सिन्धुली । दुधौली खोरभञ्ज्याङ सडकमा मिनी टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । शुक्रबार दुधौली नगरपालिका वडा नं. ९ स्थित दुधौली बजार नजिकै भएको दुर्घटनामा परि गम्भिर घाईते भएका दुधौली नगरपालिका वडा नं. ८ का ५५ वर्षिय टिका सिंह तामाङको उपचारको क्रममा मृत्यु भएको हो ।
पौने ४ बजेतिर भएको दुर्घटनामा परि घाईते भएका तामाङको दुधौली नगर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुधौलीबाट खोरभञ्ज्याङतर्फ जाँदै गरेको बा२क८५४७ नम्बरको मिनी टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.२–०१–००२ प १३७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सुर्य प्रकाश सुवेदीले जानकारी दिएका छन् ।




















