सिन्धुली । डिभिजन वन कार्यालय सिन्धुलीले वर, पिपल र समिका विरुवाहरुको सुरक्षित रुपमा उद्धार गरि व्यवस्थापन गर्ने अभियानमा जुटेको छ । कार्यालयले सरकारी कार्यालय, सार्वजनिक पर्खालहरु, संस्थाहरुमा उम्रेका ती विरुवाहरुलाई उद्धार गरि व्यवस्थापन गर्ने अभियान चलाएको हो ।
कार्यालय प्रमुख डिभिजनल वन अधिकृत रामकुमार भण्डारीका अनुसार घर, कार्यालय परिसरमा रहेका वर, पिपल र समीको बिरुवा संकलन गर्ने क्रममा दुई दिनमा करीव १५ सय विरुवा संकलन भईसकेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीहरु विरुवा संकलनमा सक्रिय रहेका छन् ।
संकलित विरुवालाई नर्सरीमा सारी आवश्यकता र माग अनुसार वितरण गरिने भण्डारीले बताएका छन् । संकलन गरिएका विरुवामा धेरै पिपलका रहेका छन् भने वर र समीका विरुवा कम भेटिएका छन् ।
धार्मिक, वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले वर, पिपल र समीको महत्व रहेकाले त्यसको संकलन गरि नर्सरी गरिएको भण्डारीले बताएका छन् ।






















