• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 12, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

संस्मरण : ‘मावली हजुरआमा सम्झाउने त्यो तीज’

बिमला पाण्डे by बिमला पाण्डे
भदौ १३, २०७९
in Featured, Life, Opinion, Province 3
0

Share via:

176 Shares
  • Facebook 176
  • Twitter
  • LinkedIn
  • More

तीजको दर खाने दिन मध्यरातमा अंगेनाको छेउँमा सुतेकी ६० कटेकी हजुर आमा (आवै) विरालाको चालमा उठ्नु हुन्छ । सायद आफुसँगै सुतेकी नातिनी (छोरीकी छारी) सँगै नविउँझियोस भनेर होला धुवाँले मैलो भएको ओढ्नेले ओड लगाएर विस्तारै छेउँको अँगेनामा घरमा पालेको भैंसीको दुधले खिर पकाउनु हुन्छ । घिउमा खाजा पकाउँहुन्छ ।

महाभारतको लेक भएकाले चिसो चिसो मौसम हुन्छ भदौको महिनामा । बाँसको तामाको सिजन, आमाले दरमा तामा पकाउनु हुन्छ, बारीमा फलेको काँक्रोको अचार बन्छ, लेकमा फलेको घिउ सिमीको तरकारी पाक्छ ।

रातीको १२, एक बजेको समय हजुरआमा मेरो छेउँमै आएर दर खान उठाउन थाल्नु हुन्छ । म त केटाकेटी न हो सुतेपछि उठ्नै गाह्रो । त्यहि पनि १०, ११ बजेसम्म तीजको मेलामा मामासँग गएर नाचेर आएर सुतेकी मेरो निद्रा खुल्दैनथ्यो ।

हजुरआमालाई पकाएको दर एक्लै खान कहाँ मनले मान्थ्यो र ? त्यो पनि आफ्नी छोरीको झल्को मेटाउन ल्याएकी नातिनी मलाई नखुवाई । अनि तीजका गीत गाएर मलाई फकाउनुहुन्थ्यो । ‘तीजको खाजा मिठो भदौरे तामाले, नरोए भाञ्जी लिन आउँछु भन्थे मामाले …।’

हजुर आमाले मरिहत्ते गरेपछि म आँखा मिच्दै उठेर दर खान्थें । हजुर आमाले पकाएको दरभन्दा बढी आमाको माया मिठो लाग्थ्यो ।

हजुर आमाले गाएको यो गीत र त्यो माया मिसिएको दरको यादले तीजमा अहिले पनि मेरो मन रुवाउँछ । जत्ति नै मन रुवाए पनि तीजमा हजुरआमासँग तीज मनाउन अब पाउँदिन । न त हजुर आमाको झल्को मेटाउन हजुरआमाकी छोरी, मेरी आमासँग नै तीज मनाउन जान पाउँछु । न हजुर आमा खोजेर नै पाउँछु । विवाह भएको १५ वर्षमा जम्मा २ पटकको तीजमा आमासँग छु । बाँकी समय घरमै । माइती मावली जाने दुरी टाढा छ । पारिवारिक जिम्मेवारी, छोराछोरी, घर व्यवहार कहाँ सोंचे जस्तो हुन्छ र छोरीलाई ?

हजुर आमा स्वर्गे हुनु भएको २५ वर्ष जति भयो तर हजुरआमाले दर खुवाउन मलाई हरेक वर्ष फकाउने त्यहि गीत र दर खाने रातको सम्झनाले तीज खल्लो हुन्छ मेरा लागि । मेरा दुई छोरी छन । उनीहरुको खुशीका लागि खुशी हुन त हुन्छु तर मनै देखि आमा, हजुरआमा भएको भए कत्ति रमाईलो हुने थियो जस्तो लाग्छ । अलि खल्लो महसुस हुन्छ । मलाई जस्तै मेरा नानीहरुलाई तीजमा टाढा हुँदा तीज खल्लो नहोस जस्तो लाग्छ र त दर खाने दिनको राती कहिल्लै दर पकाउँदिन ।

अरु दिन साथी भाई आफन्तसँग रमाए पनि हजुरआमाको स्वर्गारोहणपछि दर खाने दिन राती उठेर कहिल्लै दर खाएकी छैन । दर खान र दर पकाउन मनै मान्दैन । अरुले दिएको माया माया जस्तो लाग्दैन । दर दर जस्तो लाग्दैन । सायद आमासँग तीज मनाउन जान पाउने भए केहि मात्रामा हजुरआमाको झल्को मेटिन्थ्यो की ? त्यो पनि प्रायः सम्भव हुदैन । कहिले काहिं लाग्छ मेरा लागि तीज नआईदिए हुन्थ्यो । तीजका गीत कतै नसुनिए हुन्थ्यो ।

हजुर आमाकी एक्ली छोरी मेरी आमा । म पनि एक्ली नातिनी थिएँ त्यतिबेला । हजुरआमाका लागि हामी निक्कै प्यारा थियौं । तर मेरी आमा धेरै जसो तीजमा माईत जानुहुन्नथ्यो । मलाई जस्तै घर व्यवहारले थिचेको थियो होला सायद आमालाई पनि ।

आमा नगएपछि सानो मामाले जहिल्लै तीजमा मलाई बोकेर मामा घर लानुहुन्थ्यो । हजुरआमा ज्यूँदो हुदासम्म मैले आक्कल झुक्कल आमासँग तीज मनाएँ होला, त्यो बाहेक हजुरआमासँग मनाएँ । मेरा तीन जना मामा भए पनि कान्छो मामाले नै हो मलाई जुका लाग्ने उकालो बाटोमा काँधमा बोकेर लाने । खुट्टामा जुका लागेर म चिच्याएँ भने टिपेर फालिदिने गर्नुहुन्थ्यो मामाले । टिमुर मिचेर खुट्टामा दल्दै, जुका टिप्दै मलाई बोकेर मामा घर पु¥याउनु हुन्थ्यो । मामाको त्यो काँधमा अहिले पनि चढौं चढौं लाग्छ । मामाको काँधमा बसेर टाउकोमा समाएर गफ गर्दै मामाघर जाउँ जस्तो लाग्छ ।

हाम्रो गाउँ र मामा घरमा साउन लागेसँगै तीजको पञ्चमीसम्म एक दिन विराएर गाउँमा दाजुभाई दिदीबहिनी जम्मा हुने र साँझमा तीजका गीत गाउने नाच्ने चलन थियो । धेरै जसो मेरा मामाले काँधमा बोकेर राँको बालेर नाचगान भएको ठाउँमा लानुहुन्थ्यो मलाई । कहिल्लै मलाई दुःखी हुन दिनु हुन्नथ्यो । म पनि मामासँग गएर मावली गाउँमा नाच्थें, गाउँथें । सबै जनाको सामुहिक नाचगान गर्ने चलनले मावली गाउँ मलाई आफ्नो गाउँ जस्तो लाग्थ्यो । अहिले त त्यसरी गीत गाउने चलन प्रविधिसँगै हराउँदै गएका छन । मामा घर तिर नि हराए होलान तर पनि मलाई त्यहि पुरानै याद आईरहन्छ । जति रेकर्डेड गीत बजाएर नाचे पनि ती दिन जति रमाईलो अहिलेको तीज लाग्दैन ।

मामा घरमा जाँदा हजुरआमासँग निवुवा टिप्न गईथ्यो । गोठमुनीको लोकल कागती टिपेर चपाईन्थ्यो । घर मास्तिरको मकै बारीमा फलेका काँक्रो टिपेर सिंगै चपाईन्थ्यो । खान मन नलागे बारीतिर हुत्याइन्थ्यो । जे जे गरे पनि हजुरआमाले सधै माया गरिरहनु भयो । कहिल्लै गाली गर्नु भएन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

चिसो ठाउँ डाँडाको घर । खरको छानो भएको होँचो घरको पिँढीमा बसेर हजुरआमाले कपाल कोरेर माथि बाटेको मलाई याद छ । आफुसँगै मेरो कपाल पनि बाटिदिनुहुन्थ्यो । अहिले पनि हजुरआमालाई भेट्न पाए मायाले टाउको मुसारेर कपाल बाटिदिनुहुन्थ्यो होला, राती सुत्ने बेला छातीमा टाँसेर न्यानो बनाएर अँगेनाको छेउँमा सुताउनुहुन्थ्यो होला जस्तो लाग्छ ।

जब हजुरआमा खस्नु भयो त्यसपछि मावलीमा मैले तीज मनाएकी छैन । हजुरआमा खसेपछि मामाले हजुरआमाले गीतमा भने जस्तै कहिल्लै मलाई तीजमा लिन आउनु भएन । म रोएँ की हाँसे मामालाई कहिल्लै थाहा भएन । म दुरीले अलि टाढा छु तर मनले छैन । मेरो सानो मामाले तीजमा सधै काँधमा बोकेर लगेकी भाञ्जी विर्सनु भयो होला र त होला अहिले सञ्चारको जमानामा पनि एक कल फोन समेत आउँदैन, लिन त परैको कुरा । एउटै रगत मेरा दाजुभाईले पनि तीजमा प्रायः सम्झन्नन् । अहिले त मेरा बा, आमाले मात्र सम्झन्छन मलाई तीजमा । आखिर माया त बा, आमाहरुसँग न हुन्छ । मेरा बा आमालाई तीजको अवसरमा माया अनि नमन । स्वर्गिय मावली हजुरआमालाई श्रद्धासुमन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

अनेमसंघको अधिवेशनको पदाधिकारी चयनमा विवाद, सदस्यहरुले च्याते अध्यक्ष मण्डलको माईनुट

Next Post

प्रचण्डले जालझेलको राजनीति मात्र जानेका छन : महासचिव पोखरेल

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied