• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Friday, May 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Uncategorized

माओवादी आधार इलाकामा सामुहिक विद्रोह, ७८ जनाले दिए राजिनामा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ९, २०७९
in Uncategorized
0

Share via:

19 Shares
  • Facebook 19
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । नेकपा माओवादी केन्द्रको आधार इलाका मानिएको मरिण गाउँपालिकामा स्थानीय नेता कार्यकर्ताले सामुहिक विद्रोह गरेका छन । नेतृत्वको मनोमानीका विरुद्ध ७८ जनाले सामुहिक राजिनामा दिएका हुन ।

जिल्ला पार्टी नेतृत्व गुट प्रवृतिमा रम्ने र इमान्दार कार्यकर्तालाई पूर्वाग्रहि व्यवहार गर्ने, तल्ला कमिटीलाई अनिर्णयको बन्दी बनाउने लगाएका काम भएकाले सामुहिक राजिनामा दिईएको राजिनामामा उल्लेख गरिएको छ ।

 

पार्टी नेतृत्व जनभावना विपरित एकलौटी ढंगबाट अगाडि बढेको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले राजिनामा दिएको जनाएका छन । यसअघि केन्द्रका मरिण गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले पार्टी परित्याग गरेको घोषणा गरेका थिए । शुक्रबार पार्टी उपाध्यक्ष चिनध्वज बम्जन सहित पालिका स्तरका सक्रिय नेता कार्यकर्ताले माओवादी परित्याग गरेका छन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो निर्वाचन क्षेत्र र श्रीमती दीपा बोहोराको गाउँपालिका अध्यक्ष पद सुरक्षित गर्नका लागि कार्यकर्ताको भावना विपरित कांग्रेससँग सिट भागबन्डा गरेको आरोप उनीहरुले लगाएका छन ।

गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक राजिनामा गरेका हुन् । गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार नै राजीनामा दिइसकेका थिए भने बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन् ।

राजिनामा पत्रमा जिल्ला नेतृत्वको आलोचना गर्दै नेतृत्वको चरित्र सच्चिएमा मात्रै पार्टीमा फर्किन सक्ने उल्लेख छ । राजन दाहालको ‘म’ प्रवृत्तिविरुद्ध आधार इलाका मरिणबाट विद्रोह भएको नेताहरुले बताएका छन् । नेतृत्वको गलत प्रवृत्तिका कारण चैत्र महिनादेखि नै माओवादी छाड्नेको लहर चलिरहेको थियो । वडा नं ६ का शम्भु कार्की माओवादी छाडेर एमालेको अध्यक्षका उम्मेदवार बनेका छन् । वडा नं ७ का खिलहरि गिरीले पनि माओवादी त्यागेका छन् ।

गाउँपालिका कमिटी उपाध्यक्ष चिनध्वज बम्जनको नेतृत्वमा ७८ जनाले लिखित र अन्य दर्जनौंले अलिखित रुपमा माओवादी परित्याग गरेको घोषणा गरेका छन् । पार्टी परित्यागको घोषणा नगरेका मरिण गाउँपालिका वर्तमान अध्यक्ष पानीराज बम्जन, अध्यक्षका प्रत्यासी तथा भूमि आयोगका अध्यक्ष रामकुमार पौडेल लगायतका नेताहरु राजीनामा घोषणा कार्यक्रममा सहभागी थिए ।

यो राजीनामापछि माओवादी मरिण गाउँपालिका कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सचिवालय सदस्य लगायत धेरै वडा कमिटीका पदाधिकारी, जनवर्गिय संगठनको नेतृत्व खाली भएको छ ।

माओवादीको सबैभन्दा बलियो क्षेत्रका रुपमा रहेको यो पालिकामा पार्टी जिल्ला इन्चार्ज राजन दाहालका निकटस्थ मानिएका विमर्श मोक्तानलाई स्थानीय तहको निर्वाचनमा पालिका अध्यक्षको उमेदवार बनाइएको थियो ।

पालिकामा माओवादी केन्द्रका पालिका कमिटी अध्यक्ष गणेश बुढाथोकी, वर्तमान पालिका अध्यक्ष पानीराज बम्जन, राष्ट्रिय भूमि आयोगका अध्यक्ष रामकुमार पौडेल अध्यक्षका उमेदवारका आकांक्षी रहेका थिए । गत चुनावमा यो पालिकाका सबै वडा र पालिका प्रमुख उपप्रमुख माओवादी केन्द्रका उमेदवार विजयी भएका थिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

माओवादी सिन्धुलीले छान्यो स्थानीय तहका उमेदवार

Next Post

यी हुन एमाले सिन्धुलीका नौ वटै तहका उमेदवार

सम्बन्धित खबरहरु

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ
Uncategorized

रोशीमा पसेका उनानब्बे जना यात्रुको उद्धार, पाँच जना पक्राउ

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना
Uncategorized

नेपाल एसविआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी, असोजदेखि बनेको थियो योजना

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय
Uncategorized

तीन जिल्लाका सुरक्षा प्रमुखहरुको बैठक : निर्वाचन सुरक्षा, शान्ति सुरक्षामा समन्वय गर्ने निर्णय

Uncategorized

हायस दुर्घटना हुँदा बाह्रजना घाईते
Featured

कार र मोटरसाईकल ठोक्किदा दुईजना घाईते

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति
Featured

बाढी पहिरोले फिक्कलमा तीन सय छ घरमा क्षति

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत
Featured

सुरु भयो राहत वितरण : गोलञ्जोरका पचासी परिवारले पाए राहत

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या
Featured

सिन्धुलीमा तीन वर्षमा दुईसय चालिसले गरे आत्महत्या

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना
Featured

एघार महिनामा तीन सय चौवन्न लैंगिक हिंसाका घटना

भर्खरै प्राप्त समाचारहरु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

युवा विद्यार्थीहरुलाई सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण

एसइइमा सिन्धुलीका चौवालिस विद्यालयको सतप्रतिशत नतिजा

मुल्य वृद्धि र धरपकड विरुद्ध निर्माण व्यवसायीहरुको आन्दोलन

दश महिनामा सवारी दुर्घटनामा परि बीस जनाको मृत्यु

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न
Featured

छ्यानब्बे जनाको मोतिविन्दुको शल्यक्रिया सम्पन्न

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा
Education

फिक्कल २ निःशुल्क तथा अनिवार्य शिक्षा घोषणा

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
Featured

मरिण गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर
Featured

हर्षाहीमा निःशुल्क आँखा जाँच शिविर

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied