• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Thursday, July 30, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Politics

भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब छुट हुँदैन : गृहमन्त्री थापा

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख १९, २०७५
in Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

मकवानपुर– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विकास र समृद्धिका लागि भ्रष्टाचार, अपराध र सिण्डिकेटलाई अब कुनै छुट नदिने बताएका छन्। भ्रष्टाचार, अपराध र सिण्डिकेटले विकासमा गम्भीर बाधा पु-याएको भन्दै उनले सरकारले त्यस्ता कार्यलाई समाप्त पार्न कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

प्रदेश ३ को सुरक्षा रणनीति तयार गर्न मंगलबार हेटौंडामा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन्। देशको आवश्यकता र जनादेश अनुसार विकास र समृद्धिका लागि सुरक्षा, सुशासन, स्थायित्व अपरिहार्य रहेको भन्दै स्थिरतालाई अस्थिर बनाउन षडयन्त्र पनि भईरहेको उनले तर्क गरे।

‘त्यस्ता कतिपय घटनाहरु देशब्यापी रुपमा छिट्पुट रुपमा भइरहेको छ, तर अपराध र भष्ट्राचारको अन्त्य नगरि विकास सम्भव छैन’, उनले भने ‘विकाससँग सिण्डिकेट र अपराध जोडिएको बिषय भएकाले त्यसलाई निस्तेज पार्ने, नियन्त्रण गर्ने र समाप्त पार्ने काममा सरकार लागिरहेको छ।’ बिगत र अहिलेको सरकार र परिस्थितीमा आकाश जमिनको फरक रहेको भन्दै उनले यातायात ब्यवसायीको आन्दोलन सामु सरकारले घुँडा टेक्छ भन्ने प्रश्नै नउठ्ने जिकिर गरे।

सुरक्षाको दृष्टिकोणले ७ प्रदेशमध्ये प्रदेश नम्बर २ संवेदनशील भएको बताउँदै सुरक्षा ब्यवस्था सुदृढ बनाउन सरकारले बिशेष ध्यान दिएको बताए। ‘धर्म, जातिको नाममा राजनीतिक अस्थिरता फैलाउने र समानान्तर सरकार खडा गर्ने प्रयास गरिरहेका छन्,’ उनले भने ‘अपराध, भ्रष्ट्राचार र अबैध लागुऔषधको कारोबारलाई नियन्त्रण र निस्तेज पार्न सरकारले कुनै कसर बाँकी राख्दैन।’ बैदेशिक रोजगारी नाममा समेत ठुला ठगी भइरहेको भन्दै उनले त्यसलाई नियन्त्रण र निस्तेज पार्न सरकार गम्भीर भएको बताए।

देश स्थायित्वतर्फ अघि बढ्दै गएको भन्दै उनले नागरिकताका समस्याहरु समाधान गर्न गृह मन्त्रालयले बिशेष कदम उठाउँने तयारीमा रहेको खुलासा गरे। उनले देशमा सुरक्षा अवस्था सदृढ बनाउनका लागि तीन वटा क्षेत्रमा सुरक्षा गोष्ठी भएको समेत जानकारी दिए। जनचाहना अनुसार एमाले–माओवादी पार्टी एकीकरण चाँडै हुने बताउँदै मन्त्री थापाले केही व्यवधान र विलम्ब भएपनि छिट्टै पार्टी एकीकरण हुने र त्यसले विकास र समृद्धीमा सघाउ पु-याउने दावी गरे।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिक भएपनि दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास गरे। चाँडै प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण हुने बताउँदै उनले ओलीको भारत भ्रमण उपलब्धीमूलक भएको तर्क गरे। मोदीले जानकी मन्दिर र मुक्तीनाथ मन्दिरको भ्रमण गर्ने बताउँदै त्यसले दुई देशबिचको सम्बन्धमा सुधार आउने बताए।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

प्रदेशस्तरीय सुरक्षा रणनीति तयार 

प्रदेशस्तरमा सुरक्षा रणनीति तयार गर्ने क्रममा मंगलबार हेटौंडामा प्रदेशस्तरीय सुरक्षा गोष्ठी भएको छ। गोष्ठीले भ्रष्टाचार, अनियमितता र अपराधविरुद्ध शून्य सहनशिलताको नीति कडाईका साथ लागू गर्ने रणनीति तय गरेको छ। केन्द्रीय, प्रादेशिक जिल्लाको सुरक्षा रणनीति अनुसार तोकिएको कार्यसम्पादनमा एकरुपता ल्याउने र सरकारले अगाडि सारेको विकास र समृद्धिको नारालाई सार्थक बनाउनका निमित्त अनुकूल वातावरण तयार पार्न गोष्ठी गरिएको हो।

गोष्ठीले टोल–टोलमा सुरक्षाकर्मी परिचालन गर्ने, साना हातहतियारलाई नियन्त्रणमा लिने तथा लागूऔषधको कारोबार र प्रयोगलाई न्यूनीकरण गर्ने रणनीति अपनाइएको गृह प्रवक्ता रामकृष्ण सुवेदीले बताए। छिमेकी राष्ट्र चीन र भारत दुवैको सीमानासँग जोडिएको प्रदेश भएको कारणले प्रदेश नम्बर ३ को सुरक्षालाई विशेष चासोका साथ हेरिएको छ।

कार्यक्रममा प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, गृहसचिव प्रेमकुमार राई, नेपाली सेनाका रथी, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलिपराज रेग्मी, प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रदेशअन्तर्गत्का जिल्लाहरुका प्रहरी, सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको सहभागिता रहेको थियो।

८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना र ३७ बुँदे निर्देशनका बारेमा छलफल भएको बताउँदै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सुरक्षाबारे केन्द्रीय र प्रदेशस्तरीय धारणा, प्रदेशका १३ जिल्लाको सुरक्षा अवस्था, मौसमी विपद् व्यवस्थापनलगायतका बिषयमा छलफल भएको बताए।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सचिवालय बैठकमा दाहालको ‘ब्रिफिङ’ : राजनीतिक प्रतिवेदनमा सहमति भैसक्यो

Next Post

शिक्षकले क्षमता वृद्धि गर्न नसके जागिरबाट हट्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित खबरहरु

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल
Featured

कमलामाई नगरस्तरीय टोल विकास संस्था समन्वय समितिको अध्यक्षमा पोखरेल

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्
Featured

विशेष सम्पादकीय : प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईयोस्

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस
Featured

सिन्धुलीमा मनाईयो मदन–आश्रित स्मृति दिवस

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र
Featured

ओली र लेखकको गिरफ्तारी विरुद्ध एमाले सिन्धुलीले बुझायो प्रधानमन्त्रीलाई विरोधपत्र

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन
Featured

ओली लेखक पक्राउ विरुद्ध एमालेका जनसंगठनको प्रदर्शन

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा
Featured

 एमाले अध्यक्ष ओलीको पक्राउ विरुद्ध एमाले सिन्धुली प्रदर्शनको तयारीमा

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी
Featured

सिन्धुलीका दुवै क्षेत्रमा रास्वपाका उमेदवार विजयी

प्रत्यक्षमा चार हजार सात सय मत बदर
Featured

प्रत्यक्षमा चार हजार सात सय मत बदर

सिन्धुलीमा समानुपातिक मत गणना सुरु
Featured

सिन्धुलीमा समानुपातिक मत गणना सुरु

भर्खरै प्राप्त समाचारहरु

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

पत्रकारमाथि मुद्दा दर्तापछि पत्रकारसम्बद्ध संस्थाहरु सक्रिय, पाँच सदस्यीय कार्यदल गठन

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती
Featured

पत्रकारमाथि प्रशासनिक उजुरी दर्ता गरिनु प्रेस स्वतन्त्रता विरुद्ध : पत्रकार महासंघ बागमती

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग
Featured

पत्रकार नेपालीमाथिको मुद्दा फिर्ता लिन प्रेस युनियनको माग

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी
Featured

पत्रकार विरुद्धको उजुरी फिर्ता नलिए आन्दोलनमा जाने चौतारीको चेतावनी

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति
Featured

अध्यक्ष श्रेष्ठमाथिको दुर्व्यवहारप्रति उवासंघको आपत्ति

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह
Featured

पत्रकारमाथि उजुरी दर्ता प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप : राष्ट्रिय फोटो पत्रकार समूह

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied