सिन्धुली । माध्यमिक शिक्षा परीक्षा एसइइ २०८२ मा जिल्लाका चौवालिस वटा विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लामा १ सय ५२ वटा विद्यालयले एसइइमा सहभागिता जनाएका थिए । सो मध्ये ६ वटा स्थानीय तहका चौवालिस विद्यालयका सतप्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् ।
कार्यालयका अनुसार कमलामाई नगरपालिकाका २९ वटा विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएका छन् । त्यसै गरि दुधौली नगरपालिकाका ४ वटा विद्यालय, फिक्कल गाउँपालिकाका ६ वटा विद्यालय, गोलन्जोर गाउँपालिकाको १ वटा विद्यालय, घ्याङ्लेख गाउँपालिकामा १ वटा र तीनपाटन गाउँपालिकाको ३ वटा विद्यालयले सतप्रतिशत नतिजा निकाल्न सफल भएको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका शाखा अधिकृत तथा सुचना अधिकारी युवराज राईले बताएका छन् ।
एसइइमा दुधौली नगरपालिकामा ५५ दशमलव ७८ प्रतिशत, घ्याङ्लेख गाउँपालिकामा ८८ दशमलव ३१ प्रतिशत, गोलन्जोर गाउँपालिकामा ३६ दशमलव ५५ प्रतिशत, हरिहरपुरगढी गाउँपालिकामा ३९ दशमलव ३३ प्रतिशत, कमलामाई नगरपालिकामा ८९ दशमलव ९४ प्रतिशत, मरिण गाउँपालिकामा २९ दशमलव ०१ प्रतिशत, फिक्कल गाउँपालिकामा ९१ दशमलव ५७ प्रतिशत, सुनकोशी गाउँपालिकामा ५९ दशमलव ६५ प्रतिशत र तीनपाटन गाउँपालिकमा ६८ दशमलव ५५ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राईले बताए ।
उनका अनुसार सिन्धुली जिल्लाबाट ६७ दशमलव ०७ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । कमलामाई नगरपालिकामा ४५ वटा विद्यालयबाट १ हजार ४ सय २२ जना विद्यार्थी एसईईमा सहभागि रहेका थिए । दुधौली नगरपालिकामा २५ वटा विद्यालयबाट १ हजार ६ जना विद्यार्थी, घ्याङ्लेख गाउँपालिकमा ६ वटा विद्यालयबाट २ सय ४० जना, फिक्कल गउँपालिकामा १३ वटा विद्यालयबाट ३ सय ३८ जना एसईईमा सहभागि भएका थिए ।
त्यसै गरि मरिण गाउँपालिकामा १२ वटा विद्यालयबाट ३ सय ८२ जना, हरिहरपुरगढी गाउँपालिकामा ८ वटा विद्यालयबाट २ सय ९० जना, गोलन्जोर गाउँपालिकामा १० वटा विद्यालयमा ३ सय ४३ जना, तीनपाटन गाउँपालिकामा २२ वटा विद्यालयबाट ६ सय ९६ जना र सुनकोशी गाउँपालिकामा १० वटा विद्यालयबाट ३ सय ३५ जना विद्यार्थी परिक्षामा सहभागि रहेका थिए ।
सहभागि विद्यालयमध्ये एक विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तिर्ण भएका छैनन् । तीनपाटन गाउँपालिकमा रहेको जनसेवा माध्यमिक विद्यालय रिठ्ठेबाट १५ जना विद्यार्थी परीक्षामा सहभागि भएकोमा कोही पनि उत्तिर्ण नभएको कार्यालयले जनाएको छ ।



















