सिन्धुली । कोरोना उपचारका लागि गाउँपालिकामा स्थापित आइसोलेसनका लागि सामुहिक सरोकार समाज सिन्धुलीले अक्सिजन सिलिन्टर सहयोग गरेको छ ।
फिक्कल गाउँपालिकामा रहेका कोभिड विरामीको उपचारमा सहयोग पु¥याउनका लागि १५ वटा अक्सिजन सहितका सिलिण्डर सहयोग गरिएको सामुहिक सरोकार समाज सिन्धुलीका अध्यक्ष नवराज पहाडीले बताए ।
उनका अनुसार गाउँपालिकालाई अक्सिजन सिलिन्डर सहित ५ वटा रेगुलेटर समेत सहयोग गरिएको छ ।
नेपाल ¥यापिड एक्सन टास्कफोर्सको सहजिकरण तथा क्रियशन नेपाल काठमाण्डौको सहयोगमा उक्त सामग्री आइतबार गाउँपालिकामा हस्तान्तरण गरिएको हो ।





















