सिन्धुली । कमलामाई नगरपालिका–७ माझिटारका अग्नीपीडितलाई सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका पदाधिकारीले रकम संकलन गरि सहयोग गर्ने भएका छन । संस्थाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठका अनुसार कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले व्यक्तिगत रुपमा पैसा उठाई सहयोग गर्न थालिएको हो ।
संस्थाका सम्पुर्ण पदाधिकारीबाट रकम उठाएर १२ हजार ४ सय रुपैयाँ आगलागी पीडितलाई सहयोग गर्न लागिएको श्रेष्ठले बताए । उक्त रकम बुद्धनगर टोल विकास संस्था मार्फत शुक्रबार हस्तान्तरण गरिने छ । आगलागी पीडितलाई थोरै भए पनि राहत दिने उद्देश्यले सहयोग गर्न थालिएको उनले बताए ।
मंगलबार राती पसल तथा होटलमा आगलागी हुदा २ घर, १ किराना पसल, एक होटल र मासु पसलमा समेत क्षती भएको थियो । उक्त आगलागीबाट तिनपाटन गांउपालिका–६ का निरोज थापा र तिनपाटन गांउपालिका–२ का सेम श्रेष्ठको २२ लाख बढीको क्षती भएको थियो ।






















