सिन्धुली, लगातारको वर्षाका कारण कमला नदिमा आएको वाढीले वगाउँदा दुधौली नपा ५ निवासी ६५ वर्षिया धनरानी तामाङ (बोलन) को मृत्यु भएको छ ।
खेतालालाई खाना पुराउन जाने क्रममा कमला नदि तर्दा तामाङलाई वगाएको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ । प्रहरी निरीक्षक रमेश वस्नेतका अनुसार वृद्धाको शव २ सय मिटर तल भेटिएको थियो । सासु बुहारी खेतालालाई खाजा पु¥याउन हिडेका थिए । मृतकको सव पोष्टमाटमका लागि उदयपुरको कटारीमा रहेको अस्पतालमा लगिएको बस्नेतले वताए ।





















