• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, September 22, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था

बिमला पाण्डे by बिमला पाण्डे
अशोज ६, २०८३
in Featured, Education, Opinion, Politics
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

आईतबार नेपाली कांग्रेसको वडा अधिवेशनहरुमा सिन्धुलीका चार शिक्षक सहभागि भएको विषयलाई लिएर देशभरका मिडिया, सामाजिक सञ्जालमा सोमबार तातिए । शिक्षा विकास तथा समन्वय एकाई सिन्धुलीले आवश्यक कारवाहि गर्न भनि जिल्लाका तीन स्थानीय तहलाई पत्राचार ग¥यो । सरकारी नियामक निकायको आधिकारिक पत्रसँगै देशभर यसको चर्चा चुलियो । कतै शिक्षा मन्त्री सस्मित पोखरेलको र बालेन सरकारको वाहि वाहि पनि देखियो ।

तर शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्थाका सवालमा कसैले पनि धरातलमा उभिएर विश्लेषण गरेनन् । आईतबारको घटनालाई लिएर सोमबारका सञ्चार सामग्री हेरेपछि अब कानुनी बाटो के हुन सक्छ भन्ने प्रश्न पनि खडा भएको छ ।

 

सरसर्ती हेर्दा यो सबै काम सरकार र सरकारका निकायले ठीक गरे भन्ने पनि लाग्न सक्छ र कसैलाई यो बेठीक भयो भन्ने पनि लाग्न सक्छ । तर ठीक वा वेठीक भन्नु अघि यसका कानुनी, संवैधानिक र अन्तर्राष्ट्रिय प्राक्टिसका विषयमा समेत जान्न आवश्यक देखिन्छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नेपालमा शिक्षक आन्दोलन, विद्यालय बन्द, राजनीतिक दलसँग शिक्षक संगठनको सम्बन्ध र शिक्षा विधेयकबारे हुने बहसले एउटा आधारभूत प्रश्न उठाएको छ । के शिक्षकले राजनीति गर्न पाउँछन् ? यो प्रश्नको उत्तर न त पूर्ण रूपमा “पाउँछन्”, न त “पाउँदैनन्”। यसको वास्तविक उत्तर संविधानले दिएको नागरिक अधिकार, शिक्षा ऐनले तोकेको पेशागत अनुशासन र अन्तर्राष्ट्रिय मानवअधिकार कानुनले सुनिश्चित गरेको स्वतन्त्रताको बीचमा रहेको सन्तुलनमा छ ।

शिक्षक कर्मचारीभन्दा पहिले नागरिक
नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्तिको स्वतन्त्रता, शान्तिपूर्ण भेला हुने अधिकार, संघ वा संगठन खोल्ने अधिकार र सार्वजनिक जीवनमा सहभागी हुने अधिकार प्रदान गरेको छ । शिक्षक पनि यही संविधानका नागरिक हुन् । उनीहरूलाई मतदान गर्न, आफ्ना राजनीतिक विचार राख्न पूर्ण अधिकार छ ।

यसको अर्थ शिक्षकले नागरिकका रूपमा राजनीतिक चेतना राख्न सक्छन् । लोकतन्त्रमा राजनीतिक चेतनाविहीन शिक्षकको कल्पना पनि कठिन छ, किनकि शिक्षक स्वयं नागरिक शिक्षाका संवाहक हुन् । विद्यालयमा संविधान, लोकतन्त्र, मानव अधिकार र नागरिक कर्तव्य पढाउने व्यक्तिलाई आफ्नै नागरिक अधिकारबाट वञ्चित गर्न मिल्दैन भन्ने तर्क यहीँबाट उत्पन्न हुन्छ ।

शिक्षा ऐनको सिमारेखा
यद्यपि संविधानले अधिकार दिएको छ, सार्वजनिक सेवामा रहेका शिक्षकको पेशागत भूमिकालाई ध्यानमा राखेर शिक्षा ऐनले केही प्रतिबन्ध लगाएको छ । सबैभन्दा महत्वपूर्ण व्यवस्था भनेको सामुदायिक विद्यालयका शिक्षक राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य बन्न नपाउने हो । साथै कार्यालय समयमा अन्य व्यवसाय गर्न नपाउने, विद्यालयको जिम्मेवारी बेवास्ता गर्न नपाउने, विद्यार्थीमाथि शारीरिक वा मानसिक दुव्र्यवहार गर्न नपाउने तथा विद्यालयको मर्यादा विपरीत आचरण गर्न नपाउने व्यवस्था पनि ऐन र नियमावलीमा उल्लेख छ ।

ध्यान दिनुपर्ने कुरा के हो भने ऐनले “राजनीतिक विचार राख्न” होइन, राजनीतिक दलको कार्यकारी नेतृत्वमा बस्न रोक लगाएको हो । यहि बुँदाको गलत व्याख्याले “शिक्षकले राजनीति गर्नै पाउँदैनन” भन्ने लोकप्रिय तर अपूर्ण निष्कर्ष सहितको वहस जन्मिएको हो ।

अन्तर्राष्ट्रिय कानुन के भन्छ ?
नेपाल नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि र आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी महासन्धिको पक्ष राष्ट्र हो । नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिले अभिव्यक्ति, संगठन र सार्वजनिक जीवनमा सहभागिताको अधिकार सुनिश्चित गर्छ भने आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सम्बन्धी महासन्धिले काम गर्ने अधिकार, ट्रेड युनियनमा आबद्ध हुने स्वतन्त्रता र शिक्षाको अधिकारलाई संरक्षण गर्छ ।

यसैसँग १९६६ को आईएलओ÷युनेस्कोले शिक्षक सम्बन्धि सिफारिसले शिक्षकलाई पूर्ण नागरिक मानेर उनीहरूको नागरिक तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्नुपर्ने बताउँछ । यद्यपि यसले एउटा महत्वपूर्ण सर्त पनि राख्छ, विद्यालय शिक्षा कुनै राजनीतिक प्रचारको माध्यम बन्नु हुँदैन । शिक्षकले विद्यार्थीको स्वतन्त्र चिन्तन विकास गर्ने वातावरण सिर्जना गर्नुपर्छ । यसलाई आधार मान्दा पनि उनीहरुले विद्यालयमा राजनीति गरेको देखिदैन र आफ्नो नागरिक, राजनीतिक अधिकार प्रयोग गरेको देखिन्छ ।

यसरी अन्तर्राष्ट्रिय मान्यता शिक्षकको राजनीतिक स्वतन्त्रताको पक्षमा देखिए पनि त्यसलाई पेशागत निष्पक्षता र बालअधिकारसँग सन्तुलनमा राख्न भने कानून किताव व्यवस्था समितिले जोड दिन्छ ।

द्वन्द्व कहाँबाट उत्पन्न हुन्छ ?
समस्या कानुनमा भन्दा बढी व्याख्यामा देखिन्छ । संविधानले अधिकार दिन्छ, शिक्षा ऐनले सीमित गर्छ । प्रश्न उठ्छ, ‘सीमित गर्ने अधिकार कति हदसम्म जायज छ ?’

एक पक्ष भन्छ, शिक्षक राज्यको सार्वजनिक सेवक भएकाले उनीहरू राजनीतिक नेतृत्वमा बसे विद्यालयलाई दलगत प्रभाव पर्न सक्छ र यसबाट जोगाउनुपर्छ । अर्को पक्षको तर्क छ, शिक्षकलाई कार्यकारी पदबाट वञ्चित गर्नु उनीहरूको राजनीतिक अधिकारमाथिको अत्यधिक नियन्त्रण हो, विशेष गरी उनीहरू निजामती कर्मचारी नभई शैक्षिक सेवाका पेशेवर हुन् ।

वास्तवमा लोकतान्त्रिक कानुनले अधिकारलाई पूर्ण निरपेक्ष मान्दैन । संविधान स्वयंले सार्वजनिक हित, नैतिकता, शान्ति र अन्य व्यक्तिको अधिकारको संरक्षणका लागि कानुनद्वारा उचित सीमा निर्धारण गर्न सकिने व्यवस्था गरेको छ । त्यसैले प्रश्न “प्रतिबन्ध छ की छैन” भन्दा पनि “प्रतिबन्ध आवश्यक र उचित छ कि छैन” भन्ने हो ।

विद्यालयमा राजनीति की राजनीतिक शिक्षा भन्ने यो बहसमा अर्को भ्रम पनि छ । राजनीतिक शिक्षा र दलगत राजनीति एउटै कुरा होइनन् ।

विद्यालयमा संविधान, निर्वाचन प्रणाली, मानव अधिकार, समानता र नागरिक कर्तव्य पढाउनु राजनीतिक शिक्षा हो । तर कुनै दलको प्रचार गर्नु, विद्यार्थीलाई दलगत गतिविधिमा प्रयोग गर्नु वा विद्यालयलाई चुनावी प्रभावको केन्द्र बनाउनु पेशागत निष्पक्षताको विपरीत हुन्छ । शिक्षा नियमावलीले विद्यालयमा सद्भाव, समान व्यवहार र विद्यार्थी हितलाई प्राथमिकता दिनु पर्ने मर्मलाई उल्लेख गर्छ ।

लोकतन्त्रले शिक्षकलाई मौन नागरिक होइन, जिम्मेवार नागरिक बनाउन खोज्छ । तर त्यसले विद्यालयलाई दलको शाखा कार्यालय बनाउन पनि अनुमति दिँदैन । यसले के जनाउँछ भने बालबालिका र विद्यालयलाई दलगत स्वार्थमा प्रयोग गर्न मिल्दैन । कानुनले तोकेको बाहेक पार्टीगत कमिटीहरुमा नबसी राजनीतिक अधिकार प्रयोग गर्न शिक्षकलाई रोक्दैन ।

नेपालमा शिक्षक र राजनीतिबीचको विवाद समाधान गर्न भावनात्मक बहसभन्दा स्पष्ट कानुनी मापदण्ड आवश्यक छ ।

पहिलो, शिक्षकको नागरिक अधिकारलाई संविधान अनुकूल सम्मान गरिनुपर्छ । दोस्रो, विद्यालयमा दलगत हस्तक्षेप रोक्ने आचारसंहिता कडाइका साथ कार्यान्वयन हुनुपर्छ । तेस्रो, राजनीतिक दल र शिक्षक संगठनबीचको सम्बन्ध पारदर्शी र कानुनी सीमाभित्र हुनुपर्छ । जसले ट्रेड युनियन अधिकारलाई सम्मान गरोस् र प्रत्यक्ष दलिय प्रभाव कम होस् । चौथो, विद्यार्थीको सिकाइ, विद्यालय सञ्चालन र सार्वजनिक शिक्षाको गुणस्तरलाई सबैभन्दा माथि राख्ने नीति आवश्यक छ । यसका लागि विदाको समयमा विद्यालय र बालबालिकाको सर्वोत्तम हितमा शिक्षकले ध्यान दिउन । त्यो बाहेक उनीहरुका व्यक्तिगत अधिकारमा सरकारले जवाफदेहिता नखोजोस् ।

लोकतन्त्रमा शिक्षकले सोच्न, बोल्न र संगठित हुन पाउँछन् । संविधानले दिएको स्वतन्त्रता र शिक्षा ऐनले तोकेको अनुशासनबीचको यही सन्तुलन नै स्वस्थ सार्वजनिक शिक्षाको आधार हो । अब सरकारको मध्यस्थता कानुन र विधिसम्मत हुन आवश्यक छ नकी दवाव र नकारात्मक प्रभावका पछाडि लागेर सरकारले निर्णय गर्नु हुदैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

सम्बन्धित खबरहरु

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

भर्खरै प्राप्त समाचारहरु

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था
Featured

शिक्षकको राजनीतिक अधिकार र कानुनी व्यवस्था

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने
Featured

सुनकोशीमा तीन लाखसम्मका योजना वडाबाटै कार्यान्वयन गरिने

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन
Featured

औषधिको गुणस्तरबारे छानबिन गर्न सर्वदलीय समिति गठन

Featured

स्वास्थ्य सेवा सम्बन्धि कार्यसम्पादन मुल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied