सिन्धुली । मरिण गाउँपालिकाले कमलामाई नगरपालिका वडा नं. ४ ढुंग्रेवासमा रहेको शैलेशिखर अनाथालयलाई आर्थिक सहयोग गरेको छ । मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बुधवार अनाथालयमा पुगि एक लाख नगद सहयोग गरेका हुन ।

आमा बुवा नभएका अनाथ वालवालिकाहरुको संरक्षण तथा लालन पालन गर्दै आएको शैलेशिखर अनाथालय सिन्धुलीलाई गाउँपालिकाका अध्यक्ष बम्जन र मरिण गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष चन्द्र गौतमले आर्थिक सहयोग गरेका हुन ।
अनाथालयमा रहेका मरिण गाउँपालिका वडा नं. ४ का भगवती आवसीय माध्यामिक विद्यालय कक्षा २ मा अध्ययनरत सुजन ङयासुर र कक्षा एलकेजिमा अध्ययनरत रोस्मिता काल्तान सहित आश्रमका १० जना बालबालिकालाई उक्त सहयोग गरिएको हो ।
अनाथालयमा आफ्नो गाउँपालिकाका बालबालिकाले समेत आश्रय लिईरहेकाले गाउँपालिकाले सहयोग गरेको गाउँपालिका अध्यक्ष बम्जनले बताए ।
सहयोग रकम अनाथालयका सञ्चालक विष्णु देवकोटालाई हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष बम्जनले गाउँपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
























