सिन्धुली । लैंगिक रूपान्तरण शिक्षण विधि तथा प्राथमिक लैंगिक सामाजीकरण सम्बन्धि तीनदिने तालिम विहिबार सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

hw-remosaic: 0;
touch: (-1.0, -1.0);
modeInfo: Beauty ;
sceneMode: Hdr;
cct_value: 0;
AI_Scene: (-1, -1);
aec_lux: 68.0;
hist255: 0.0;
hist252~255: 0.0;
hist0~15: 0.0;
जनजाति समाज विकास कार्यक्रम सिन्धुलीको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा उक्त तालिमको आयोजना गरिएको हो ।
तालिमका क्रममा सहभागी शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण शिक्षण विधिका सिद्धान्त, कक्षाकोठामा समान व्यवहार, बालबालिकाको मनोवैज्ञानिक तथा सामाजिक विकासमा लैङ्गिक समाजीकरणको प्रभाव लगायतका विषयमा जानकारी प्रदान गरिएको थियो ।
तालिममा विद्यालय शिक्षण प्रक्रियामा लैङ्गिक समानताको दृष्टिकोण समावेश गर्ने, बालबालिकामा हुने लैङ्गिक विभेद न्यूनीकरण गर्ने तथा समावेशी सिकाइ वातावरण निर्माण गर्ने विषयमा सहजीकरण गरिएको थियो ।
साथै विद्यालयमा लैङ्गिक संवेदनशील वातावरण सिर्जना गरी विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा टेवा पु¥याउने उपायहरूबारे छलफल गरिएको आयोजकले जनाएको छ । तालिममा विभिन्न विद्यालयका २५ जना शिक्षक–शिक्षिकाहरूको सहभागिता रहेको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्दै जनजाती समाज विकास कार्यक्रमका अध्यक्ष प्रदिप लुङ्गेली मगरले सिकेको ज्ञान सिपलाई बिद्यालयमा लागु गर्न आग्रह गरे ।
लैङ्गिक रूपान्तरण शिक्षण विधि तथा प्राथमिक लैङ्गिक समाजीकरण सम्बन्धि शिक्षक तालिममा दिपेन्द्र सिंह सामन्तले प्रशिक्षण गरेका थिए भने कार्यक्रमको सहजीकरण माधुरी शर्माले गरेकी थिइन् ।




















