• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 15, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Literature

पुस्तक समिक्षा : नेपाल नै स्वर्ग हो कथामा मैले देखेका कुराहरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ३१, २०७८
in Literature, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More
कृष्ण वराल सुकुम्वासी

सिन्धुलीको ग्वाल्टारमा जन्मनु भएका वाल्यकालदेखि सघर्षशील आफ्नो जीवनको लामो समय शिक्षक पेशामा रहि अध्यापन गराउनु भएका सिन्धुल साप्ताहिक पत्रिकाको प्रधान सम्पादक तथा पत्रकार समेत रहनु भएका र विभिन्न सामाजिक सघ सस्थामा आवद्द रहनु भई सामाजिक सेवा पुर्याउदै आउनु भएका आदरणीय कथाकार शेषराज दाहाल पछिल्लो समय कथा लेखन तर्फ अग्रसर हुनु भएको छ । नेपाल नै स्वर्ग हो नामक धार्मिक मिथक कथा संग्रह प्रकाशित गर्नु भै नेपाली भाषा साहित्यमा योगदान गर्नु भएकोमा मलाई खुसी लागेको छ ।

कथाकार कै हातबाट प्राप्त गरेको यो कथा संग्रहलाई सरसर्ती अध्ययन गरें । यो वहाँको दोस्रो कथा सग्रह रहेको र यो भन्दा अघि नेपालको राजनीतिक कथा संग्रह २०५५ प्रकाशित भईसकेको छ । नेपाल नै स्वर्ग हो भन्ने यो धार्मिक मिथक कथा संग्रहमा ३२ वटा कथाहरु संग्रहित रहेको पाइन्छ । कथाकारले हिन्दू धर्मका धार्मिक तथा पौराणिक ग्रन्थ भागवत , अठार पुराण,रामायण,श्री स्वस्थानी व्रतकथा, विभिन्न विद्वान व्यक्तित्वहरुको जीवनी अध्ययन गरी वृहत कथाहरुलाई संक्षेपीकरण गरी आफ्नै मौलिक भाषा शैलीमा सानो–सानो कथाको रुपमा कथा संग्रह तयार गर्नु भएको पाइन्छ । कथा पढ्दा सरल लागेतापनि धार्मिक विषयवस्तु भएकाले यसको मेलोमेसो बुझ्न निकै जटील र गहन हुनु स्वभाविकै हो ।

कथाको विषयवस्तु नै धार्मिक ग्रन्थवाट लिइएको र कथा संग्रह नै धार्मिक मिथक कथा संग्रह नाम भएको हुँदा कतिपय कथामा एकीन तथ्यहरुवाट कथाको घटना परिघटना पुष्टि गर्न सकिदैन। यो कथा संग्रह धार्मिक कथा भनिए ता पनि गुन्द्रुकको उत्पति नेपाल मै, बेसारको उत्पति नेपाली वैद्यवाट, अयोध्यापुरी बारे अनुसन्धान गर्नुपर्ने, मानिस भगवान नभई असल मानिस बन्ने सरल मार्ग ,धर्मशास्त्रमा प्रयोग भएको बस्तु विज्ञान सम्मत जस्ता कथाहरु कथाको शैलिमा नभई निवन्धात्मक तथा वर्णनात्मक शैलिमा उल्लेख भएको देखिन्छ भने बाँकी अरु संग्रहित कथाहरु केहि न केहि रुपमा धार्मिक ग्रन्थसंग जोडिएका हुँदा धार्मिक कथा हुन भन्ने मलाई लागेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

यस कथा संग्रहमा उल्लेख भएका कथाहरु सवै मिथक (काल्पनिक) चाँही होइनन्। केहि तथ्यहरु सत्य छन् मिथक छैनन् केहि कुराहरु मिथक कुराहरुमा गाँसीएका, जोडिएका र तथ्यद्वारा पुष्टी गर्न नसकिने खालका छन् । जस्तो– विश्वकै पवित्र नदी गण्डकी नेपाल कै , विश्वको अग्लो चुचुरो नेपालमै , भगवान गौतम बुद्व नेपालकै, विराटनगर, जनकपुर, नेपाल खाल्डो काठमाडौं, बराह क्षेत्र,हलेसी महादेव, देवघाट,स्वर्ग द्वारिका, आँधिखोला, खप्तडबाबा, नरहरिनाथ जस्ता कथाहरु धार्मिक मिथक कथा नभई ब्यक्ति विशेषको योगदान र स्थान विशेषको महत्वसंग गाँसीएर धार्मिक कथा वनेका छन् ।

कथाकारले यस कथा संग्रहको नाम नै नेपाल नै स्वर्ग हो भन्ने राख्नु भएको छ र पहिलो कथाले नै नेपाल स्वर्ग हो भन्ने राख्नु भएको छ र पहिलो कथाले नै नेपाल स्वर्ग जस्तै भएको पुष्टि गर्न खोज्नु भएको छ । हामी हिन्दूं धर्ममा आस्था राख्ने हुँदा स्वर्ग र नर्क प्रति पनि केहि न केहि रुपमा विश्वास राख्ने गर्दछौ । जीवनमा हरेक किसिमका दुःख, कष्ट,चिन्ता भोग्नु सहनु पर्यो भने नर्क जस्तै भो भन्ने गर्दछौं सुख सयल,सुसम्वृद्वि, आनन्द, रमाईलो, ऐश्वर्य सवैकुराबाट सुविधा सुसम्पन्नता भयो भने स्वर्ग जस्तो छ भन्ने गर्दछौं ।

कथाकार शेषराज दाहालले आफ्नो यस कथा संग्रहमा स्वर्ग खोज्न अन्त कतै जानु पर्दैन, धार्मिक,प्राकृतिक रुपमा नेपाल नै स्वर्ग छ,सुन्दर छ,सवै कुराले भरिपूर्ण छ, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल नेपाल मै छ, अनगिन्ती नदीनाला, झर्ना, गुफा चट्टान,घाँसे मैदान , वनजगंल, ताल तलैया, पहाड, तराई, हिमाल,विभिन्न पशु पंक्षी, देवस्थल, तिर्थस्थल आदि कुराले नेपाल स्वर्ग जस्तै छ भन्ने कुरा पुष्टी गर्न खोज्नु भएको छ । जसवाट हाम्रो देश नेपाल विश्वमानचित्रमा सानो भए पनि उच्च र सुन्दर रहेको छ भन्ने कथाकारको राष्ट्रवादी भावना झल्कीरहेको पाईन्छ ।

अन्त्यमा, यस कथा संग्रहमा उल्लेख भएका कथाका पात्र, स्थानहरुको छोटो परिचय तथा कुन ग्रन्थको कुन भागवाट कथा साभार वा आफूले कहिकतैवाट सुनेर कथा लेखिएको हो त्यसको सन्दर्भ सामग्रीहरु दिन सकेको भए अझ राम्रो हुने थियो भन्ने मलाई लाग्दछ । कथा हिन्दू धार्मिक ग्रन्थवाटै साभार गरिएको हुँदा पुरै कथा बुझ्न मूल ग्रन्थकै सहारा लिनुपर्ने हुन्छ । कथामा केहि कमजोरीहरु देखिए पनि कथाकारले लेख्नु भएका यी धार्मिक कथा छोटो,पढ्न सरल,प्रेरणादायी, वोधगम्य रहेका छन् । आँउदा दिनहरुमा अझ राम्रा कथा संग्रहहरु हामी पाठक माझ आउन सकुन शुभकामना छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फ्रन्टलाईनरहरुलाई स्वास्थ्य सामग्री सहयोग

Next Post

एकाउन्न जना नयाँ संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या ५६९ पुग्यो

सम्बन्धित खबरहरु

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने
Featured

चकमकेमा कृष्ण जन्माष्टमी महोत्सव हुने

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग
Featured

बाढीपीडितका लागि सुनकोशी गाउँपालिकाका शिक्षक कर्मचारीद्वारा तेह्र लाख बढी सहयोग

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण
Featured

तालिमपछि हस्तलेखन प्रतियोगिता, उत्कृष्ट विद्यार्थीलाई प्रमाणपत्र वितरण

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied