सुनिता वि.क
सिन्धुली । सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था सिन्धुलीको मतगणना जारी छ । आइतबार साँझसम्ममा महिला सदस्यको मत गणना सम्पन्न भएको छ ।
छैटौं अधिवेशनबाट नेतृत्व चयनका लागि शनिबार सिन्धुलीमाढीमा भएको मतदानपछि आइतबार दिउँसोदेखि मतगणना सुरु भएको हो ।
मत परिणम अनुसार महिला सदस्यमा नेकपा एमाले र राप्रपाको संयुक्त प्यानलबाट दुई जना र नेपाली कांग्रेस र माओवादीको प्यानलबाट एक जना महिला निर्वाचित भएका छन ।
नेकपा एमाले र राप्रपाको तर्फबाट शारदा ढकालले अत्याधिक मत प्राप्त गर्दै विजयी भएकी छिन । उनले एक हजार २ सय ८८ मत प्राप्त गरेकी छिन भने सोहि प्यानलबाट सुमना थापाले एक हजार एक सय ३६ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन । नेपाली कांग्रेस र माओवादीको प्यानलबाट चन्द्रकला खड्काले आठ सय ९२ मत प्राप्त गर्दै निर्वाचित भएकी छिन ।
यस्तै डोर कुमारी थापाले आठ सय ६७ मत, करुणा थापाले आठ सय ५१ मत र दुर्गालक्ष्मी श्रेष्ठले आठ सय छ मत प्राप्त गरेका छन भने ६२ मत बदर भएको छ ।





















