सिन्धुली । चोरी अभियोगमा पक्राउ परि जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतको बालबालिका कक्षमा रहेका राखिएका एक बालक शौचालयबाट फरार भएका छन । उनी बुधबार दिउँसो ३ बजे प्रहरीको घेराभित्रैबाट भागेका हुन ।

शौचालयबाट बालक धेरै बेर ननिस्केपछि उनको खोजी भएको थियो । बालक प्रहरी कार्यालयको पछाडीको जंगलबाट भागेको प्रहरीको अनुमान छ । फरार रहेका बालकको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रञ्जु सिग्देलले बताईन ।
मोवाईल लगाएतका सामान चोरीको अभियोगमा पक्राउ गरेका बालक ग्रिल उद्योगमा लामो समय काम गरेको र ग्रिल बारे जानकारी राख्ने भएकाले भाग्न सफल भएको पाईएको सिग्देलले बताईन ।























