सिन्धुली १८ कार्तिक/सिन्धुलीमाढीमा बुधबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । खुला रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखाको आयोजनामा तथा नेपाल रेडकस सोसाइटी जिल्ला शाखा सिन्धुली रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

hw-remosaic: 0;
touch: (0.3638889, 0.3638889);
modeInfo: ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 95.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
सिन्धुली अस्पतालमा उपचाररत बिरामीलाई आवश्यक पर्ने रगतको अभाव हुन नदिन तथा रगतको सहज उपलब्धतामा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखाका सभापति नरेन्द्र विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार अस्पतालमा उपचारका क्रममा विभिन्न बिरामीलाई रगत आवश्यक पर्ने भएकाले रक्तसञ्चितीमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले यस्ता कार्यक्रमले रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै आवश्यक परेको समयमा बिरामीलाई रगत उपलब्ध गराउन सहयोग पुग्ने आयोजकले जनाएको छ ।




















