सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाको कपिलाकोटमा मरिण महोत्सव हुने भएको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरि माघ ७ गते देखि १८ गतेसम्म महोत्सव गर्न थालिएको आयोजकले जनाएको छ ।
‘नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने नारा सहित मरिण महोत्सव हुन लागेको हो । कृषी, पर्यटन, सांस्कृतिक, सुचना, प्रविधि तथा व्यापार लाई प्राथमिकता दिदै आयोजना गर्न थालिएको महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको प्रस्तुती समेत रहने छ ।
मरिण गाउँपालिका र उद्योग वाणिज्य संघ शाखा मरिणको आयोजनामा महोत्सवको आयोजना हुन थालेको गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । उनले महोत्सवमा पर्यटन प्रवद्र्धनमा जोड दिदैं स्थानिय उत्पादन, स्थानीय खानाको परिकारलाई प्राथमिकता दिईने छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न तथा प्रचार प्रसार गर्न पनि यस महोत्सवले सहयोग पुग्ने आशा गरिएको समेत अध्यक्ष वम्जनले बताए ।



















