• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

नीजि आवास पुनःनिर्माण सुस्त गतिमा, प्रवलीकरणमा शुन्य प्रगति

बिमला पाण्डे by बिमला पाण्डे
साउन ६, २०७६
in Featured, Province 3, Society
0

Share via:

31 Shares
  • Facebook 31
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली जिल्लामा भुकम्पपछिको पुनःनिर्माणले अपेक्षा अनुसारको गति लिन सकेको छैन । भुकम्प गएको चार बर्षमा जिल्लामा नीजि आवास निर्माण जम्मा ५१ प्रतिशत मात्र सम्पन्न भएको छ । अझै पुनःनिर्माण र प्रवलिकरणको तथ्यांक हेर्ने हो भने पुनःनिर्माणको अवस्था ३५ प्रतिशत मात्र देखिन्छ ।
भुकम्प गएको चारवर्षमा पुनःनिर्माणको प्रगति जम्मा ५१ प्रतिशत पुगेको जिल्ला आयोजना कार्यान्वयन ईकाई सिन्धुलीले जनाएको छ । असार मसान्तसम्म जिल्लामा जम्मा १८ हजार ४६९ जनाले घर बनाई सकेर तेस्रो किस्ता लिएको आयोजनाले जनाएको छ । जिल्लामा भुकम्पपछिको पुनःनिर्माणको लाभग्राही सूचिमा ३८ हजार ५४ जनाको नाम समावेश रहेको भए पनि ती मध्ये ३६ हजार ५३ जनाले अनुदान सम्झौता गरेको आयोजनाले जनाएको छ ।
सम्झौता गरेकामध्ये ३५ हजार २४ जनाले पहिलो किस्ता लगेकोमा तेस्रो किस्ता लिने लाभग्राहीहरु १८ हजार ४६९ जना अर्थात ५१ प्रतिशत रहेको जिल्ला आयोजना कार्यान्वयन ईकाई सिन्धुलीले जनाएको छ । इकाईका सामाजिक विकास विज्ञ तारानाथ लामिछानेले दोस्रो किस्ता लाने २७ हजार २१७ जना रहेको अर्थात ७५ प्रतिशत रहेको बताए ।
दुई हजार लाभग्राही हराए
भुकम्पपछिको पूर्ननिर्माणमा सिन्धुली जिल्लाबाट ३८ हजार ३५ जना नेपाल सरकारको लाभग्राही सूचिमा परेको भएपनि त्यस मध्ये सिन्धुलीका २ हजार १ जना भुकम्प पीडित अर्थात लाभग्राही सम्झौता नै गर्न नआएको लामिछानेले बताए । सम्झौता गरेका मध्ये १ हजार ३० जनाले पहिलो किस्ता पाएका छैनन भने ७ हजार ८ सय ७ जनाले पहिलो किस्ता लिएर घर बनाउन सुरु नै नगरेको लामिछानेले बताए ।
प्रवलीकरणमा शुन्य प्रगति
भुकम्पपछि नीजि आवासमा सामान्य क्षति पुगेकालाई पनि नेपाल सरकारले मर्मत सम्भारको लागी भन्दै प्रवलीकरण (मर्मत) को तथ्यांकमा राखेको भए पनि जिल्लामा अहिलेसम्म त्यसतर्फ प्रगति शुन्य देखिएको आयोजनाले जनाएको छ । सिन्धुलीमा प्रवलीकरणमा १४ हजार २ सय ६ घर परेको भए पनि अहिलेसम्म प्रवलीकरणमा प्रगति शुन्य रहेको उनले बताए । ‘एक जनाले पनि प्रवलीकरणको काम गरेका छैनन’ लामिछानेले बताए । जिल्लामा प्रवलीकरणको लागी ९ हजार ३ सय ६४ जनाले सम्झौता गरेकाका छन ।
मर्मत सम्भारका लागी प्रति घरपरिवार १ लाख रुपैंया अनुदान दिने राज्यको नीति अनुसार जिल्लाबाट पहिलो किस्ता ५० हजार लिनेको संख्या ९ हजार ४६ घर परिवार रहेको आयोजनाले जनाएको छ । प्रवलीकरण अन्र्तगत हालसम्म एक जनाले पनि दोस्रो किस्ता माग गरेका छैनन ।
६ सय ७५ घरपरिवारलाई थप पचास हजार
आर्थीक अवस्था कमजोर भएका, ६५ बर्ष नाघेका एक्कल महिला, ७० बर्ष माथीका जेष्ठ नागरिक, १६ वर्ष मुनिका अनाथ बालबालिका र रातो र निलो परिचयपत्र भएका अपांगहरुलाई पूर्न निर्माणको लागी थप ५० हजार रुपैया दिने राज्यको नीति अनुसार सिन्धुली जिल्लामा ६ सय ७५ जनाले यस्तो सुविधा पाउने भएका छन, लामिछानेले भने । यस्तो अनुदान पाउनका लागी माथि उल्लेखित लक्षित समुहका मानिस र उनीहरुका परिवारमा अन्य सदस्य नभएको अवस्थामा थप सुविधा दिने राज्यको नीत अनुसार जिल्लामा पनि यो कार्यक्रम सुरु भई सकेको लामिछानेले बताए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

बाढी पहिरोको क्षतीको संयुक्त निरिक्षण

Next Post

चट्याङ लागेर बालकको मृत्यु

सम्बन्धित खबरहरु

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन
Featured

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied