सिन्धुलि,१५माघ/ प्रेस सेन्टर नेपाल काे १९ औँ स्थापना दिवसका अबसरमा ऐतिहासिक स्थान हरिहरपुरगढि काे बिकास र प्रर्वदन विसयक सराेकारवाला निकायकाे भुमिका विषयक अन्तरक्रिया कार्यक्रमकाे आयाेजना गरेकाे छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलिका अध्यक्ष नवीन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल राजनकाे प्रमुख आथित्यतामा भएकाे कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष लक्ष्मण खड्का, हरिहरपुगढि गाउपालिका अध्यक्ष बज्रध्वज वाईवाकाे बिशिस्ट आथित्यतामा भएकाे कार्यक्रम जिल्का पत्रकारहरू लगायत सराेकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरूकाे उपस्थिति रहेको थियाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अथिति दाहालले कुनै पनि क्षेत्रकाे विकासमा ८० प्रतिशत भुमिका हुने भएकाले गढिकाे विकासमा संचार क्षेत्र काे ठुलाे भुमिका हुने बताए । उनले गढिकाे प्रबेशद्वार निर्माण गर्न प्रविधिक स्टमेट बनाउन स्थानिय सरकारलाई निर्देशन दिए। कार्यक्रमलाई सम्बाेधन गर्दै दाहालले अब जिल्लाकाे बिकास निर्माणका लागि सबैजना एकैस्थानमा उभिनु पर्ने बताए । एक अर्कालाई क्षमताकाे अधारमा सम्मान गर्नु पर्ने बताए ।नेतृत्व विकासकाे लागि एकअर्काकाे क्षमताकाे सम्मान गर्दै विधार्थि जस्ताे भएर सिक्न पछि पर्न नहुने धारणा व्यत्त गरे ।
कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रीय उपाध्यक्ष खड्काले स्थानिय सरकारले जिल्लाका पत्रकारहरूकाेे संघसंगठनहरू संग समन्वय राम्रोसँग भएकोले गढिकाे विकास र प्रचार प्रसारमा सहयाेग पुग्ने वताए ।
कार्यक्रममा बाेल्दै बिशिष्ठ अतिथि गाउपालिका अध्यक्ष वाईबाले पालिकामा भएका विकाश निर्माणका बिषयमा जानकारि गराएका छन ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समितिकाे आयाेजना मा भएकाे कार्यक्रममा हरिहरपुर गढि गाउपालिकाकाे आर्थिक सहयाेगमा रहेको थियाे ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला




















