सिन्धुली । एउटै परिवारका चार सदस्य एकै पटक राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने अवसर कमैलाई हुन्छ । त्यो पनि एउटै क्षेत्रमा काम गरेरै एउटै मञ्चमा पुरस्कार प्राप्त गर्ने त्यो संयोग जो कोहिलाई हुँदैन तर यहाँ एक विमा कम्पनीमा काम गर्ने एकै परिवारका चार जनाले एकै साथ राष्ट्रिय पुरस्कार प्राप्त गर्नेछन् ।

कमलामाई नगरपालिका वडा नं. ५ सिन्धुलीकी गिता कार्की काफ्ले, उनका श्रीमान् युवराज काफ्ले, देवर प्रकाश काफ्ले र भतिज अरुण विष्ट एकै साथ फरक–फरक राष्ट्रिय पुरस्कारबाट पुरस्कृत हुनेछन् ।
नेपाल लाईफ इन्स्युरेन्स कम्पनीमा अभिकर्ताका रुपमा कार्यरत उनीहरुमध्ये गिता विमा क्षेत्रकै क्वीनका रुपमा चिनिन्छिन् । उनले विमा क्षेत्रको ठूलो पुरस्कार सम्राट पदक प्राप्त गरेकी छिन् । उनले आर्थिक वर्ष २०८२/०८३ मा एक करोड प्रथम विमांक रकम संकलन गरि करोडपति अभिकर्ताका रुपमा छनौट समेत भएकी छिन् । लगातार ६ पटकसम्म एमडिआरटि बनिसकेकी उनी सिनियर एजेन्सी मेनेजर हुन् । उनले यस पटक नेपाल लाईफ मेगा अवार्ड, नेपाल लाईफ साईनिङ अवार्ड र नेपाल लाईफ स्टार अवार्ड समेत जितेकी छिन् ।
यस्तै उनका श्रीमान् युवराज काफ्लेले रत्न पदक जितेका छन् । उनी सिनियर एजेन्सी मेनेजर हुन् । देवर प्रकाश र भतिज अरुणले संमृद्धि पटक जितेका छन् । दुवै जनाले एजेन्सी मेनेजरका रुपमा आफ्नो व्यवसायीक कोड समेत नविकरण गरेका छन् ।
यस्तै युवराज र अरुणले पनि नेपाल लाईफ मेगा अवार्ड र नेपाल लाईफ स्टार अवार्ड जितेका छन् । नेपाल लाईफ इन्स्युरेन्सले भदौ ३ देखि ६ गतेसम्म काठमान्डौमा आयोजना गर्ने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रममा चारै जनाले एउटै मञ्चमा उक्त पुरस्कार प्राप्त गर्नेछन् ।





















