सिन्धुली । बाढीले मोटरसाईकल बगाउँदा एक जना सामान्य घाइते भएका छन भने मोटरसाईकल खोलाले बगाउँदा फेला परेको छैन । कनपा ७ मा रहेको गडौली खोला तर्ने क्रममा लच्काबाट आइतबार मोटरसाईकल सहित मोटरसाईकल चालकलाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
कनपा ७ को रामपुरबाट सिन्धुलीमाढी तर्फ आउँदै गर्दा साँझ साढे ६ बजे ज५प८१६३ नम्बरको मोटरसाइकल बगाउँदा दाङको बंगलाचुरी ८ घर भएका सहयोगी विकास बैंकका कर्मचारी ३९ वर्षका ओविराम गाहा मगर सामान्य घाइते भएका छन ।
उनको मोटरसाईकल भने हराएको छ । मोटरसाईकल खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।





















