• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

अनेमसंघको अधिवेशनको पदाधिकारी चयनमा विवाद, सदस्यहरुले च्याते अध्यक्ष मण्डलको माईनुट

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
भदौ ५, २०७९
in Uncategorized
0

Share via:

251 Shares
  • Facebook 251
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन पदाधिकारीको टुंगो नलागी सकिएको छ । अध्यक्ष मण्डलले सदस्यहरुको चाहना विपरित जवर्जस्त नेतृत्व चयनमा हस्तक्षेप गरेको भन्दै महिलाहरुले अध्यक्ष मण्डलको माईनुट च्यातेपछि अधिवेशन टुंगोमा नपुगी सकिएको हो ।


अखिल नेपाल महिला संघको मस्यौदा विधान २०७८ अनुसार सदस्य छनौटपछि छानिएका सदस्यहरुको पहिलो बैठकले पदाधिकारी चयन गर्ने व्यवस्था भए पनि अध्यक्ष मण्डलले हस्तक्षेप गरेर अवैधानिक तरिकाले पदाधिकारी चयन गरेको भन्दै सदस्यहरुले अध्यक्ष मण्डलका अध्यक्ष रश्मिला देवकोटाको हातको माईनुट खोसेर च्यातेका हुन ।

अध्यक्ष मण्डलले अध्यक्षमा मेनुका तिमल्सिना, उपाध्यक्षमा राधा कार्की, सर्मिला माझी, सचिवमा रमा कार्की, कोषाध्यक्षमा भद्रा राजभण्डारी र सहसचिवमा तुलसा देवकोटाको नाममा सहमति भएको निर्णय गरेको थियो । विधानको धारा २९ मा रहेको सदस्य तथा पदाधिकारी चयनको व्यवस्था अध्यक्ष मण्डलले उलंघन गरेको अखिल नेपाल महिला संघका सदस्यहरुले बताएका छन ।

अध्यक्ष मण्डलका अध्यक्षमा अनेमसंघका जिल्ला इन्चार्ज रश्मिला देवकोटा थिईन भने सदस्यहरुमा नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङ, उपसचिव मञ्जु देवकोटा, अनेमसंघका केन्द्रीय सदस्यहरु रमा शर्मा, सुकुमाया तामाङ, मिना कार्की रहेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सम्मेलनले ६७ जना सदस्य सर्वसम्मत चयन गरेको छ । पदाधिकारी चयनमा विधानमा भएको व्यवस्था विपरित सदस्यहरुको अधिकार अध्यक्ष मण्डलले खोसेको सदस्यहरुको आरोप छ । पहिलो बैठकबाट सदस्यहरुलाई पदाधिकारी चयन गर्न त्यस अघि पनि सदस्यहरुले माग गरिरहेका थिए ।

सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा पार्टीले विधानको व्यवस्थालाई समेत कुल्चेर काम गरेको महिलाहरुको आरोप छ । विधान विपरित बनाईएको पदाधिकारी मान्य नहुने भन्दै महिलाहरु आक्रोशित बनेका थिए । उनीहरुले मतदानको अधिकार पाउनुपर्ने माग समेत दिनभर राखेका थिए । माईनुट च्यातिएसँगै अध्यक्ष मण्डलका सदस्यहरु कार्यक्रम स्थलबाट बाहिरिएका छन भने निर्वाचन मण्डल समेत बाहिरिएको छ ।
अनेमसंघको जिल्ला सम्मेलन शनिबार र आइतबार सिन्धुलीमाढीमा भईरहेको थियो । जिल्लाभरबाट अधिवेशनमा ३९५ जना प्रतिनिधि सहभागि रहेका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेमसंघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको भोली उद्घाटन

Next Post

संस्मरण : ‘मावली हजुरआमा सम्झाउने त्यो तीज’

सम्बन्धित खबरहरु

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied