सिन्धुली । ‘सोंच बदलौं, जीवन बदलौं, भविष्य बदलौं’ युवाहरुको सशक्तिकरण तथा व्यक्तित्व विकासका लागि सकारात्मक सोंच सम्बन्धि प्रशिक्षण सिन्धुलीमाढीमा दिईएको छ ।
शुक्रबार ब्रह्मकुमारी युथ विंग्स सिन्धुली क्षेत्र जनकपुरको आयोजनामा भएको प्रशिक्षणमा सिद्धवावा म्यानेजमेन्ट कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । सकरात्मक सोंच, सफल भविष्य विषयक प्रशिक्षण कार्यक्रममा ब्रह्मकुमारी राजयोग सिन्धुलीका प्रमुख ब्रम्हकुमारी संगिता गुप्ताले आध्यात्मिक तथा सकारात्मक सोंचको विकास सम्बन्धि प्रशिक्षण दिएकी थिईन् ।
उनले मेरिटेसन सहित युवा विद्यार्थीहरुलाई सकारात्मक सोंचको कसरी विकास गर्ने र युवाहरुको लक्ष्य कसरी निर्धारण गर्ने लगाएतका विषयमा प्रशिक्षण दिएकी थिईन् ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले सकारात्मक सोंचको विकास सफल जीवनको पहिलो पाईला भएको बताउँदै युवाहरुले सकारात्मक उर्जाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिईन् ।
पछिल्लो समय नकारात्मक सोंच, व्यवहारहरु बढ्दै गएको बताउँदै पाण्डेले सकारात्मक सोंच, शान्त मन, लक्ष्य वा उद्देश्यको निर्धारणले सहि गन्तव्यमा पुग्न उर्जा प्रदान गर्ने बताईन । उनले सहि मार्ग पहिल्याउन युवाहरुलाई आग्रह गर्दै सोंच बदलिए मात्र जीवन र भविष्य बदलिने बताएकी छिन् । युवाहरुमा आत्मविश्वास बढाउन र नेतृत्व लिनका लागि सकारात्मक सोंच महत्वपूर्ण भएको उनको भनाई छ ।
कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले खानपान, बानी व्यवहारमा आउने परिवर्तनले आम मान्छेलाई आत्म सन्तुष्टि प्रदान गर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शंकर सौगात, सिद्धवावा प्लस टु म्यानेजमेन्टका कोअर्डिनेटर राहुल सिंह, शिक्षक ललिता ढकाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।





















