले आगडी बढाउनको लागी पहिले हामी आफै सुध्रिनु पर्ने आवश्यत्ता छ । जस सम्म हामिले हाम्रो आचरण सुधार गर्न सक्दैनौँ तब यसलाई चिर्नको सकिदैन । हामी कम्युनिष्ट पाटीका कार्यकर्ताले त झन हामिले गर्ने व्यावहार, हाम्रो दैनिकीहरुलाई जनताले पत्याउने गरी,विश्वास गर्ने गरी हामी रुपान्तरण भएर अगाडी बढ्नु पर्ने आवश्यत्ता छ । त्यो भएको हुनले आम नेता कार्यकर्ताहरुको दैनिकी , अनुशासन,आचारण, व्यावहारहरु जनतामा पाच्य हुने ढंगको शैलि विकास गरेर जानु पर्ने आवश्यत्ता छ । लोकतन्त्र प्रतिको विश्वासलाई आघात नुहने गरी,विश्वास आर्जन गर्नको लागी जुन किसिमको अहिले स्वास्थ्य,शिक्षा र रोजगारी जस्ता विषयलाई सुब्यवस्थित गर्न सकिएको थिएन,यी बिषयलाई व्यवस्थित नगरेसम्म लोकतन्त्र प्रति जनताको विश्वास कायम गर्न कठिन छ । त्यसैले स्वास्थ्य ,शिक्षा र रोजागरीको सन्दर्भमा पाटीभित्र र बाहिर खुल्ला बहसको रुपमा अगाडी बढाउनु पर्ने आवश्यक छ । नयाँ नीतिको साथ अगाडी बढ्नु पर्छ , रोजगारीको अवसर सृजना गरेमा हामि भित्र रहेको विकृति,विसंगति र पछौटेपन हामि भित्र रहेको जुन अनियमित्तताको श्रृङखलाहरु छन यसलाई वन्द गरेमा लोकतन्त्र प्रतिको विश्वास नागरिकमा कायम हुने छ । हामि अहिले लोतन्त्रको अभ्यासको क्रममा छौँ ,यस्ता उत्तरचढावहरु स्वभाविक नै हुन,यसलाई परिवर्तन गर्न सवैले व्यावहारमा परिवर्तन गर्नु आवश्यक छ ।
० नेकपा एमाले सिन्धुली आठौँ अधिवेशनमा होमि सकेको छ, तपाईले आफुलाई अध्यक्षको उमेदवारको रुपमा प्रस्तुत गर्नु भएको छ, तपाई अधिवेशनका प्रतिनिधीहरुलाई केही भन्न चाहनुहुन्छ ?
– जिल्ला अधिबेशनमा आउने जो प्रतिनिधी साथीहरु हुनुहुन्छ हामि आठौँ अधिवेशनको समुखमा छौँ, तपाईहरुले भरोसा योग्य,पाटीकामलाई व्यवस्थित ढंगले अगाडी बढाउन सक्ने,गतिका साथ अगाडी बढाउन सक्ने,दैनिक नागरिक र पाटी नेता कार्यकर्ताका सरोकारका मुद्धाहरुमा , सरकारी काम काजहरुमा देखि लिएर आम नेता कार्यकर्ता र जनताको सवै सरोकारका मुद्धाहरुमा नेतृत्वदायिक भुमिका निर्वाह गर्न सक्ने सक्षम पाटीको नीति कार्यक्रम र सिद्धान्त विचारलाई अक्षरस पालना गर्दै अगाडी बढ्न सक्ने सिन्धुली जिल्ला पाटीको ईतिहासलाई गौरब्ता पूर्ण ढंगले पाटीको झण्डालाई उच्च बनाउदै अगाडी बढ्न सक्ने नेतृत्वको खोजि गर्ने समय भएकाले यसलाई साथीहरुले मनन गरी योग्य व्यक्तिहरुलाई नेतृत्वमा पु¥याउनु हुने छ भन्ने मा म ढुक्क छु । अहिले सिन्धुलीमा मात्र नभएर देश भर नै जुन नेतृत्वलाई पुस्तान्तरण र हस्तान्तरण गर्ने जुन मुद्धा उठेको छ, यो मुद्धालाई पनि आत्मासाथ गर्दै अग्रज नेतृत्वगणहरुलाई अविभावक वन्नको लागी सवै साथीहरुले अनुरोध गर्नु पर्ने अवश्यत्ता छ । अहिले जिल्लामा भईरहेको राम्रो कामलाई आत्मासाथ गर्ने, थप राम्रो गर्नको लागी योजना बनाउने, भएका त्रुटिहरुलाई सच्याउने र सबल र सक्षक एकतावद्ध पाटी निर्माणको लागी भरोसा योग्य,गतिशिल विर्वाह मुखी नभएर परिणाम मुखी नेतृत्व चयन गर्नको लागी सवै प्रतिनिधीसाथीहरुलाई आग्रह गर्दछु ।




















