सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. २ बोलगैरा जंगलमा आइतबार चट्याङ लाग्दा १ जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिहरपुरगढी २ का ११ वर्षिय नवराज तिरुवा वि.क रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
उनको घर नजिकैको जंगलमा च्याउ टिप्न गएको बेलामा चट्याङ लाग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डिएसपी लोकदर्शन थापाले बताए ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















