सुनिता दर्नाल
सिन्धुली । नेपाल अदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा रोहित कुमार गुरुङ सर्वसम्मत चयन भएका छन । शुक्रबार सिन्धुलीमाढीमा सम्पन्न चौथौ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन ।
अधिवेशनले गुरुङको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा सञ्जीव मगर, सचिवमा सरला सुनुवार, सहसचिवमा कल्पना भुजेल र कोषाध्यक्षमा गिरिजा बावु श्रेष्ठ (जिवि) चयन भएका छन ।
यस्तै सदस्यमा पुष्पा सुनुवार, ललिता हायु, बिजय भोलन, श्रीमान थिङ, जितेन्द्र कुमार दनुवार, अन्जन राना, लक्ष्मी श्रेष्ठ र सगिता डिम्दोङ चयन भएका छन ।
फोनिज सिन्धुलीको अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) बाग्मती प्रदेश समन्वय परिषद्का अध्यक्ष काजीमान थिङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा एक लाख ४६ हजार २१ रुपैंया बराबरको आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।
























