सिन्धुली । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सिन्धुली क्षेत्र नं. २ को सभापतिमा विजय कुँवर निर्विरोध निर्वाचित भएका छन् ।
सोमबार क्षेत्रीय समितिको निर्वाचनको लागि मनोनयन दर्ता भएको थियो । निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको उमेदवारहरुको प्रथम नामावली प्रकाशन गरेको थियो । क्षेत्रीय सभापतिमा कुँवरको मात्र उमेदवारी परेको छ । उनको एकल उमेदवारीसँगै उनी निर्विरोध निर्वाचित भएका हुन् ।
कुवँरको नेतृत्वमा १२ सदस्यीय क्षेत्रीय समिति नै निर्विरोध निर्वाचित भएको छ । क्षेत्रीय सचिवमा छेडुप मोक्तान निर्वाचित भएका छन् । सहसचिवमा उत्तर कुमार वाईवा, लिला कुमारी दाहाल निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा खुलातर्फ सर्मिला पराजुली, हरिकृष्ण बुढाथोकी, लवराज देवकोटा, भिमप्रसाद देवकोटा निर्वाचित भएका छन् । आदिवासी जनजातीतर्फ रुपक कुमार थिङ र धनसिंह योञ्जन निर्वाचित भएका छन् भने खस आर्यतर्फ मिन बहादुर कार्की र युवा खुल्ला सदस्यमा मिलन देवकोटा निर्वाचित भएका छन् ।




















