• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, May 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कोभिड १९ नियन्त्रणमा विकास निर्माणको बजेट रकमान्तर गरि काम गरेका छौं

बिमला पाण्डे by बिमला पाण्डे
अशोज १२, २०७७
in Featured, Interview, Province 3
0

Share via:

114 Shares
  • Facebook 114
  • Twitter
  • LinkedIn
  • More
पानीराज बम्जन अध्यक्ष मरिण गाउँपालिका सिन्धुली

– तपाईको गाउँपालिकाको गत वर्षको बजेट कति हो ?
हाम्रो गाउँपालिकाको गत वर्षको बजेट ९ करोड ९९ लाख हो ।
– गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट कति छ ?
चालु आर्थिक वर्षमा गाउँपालिकाले चालुतर्फ १४ करोड १५ लाख ५९ हजार र ३४ करोड २७ लाख २४ हजार बजेट विनियोजन गरेको छ ।
– पूँजीगत र चालु खर्चको अवस्था (आव २०७६/०७७ मा) के छ ?
आर्थिक वर्ष २०७६÷०७७ मा यो गाउँपालिकामा चालु तर्फ २२ करोड २२ लाख ६७ हजार ७६९ रुपैंया र पूँजीगत तर्फ १५ करोड ८ लाख ९८ हजार २५१ रुपैंया खर्च भएको छ ।
– गत वर्ष भएका महत्वपूर्ण विकास निर्माणका कामहरु के थिए ?
गत वर्ष सुके बरुण सडक निर्माण गरि वाहै्र महिना यातायात सञ्चालन गरेका छौं । गर्दुवा खलंगा बादरे सडक निर्माण गरि वडा नं. १ लाई वर्षभरी नै यातायात चल्ने बनाएका छौं । गाउँपालिकाको कार्यालय व्यवस्थापनका लागि प्रशासनीक भवन निर्माण, वडा नं. १ र २ मा विद्युतिकरण गरि राष्ट्रिय प्रसारण लाईन जोडिएको, पर्यटकीय स्थल पञ्चकन्या पोखरीमा पूर्वाधार निर्माण, विशाल कुमार स्मृति प्रतिष्ठान भवन निर्माण, वडा नं. ७ मा सामूहिक गाई पालन र वडा नं. ६ मा दुध डेरी स्थापना गरि सञ्चालनमा ल्याईएको छ ।
– चालु रहेका विकास आयोजनाहरु के के छन ?
चालु रहेका विकास आयोजनाहरुमा गाउँपालिकाको प्रशासनीक भवन निर्माण, मरिण गाउँपालिकाको वडा नं. ६ नयाँवस्तीदेखि वडा नं. १ मधुवन हुदै घ्याङ्लेख कालीखोला जोड्ने सडक, चिहाने फूलबारी भालुमारा सडक स्तरोन्नती, सिर्थौली भदौरे सडक निर्माण लगाएतका रहेका छन ।
– बजेटको मुख्य श्रोत के हो ?
यस गाउँपालिकाको बजेटको श्रोत स्थानीय रुपमा संकलित कर तथा आन्तरिक श्रोत, प्रदेश सरकारबाट प्राप्त अनुदान र संघिय सरकारबाट प्राप्त अनुदान नै हो ।
– कर संकलनको अवस्था के छ ?
कर संकलनको अवस्था हेर्दा मालपोत कर, बहाल कर, विटौरी कर, प्रशासनीक सेवाबाट प्राप्त हुने कर, नक्सा पास, व्यक्तिगत घटना दर्ता, वन रोयल्टी, खानी रोयल्टी हो । जसबाट आर्थिक वर्ष २०७६÷०७७ मा १ करोड, २ लाख ३४ हजार १ सय ४८ रुपैंया कर संकलन भएको छ ।
– तपाईको स्थानीय तहमा बेरुजुको अवस्था के छ ?
मेरो स्थानीय तहमा बेरुजुको अवस्था जम्मा बजेटको ५ प्रतिशत रहेको छ ।
– बेरुजु फस्र्यौटको अवस्था के कस्तो छ ?
हाम्रो गाउँपालिकामा आएको बेरुजु फस्र्यौटमा हामी लागि परेका छौं । बेरुजु सत प्रतिशत फस्र्यौट गरिएको छ ।
– स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा व्यवस्था भए अनुसार स्थानीय तहको बेरुजु फस्र्यौटको जिम्मेवारी हुन्छ जसको लागि प्रमुख प्रशासकीय अधिकृतले के भूमिका निभाउनु भएको छ ?
बेरुजु फस्र्यौटको लागि सम्बन्धित निकायलाई पत्राचार गरिएको छ । बेरुजु फस्र्यौटका लागि कार्यालयबाट सुविधा लिने व्यक्तिहरुलाई तलब सुविधाबाट कट्टा गरि असुल उपर गर्ने गरिएको छ । जुन भूमिका प्रमुख प्रशासकीय अधिकृतले निभाईरहनु भएको छ ।
– बेरुजु फस्र्यौट गर्ने गराउने प्रक्रियालाई व्यवस्थित बनाउन कानुन निर्माण गरिएको छ की छैन ?
बेरुजु फस्र्याैटका लागि सरकारको नियम अनुसार काम गरिएको छ । स्थानीय तहमा बाधा अवरोध वा कानुनी समस्या आएमा नेपाल सरकारको कानुनलाई आधार मानी गाउँपालिकाको कार्यपालिकाको निर्णयबाट गर्ने गरिएको छ ।
– बजेट विनियोजन, स्वीकृति, खर्च प्रतिवेदन, वेरुजु फस्र्यौटको व्यवस्था एउटै पदाधिकारीबाट सम्पादन हुदा स्वार्थ बाझिन सक्ने अवस्था आउन नदिन के कस्तो कानुनी तथा संस्थागत व्यवस्था मिलाईएको छ ?
बजेट विनियोजन र स्वीकृति गाउँसभाले गर्छ । खर्चको प्रतिवेदन प्रमुख प्रशासकीय अधिकृतले तयार गर्छन । बेरुजु उपर कार्यपालिकामा छलफल भई आवश्यक प्रक्रिया पुरा गरि फस्र्यौट गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिईने गरिएको छ । यस्तै नियमित गर्नुपर्ने वेरुजु सभा समक्ष सिफारिस साथ पेश हुन्छ । यसले एकाधिकारलाई रोकेको छ ।
– कोभिड १९ ले विकास निर्माण तथा बजेटमा के प्रभाव पारेको छ ?
कोभिड १९ ले विकास निर्माणमा खर्च गर्नु पर्ने रकमलाई रकमान्तर गरि कोभिडमा खर्च गर्नु पर्ने अवस्था आएको छ । गाउँपालिका हुदै बन्दै गरेका राष्ट्रिय गौरवको आयोजना मदनभण्डारी राजमार्ग निर्माणमा ढिलाई भएको छ । गाउँपालिकाबाट सञ्चालन हुने योजनाहरु निर्माण कार्यमा बाहिरबाट दक्ष जनशक्ति ल्याउन नसक्दा, समयमा निर्माण सामग्री नपाउँदा वा पाएका निर्माण सामग्री समेत ढुवानी गर्न नसक्दा विकास निर्माण प्रभावित बनेको छ । यस्तै विकासका लागि गाउँपालिकाको राजस्व संकलनमा समेत कमी आएको छ ।
– कोभिड १९ नियन्त्रणमा के के काम भएका छन ?
कोभिड १९ नियन्त्रणमा गाउँपालिकाले निर्देशिका बमोजिमका सबै खाले संयन्त्र निर्माण गरेको छ । ती संयन्त्रको परिचालन गरेको छ । गाउँपालिकामा ४० वेडको आइसोलेसन निर्माण र सञ्चालन, २ वेडको आइसोलेसन निर्माण, गाउँपालिकामा आउने शंकास्पद तथा विदेशबाट आउने व्यक्तिलाई क्वारेन्टाईनमा राखि परिक्षणको व्यवस्था गरिएको छ । हरेक घरपरिवारलाई सरसफाई तथा कोभिड १९ को सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । स्वास्थ्य संस्थाहरु, सार्वजनिक संघसंस्था तथा सरकारी कार्यालयहरुमा हात धुने व्यवस्था गरिएको छ । बजार क्षेत्र तथा अन्य सेवा प्रदायक क्षेत्रमा सामाजिक दुरी कायम गर्ने तथा स्वास्थ्यका मापदण्ड पालना गरि कारोबार व्यवस्था मिलाउने, स्वास्थ्य संस्थाहरुमा कडाईका साथ सेवा प्रवाह र औषधिको व्यवस्था गरिएको छ । स्वास्थ्य सुरक्षा सामग्री र जनशक्तिको व्यवस्था र निगरानी गरिएको छ ।
– कोभिड १९ नियन्त्रण तथा रोकथाममा हालसम्म कति बजेट खर्च भएको छ ? र श्रोत व्यवस्थापन कसरी गर्नु भएको छ ?
यस गाउँपालिकामा कोभिड नियन्त्रणमा २०७६ चैतदेखि २०७७ असार मसान्तसम्म ९६ लाख ५० हजार ८ सय ६६ रूपियाँ खर्च भएको छ । उक्त बजेट गाउँपालिकाको कोष, प्रदेश र संघबाट प्राप्त अनुदान र अन्य संघसंस्थाहरुबाट प्राप्त सहयोगबाट व्यवस्थापन गरिएको छ । गाउँपालिकाले विकास बजेटलाई समेत कटाई प्रकोप व्यवस्थापनमा खर्च गरेको छ ।
– कोभिड नियन्त्रणमा आगामी कार्य योजना के छ ?
चालु वर्षका लागि गाउँपालिकाले कोभिड नियन्त्रणमा आइसोलेसन तथा क्वारेनटाईनलाई नियमित राख्ने, गाउँपालिकामा प्रवेश गर्ने नाकाहरुमा निगरानी गर्ने, बजार गाउँ संघसंस्था होटल पसल तथा कार्यालय लगाएतका जमघट हुने स्थानमा स्वास्थ्य सुरक्षा मापदण्डहरु कायम गरि दैनिक कृयाकलाप सञ्चालन गर्ने लगाएतका योजना बनाएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

हरिहरपुरगढीका आठ शिक्षकमा कोरोना संक्रमण पुष्टि

Next Post

आइसोलेसन भवन निर्माणमा मानवअधिकारकर्मीको सहयोग

सम्बन्धित खबरहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै
Featured

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना
Featured

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन
Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या
Featured

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग
Business

निर्माण उद्योगमा आपतकाल घोषणा गर्न निर्माण व्यवसायीको माग

भर्खरै प्राप्त समाचारहरु

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

रोशीको बीचमा फसे चारवटा हायस, उद्धार हुँदै

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न
Featured

दुधौलीमा स्थानीय शिक्षा योजना परिमार्जन सम्बन्धि कार्यशाला सम्पन्न

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने
Education

सिन्धुलीका तीन स्थानीय तहमा आईतबार विद्यालय खुल्ने

चट्याङ लागेर एकजना घाइते
Featured

करेन्ट लागेर दुधौलीमा एक जनाको मृत्यु

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने
Featured

मरिण र दुधौलीबाट भूमि प्रशासन सेवा प्रवाह हुने

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied