सिन्धुली । सिन्धुली अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्केका छन । मरिण गाउँपालिका वडा नं. २ का ३८ वर्षिय तारा बहादुर मोक्तान र दुधौली नगरपालिका–३ झँुगाका २४ बर्षिय कमल धामीले कोरोना जितेर मंगलबार डिस्चार्ज भएसँगै जिल्लाका आठ स्थानीय तह कोरोना मुक्त भएका छन ।

सिन्धुलीबाट परिक्षणका लागि पठाइएका नमुनामध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । मंगलबार डिस्चार्ज भएका २ जना सहित हालसम्म १० जनाले कोरोना जितेर घर फर्किसकेको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्नजंग राजभण्डारीले बताए ।
हालसम्मको अवस्थालाई हेर्दा कमलामाई नगरपालिकाका २ जना संक्रमित निको भएमा जिल्ला नै कोरोनामुक्त हुने अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले बताए ।




















