• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

बिमला पाण्डे by बिमला पाण्डे
कार्तिक १५, २०८३
in Featured, Business, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई बिहिबार प्रधानमन्त्री कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लियो । रजौरियालाई सिरहाको लाहान र आयोजना प्रमुख रिजाललाई सिन्धुलीको कुसुमटारमा रहेको आयोजनाको कार्यालयको कार्यकक्षबाटै उठाएर प्रहरीले काठमान्डौ लग्यो । विहिबार नै उनीहरुलाई प्रहरीले प्रधानमन्त्री कार्यालयमा बुझायो । कार्यालयमा लगिएपछि रजौरिया र रिजाललाई सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा लगि सोधपुछ गरियो । नियन्त्रणमा राखि उनीहरुलाई सुनकोशी मरिण डाईभर्सनको हेडवर्क्‌स र पावर हाउस निर्माणको ठेक्का रद्द गर्न बाध्य बनाईयो र शुक्रबार साँझ छोडियो ।

उनीहरूलाई नियन्त्रणमा लिनुको औपचारिक कारण सरकारले सार्वजनिक नगरे पनि ठेक्का रद्द गरेपछि उनीहरुलाई छोडिएको घटनाले ठेक्का प्रक्रियाकै विषय रहेको पुष्टि गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह र उनको सचिवालयको रुचिमा पक्राउ गरिनु र प्रक्रियामा गएको ठेक्का रद्द हुनुले प्रधानमन्त्रीप्रति नै सुशासनको सियो सोझिएको छ ।

सुनकोशी मरिण डाईभर्सनको प्राविधिक प्रस्तावमा तीन वटा कम्पनी छनौट भएको र तीन वटै कम्पनी चिनियाँ कम्पनी परेपछि प्रधानमन्त्री कार्यालयले रिजाल र रजौरियालाई पक्राउ गरेको थियो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कार्तिक १६ गते सोमबार आर्थिक प्रस्ताव खोल्ने मिति तय भएको थियो । आर्थिक प्रस्ताव खोल्दा प्राविधिक प्रक्रिया पुरा गरेका तीन चिनियाँ कम्पनी मध्ये एकलाई नै ठेक्का पर्ने निश्चित भएपछि प्रधानमन्त्री शाहको टिम सक्रिय भयो । जलस्रोत तथा सिँचाइ विभागले पनि दुवै जनालाई प्रधानमन्त्री कार्यालयमा लगिएको पुष्टि गरेको छ । सरकारले कानुन मिच्ने आफ्ना कर्मचारीलाई सोधपुछ मात्रै होइन, कानुनबमोजिम कारबाही गर्नुपर्छ तर पछिल्लो पटक फिल्डमै प्रहरी पठाएर सिधै विना पक्राउपूर्जि र विना अपराध प्रधानमन्त्री कार्यालयमा पुर्‍याएर लामो समय कर्मचारीलाई सम्पर्क विहिन बनाईएको सायदै पहिलो घटना हो ।

यस्तो छ पक्राउको कारण
सुनकोसी–मरिण डाइभर्सन आयोजनाको नयाँ ठेक्का प्रक्रियामा तीन चिनियाँ कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए । तर, प्रधानमन्त्रीको सचिवालयले ठेक्का पुनः रद्द गरेर नयाँ प्रक्रिया सुरु गर्न दबाब दिएको र सोहि अनुसार ठेक्का रद्द समेत गरिएको छ । आयोजनाले प्राविधिक प्रस्तावको मूल्यांकनपछि आर्थिक प्रस्ताव खोल्ने चरणमा ठेक्का प्रक्रिया पुगेको जनाएको थियो । असोज २७ गतेको द राइजिङ नेपालमा आर्थिक प्रस्ताव खोल्ने सूचना प्रकाशन गरी आवश्यक प्रक्रिया पुर्‍याएर बोलपत्र आह्वान गरेकोमा ६ वटा बोलपत्रदाताले सहभागिता जनाएका थिए । तीमध्ये तीनवटा चिनियाँ कम्पनी पास भएका र उक्त ठेक्का कात्तिक १६ गते खोल्ने तयारी भईरहेका बेला कार्यालय प्रमुख रिजाललाई कार्यकक्षमा आई वर्दि सहितका प्रहरीले पक्राउ गरि लगेका थिए ।

आयोजनाको ठेक्का सार्वजनिक खरिद अनुगमन कार्यालयको ई–जिपी प्रणाली मार्फत अघि बढाइएको थियो । उक्त प्रक्रियामा प्राविधिक प्रस्तावमा योग्य भएका कम्पनीमा मेसर्स चाइना इन्टरनेसनल वाटर एन्ड इलेक्ट्रिक कर्पोरेसन, बेइजिङ, चीन, मेसर्स एन्नेङ–आरसिसी जेभी र मेसर्स सिनोहाइड्रो कर्पोरेसन लिमिटेड चीन रहेका थिए । सरकारले चिनियाँ कम्पनीलाई परेको ठेक्का रद्द गरेर भारतीय कम्पनीलाई दिनुपर्ने राजनीतिक दबाब सृजना गर्दै कर्मचारी पक्राउ गरेको थियो ।

यसअघि उक्त ठेक्का प्रधानमन्त्री बालेनका भिनाजु नाता पर्ने व्यक्तिको कम्पनी पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको थियो । उक्त कम्पनीले काम नगरेर आयोजना अलपत्र पारेपछि उक्त ठेक्का तोडिएको थियो । प्रधानमन्त्री शाह उक्त ठेक्का रद्द गर्ने पक्षमा थिएनन् ।
गत वर्ष कात्तिकमा तत्कालीन अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङको कार्यकालमा पटेल–रमण जेभीसँगको ठेक्का तोडिएको थियो । त्यस यता नयाँ ठेक्का प्रक्रिया अघि बढे पनि निर्माणको जिम्मेवारी कसले पाउने भन्ने टुंगो लागेको थिएन ।

सुनकोसी–मरिण डाइभर्सन मधेस प्रदेशका पाँच जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब एक लाख २२ हजार हेक्टर जमिनमा बर्षैभरि सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य सहित २०७७ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजनाको शिलान्यास गरेका थिए । सुरुङ निर्माणको काम समय अगावै सकिए पनि आयोजनाको बाँध र पावरहाउस लगाएतका निर्माणका काम रोकिएको छ ।

यस परियोजना अन्तर्गत सुनकोसी नदीको पानी सुरुङ मार्फत कमलामाई नगरपालिकाको कुसुमटारस्थित मरिण खोलामा खसालेर त्यहाँबाट मरिण नदी हुँदै बागमती सिँचाइ आयोजना मार्फत तराईका खेतमा पुर्‍याउने योजना छ ।

बाँध निर्माणको १४ अर्ब सात करोड ५९ लाख रुपैयाँको ठेक्का पाएको कम्पनी पटेल रमण जेभिले निर्माण सुरु गरेको ३० महिनामा जम्मा सात प्रतिशत काम गरेको थियो । यही ढिलाइलाई आधार बनाएर सरकारले पुरानो ठेक्का तोडेको थियो । हाल आयोजनाको समग्र भौतिक प्रगति करिब ३५ प्रतिशत मात्र छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

Next Post

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

सम्बन्धित खबरहरु

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित
Education

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु
Featured

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा
Business

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा
Business

बीपी राजमार्गका होटल तथा पसलमा अनुगमन तीव्र, तीन व्यवसायी कारवाहिमा

भर्खरै प्राप्त समाचारहरु

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied