• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, October 31, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Literature

पुस्तक समिक्षा : नेपाल नै स्वर्ग हो कथामा मैले देखेका कुराहरु

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ३१, २०७८
in Literature, Society
0

Share via:

39 Shares
  • Facebook 39
  • Twitter
  • LinkedIn
  • More
कृष्ण वराल सुकुम्वासी

सिन्धुलीको ग्वाल्टारमा जन्मनु भएका वाल्यकालदेखि सघर्षशील आफ्नो जीवनको लामो समय शिक्षक पेशामा रहि अध्यापन गराउनु भएका सिन्धुल साप्ताहिक पत्रिकाको प्रधान सम्पादक तथा पत्रकार समेत रहनु भएका र विभिन्न सामाजिक सघ सस्थामा आवद्द रहनु भई सामाजिक सेवा पुर्याउदै आउनु भएका आदरणीय कथाकार शेषराज दाहाल पछिल्लो समय कथा लेखन तर्फ अग्रसर हुनु भएको छ । नेपाल नै स्वर्ग हो नामक धार्मिक मिथक कथा संग्रह प्रकाशित गर्नु भै नेपाली भाषा साहित्यमा योगदान गर्नु भएकोमा मलाई खुसी लागेको छ ।

कथाकार कै हातबाट प्राप्त गरेको यो कथा संग्रहलाई सरसर्ती अध्ययन गरें । यो वहाँको दोस्रो कथा सग्रह रहेको र यो भन्दा अघि नेपालको राजनीतिक कथा संग्रह २०५५ प्रकाशित भईसकेको छ । नेपाल नै स्वर्ग हो भन्ने यो धार्मिक मिथक कथा संग्रहमा ३२ वटा कथाहरु संग्रहित रहेको पाइन्छ । कथाकारले हिन्दू धर्मका धार्मिक तथा पौराणिक ग्रन्थ भागवत , अठार पुराण,रामायण,श्री स्वस्थानी व्रतकथा, विभिन्न विद्वान व्यक्तित्वहरुको जीवनी अध्ययन गरी वृहत कथाहरुलाई संक्षेपीकरण गरी आफ्नै मौलिक भाषा शैलीमा सानो–सानो कथाको रुपमा कथा संग्रह तयार गर्नु भएको पाइन्छ । कथा पढ्दा सरल लागेतापनि धार्मिक विषयवस्तु भएकाले यसको मेलोमेसो बुझ्न निकै जटील र गहन हुनु स्वभाविकै हो ।

कथाको विषयवस्तु नै धार्मिक ग्रन्थवाट लिइएको र कथा संग्रह नै धार्मिक मिथक कथा संग्रह नाम भएको हुँदा कतिपय कथामा एकीन तथ्यहरुवाट कथाको घटना परिघटना पुष्टि गर्न सकिदैन। यो कथा संग्रह धार्मिक कथा भनिए ता पनि गुन्द्रुकको उत्पति नेपाल मै, बेसारको उत्पति नेपाली वैद्यवाट, अयोध्यापुरी बारे अनुसन्धान गर्नुपर्ने, मानिस भगवान नभई असल मानिस बन्ने सरल मार्ग ,धर्मशास्त्रमा प्रयोग भएको बस्तु विज्ञान सम्मत जस्ता कथाहरु कथाको शैलिमा नभई निवन्धात्मक तथा वर्णनात्मक शैलिमा उल्लेख भएको देखिन्छ भने बाँकी अरु संग्रहित कथाहरु केहि न केहि रुपमा धार्मिक ग्रन्थसंग जोडिएका हुँदा धार्मिक कथा हुन भन्ने मलाई लागेको छ ।

यस कथा संग्रहमा उल्लेख भएका कथाहरु सवै मिथक (काल्पनिक) चाँही होइनन्। केहि तथ्यहरु सत्य छन् मिथक छैनन् केहि कुराहरु मिथक कुराहरुमा गाँसीएका, जोडिएका र तथ्यद्वारा पुष्टी गर्न नसकिने खालका छन् । जस्तो– विश्वकै पवित्र नदी गण्डकी नेपाल कै , विश्वको अग्लो चुचुरो नेपालमै , भगवान गौतम बुद्व नेपालकै, विराटनगर, जनकपुर, नेपाल खाल्डो काठमाडौं, बराह क्षेत्र,हलेसी महादेव, देवघाट,स्वर्ग द्वारिका, आँधिखोला, खप्तडबाबा, नरहरिनाथ जस्ता कथाहरु धार्मिक मिथक कथा नभई ब्यक्ति विशेषको योगदान र स्थान विशेषको महत्वसंग गाँसीएर धार्मिक कथा वनेका छन् ।

कथाकारले यस कथा संग्रहको नाम नै नेपाल नै स्वर्ग हो भन्ने राख्नु भएको छ र पहिलो कथाले नै नेपाल स्वर्ग हो भन्ने राख्नु भएको छ र पहिलो कथाले नै नेपाल स्वर्ग जस्तै भएको पुष्टि गर्न खोज्नु भएको छ । हामी हिन्दूं धर्ममा आस्था राख्ने हुँदा स्वर्ग र नर्क प्रति पनि केहि न केहि रुपमा विश्वास राख्ने गर्दछौ । जीवनमा हरेक किसिमका दुःख, कष्ट,चिन्ता भोग्नु सहनु पर्यो भने नर्क जस्तै भो भन्ने गर्दछौं सुख सयल,सुसम्वृद्वि, आनन्द, रमाईलो, ऐश्वर्य सवैकुराबाट सुविधा सुसम्पन्नता भयो भने स्वर्ग जस्तो छ भन्ने गर्दछौं ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

कथाकार शेषराज दाहालले आफ्नो यस कथा संग्रहमा स्वर्ग खोज्न अन्त कतै जानु पर्दैन, धार्मिक,प्राकृतिक रुपमा नेपाल नै स्वर्ग छ,सुन्दर छ,सवै कुराले भरिपूर्ण छ, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल नेपाल मै छ, अनगिन्ती नदीनाला, झर्ना, गुफा चट्टान,घाँसे मैदान , वनजगंल, ताल तलैया, पहाड, तराई, हिमाल,विभिन्न पशु पंक्षी, देवस्थल, तिर्थस्थल आदि कुराले नेपाल स्वर्ग जस्तै छ भन्ने कुरा पुष्टी गर्न खोज्नु भएको छ । जसवाट हाम्रो देश नेपाल विश्वमानचित्रमा सानो भए पनि उच्च र सुन्दर रहेको छ भन्ने कथाकारको राष्ट्रवादी भावना झल्कीरहेको पाईन्छ ।

अन्त्यमा, यस कथा संग्रहमा उल्लेख भएका कथाका पात्र, स्थानहरुको छोटो परिचय तथा कुन ग्रन्थको कुन भागवाट कथा साभार वा आफूले कहिकतैवाट सुनेर कथा लेखिएको हो त्यसको सन्दर्भ सामग्रीहरु दिन सकेको भए अझ राम्रो हुने थियो भन्ने मलाई लाग्दछ । कथा हिन्दू धार्मिक ग्रन्थवाटै साभार गरिएको हुँदा पुरै कथा बुझ्न मूल ग्रन्थकै सहारा लिनुपर्ने हुन्छ । कथामा केहि कमजोरीहरु देखिए पनि कथाकारले लेख्नु भएका यी धार्मिक कथा छोटो,पढ्न सरल,प्रेरणादायी, वोधगम्य रहेका छन् । आँउदा दिनहरुमा अझ राम्रा कथा संग्रहहरु हामी पाठक माझ आउन सकुन शुभकामना छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

फ्रन्टलाईनरहरुलाई स्वास्थ्य सामग्री सहयोग

Next Post

एकाउन्न जना नयाँ संक्रमित थपिए, जिल्लामा संक्रमितको संख्या ५६९ पुग्यो

सम्बन्धित खबरहरु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर
Featured

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खैरो हिरोईन सहित दुई जना पक्राउ
Featured

खैरो हिरोईन सहित दुई जना पक्राउ

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते
Featured

मोटरसाईकल दुर्घटना हुँदा निवर्तमान सांसद दाहाल सहित दुई जना घाईते

लोककल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापनपत्र, निर्णय फिर्ता नभए तालाबन्दीको चेतावनी
Featured

लोककल्याणकारी विज्ञापनको रकम कटौती विरुद्ध पत्रकार महासंघले बुझायो ज्ञापनपत्र, निर्णय फिर्ता नभए तालाबन्दीको चेतावनी

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

भर्खरै प्राप्त समाचारहरु

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

बैकटेश्वरमा मावि पूर्व विद्यार्थी समाजको अध्यक्षमा काफ्ले निर्वाचित

सुनकोशीमा खस्यो टाटा सुमो, तीन जनाको मृत्यु

मठमन्दिरको संरक्षण र पर्यटन प्रवर्द्वन प्रदेश सरकारको प्राथमिकता : मुख्यमन्त्री थापा मगर

खाद्य स्वच्छता नअपनाउने चियावारीका तीन होटल कारवाहिमा

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध
Featured

कुलेखानीमा बज्यो चेतावनी साइरन, बागमती तटमा सचेत रहन हरिहरपुरगढीको अनुरोध

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई
Featured

कर्मचारी पक्राउ गरि सुनकोशी मरिण डाईभर्सन आयोजनाको ठेक्का रद्द, ठेक्का रद्दपछि रिहाई

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल
Business

तिहार नजिकिँदै गर्दा घरघरमै ढकमक्क फुले फूल

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक
Featured

सोमबार टेण्डर फाईनल हुँदै थियो, पक्राउ परे सुनकोशी मरिण डाईभर्सनका आयोजना निर्देशक

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 
Featured

जनताप्रति समर्पित व्यक्तित्व – कमरेड झङ्कनाथ दाहाल 

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied