सिन्धुली । राजमार्ग स्थित सिन्धुलीको सुनकोसी गाँउपालिका ६ खाल्टे र कमलामाई नगरपालिका २ पिपलभन्ज्यांगमा शनिवार भएको सवारी दुर्घटनामा २१ जना घाईते भएका छन् ।
सुनकोसि गाँउपालिका ६ खाल्टेमा काठमाण्डौ बाट पुर्व तर्फ आउदै गरेको ना.१ ज.७०२२ नं को विइगंर गाडि दुर्घटना हुदा, त्यसमा सवार १४ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाडी आफै अनियन्त्रित भई सडक भन्दा अन्दाजी १५।२० मिटर तल खसि दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते हरुलाई उपचारको लागि शुभजिबन अस्पताल खुर्कोट, आत्मिय अस्पताल खाल्टे र दुई जनालाई काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।
यता कमलामाई नगरपालिका २ पिपलभञ्जयाङमा सिरहाबाट काठमाडौँ जाँदै गरेको हायस र विपरीत दिशाबाट आइरहेको भारतिय नम्बर प्लेटको कार एक आपसमा ठक्कर खाएका छन् । दुई सवारी ठक्कर खाँदा बा ३ ख ८१०२ नम्बरको हायसमा सवार ४ जना घाइते भएका छन् । त्यसैगरि, बिआर १० भि ५५८७ नम्बरको भारतिय गाडीमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइतेहरुको अवस्था सामान्य रहेको र जिल्ला अस्पता सिन्धुलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले छ ।























