सिन्धुली । नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले कोभिड १९ अस्पताललाई २ वटा एअरकुलर सहयोग गरेका छन ।
दाहालले आफ्नो जन्मदिनको अवसरमा अस्पताललाई एअर कुलर सहयोग गरेका हुन । कोभिडसँग लडिरहेका विरामी र कार्यरत स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नका लागि एअर कुलर सहयोग गरेका हुन ।
दाहालले ५५ लिटर क्षमताका २ वटा एअरकुलर सहयोग गरेका हुन । जन्मदिनमा गरिने खर्च कटौती गरि अस्पताललाई कोभिडसँग लड्न सहयोग गरिएको दाहालले बताएका छन ।
दाहाल र उनकी श्रीमति यशोदा बुढाथोकीले अस्पतालमा पुगी अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेललाई एअर कुलर हस्तान्तरण गरेका हुन ।





















