• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Business

भत्कियो स्टल बजार, सकियो ३६ वर्षको इतिहास

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ २३, २०८३
in Business, Featured, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली सदरमुकामस्थित पुरानो बजार स्टल बजार अव इतिहासमा मात्र सिमित बनेको छ ३६ वर्ष लामो इतिहास बोकेको स्टल बजार अन्ततः कमलामाई नगरपालिकाले डोजर लगाएर भत्काएको छ । कमलामाई नगरपालिकाले २०७२ सालको भूकम्पपछि जीर्ण बनेको संरचनाले भविष्यमा ठूलो दुर्घटना निम्त्याउन सक्ने भन्दै प्राविधिक सुझावका आधारमा स्टल बजारमा डोजर लगाएर भत्काएको हो ।

जहाँ ४८ वटा सटर थिए । तत्कालिन जिल्ला विकास समितिले उक्त बजार स्थापना गरेको थियो । नीजि, सार्वजनिक साझेदारीमा बनाईएको स्टल बजार अब इतिहास मात्र भएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अमरेश बैदारले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् । संरचना भत्केपछि व्यवसाय गर्दै आएका ४८ जना व्यवसायीहरुले आफ्नो व्यवसाय गर्ने थलोको खोजीमा रहेका छन् ।

नगरपालिकाले वैकल्पिक व्यवस्थापन नगरी संरचना हटाइएको भन्दै असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् । व्यवसायीहरु कमलामाई नगरपालिकाको निर्णय विरुद्धमा उच्च अदालत पाटन गएका भए पनि अदालतले अन्तरिम आदेश नदिएपछि सामान सारेका थिए । नगरपालिकाले उच्च अदालतको निर्णय नआएपछि अन्तिम पटक सूचना जारी गरि सामान सार्न समय दिएको थियो । व्यवसायीहरुले सामान सारेपछि नगरपालिकाले ४ वटा डोजर प्रयोग गरि स्टलबजार भत्काएको हो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

नगरपालिकाका अनुसार भूकम्पपछिको प्राविधिक परीक्षणले भवनलाई जोखिमयुक्त ठहर गरेको थियो । सार्वजनिक सुरक्षालाई ध्यानमा राख्दै र सम्भावित मानवीय क्षति रोक्नका लागि संरचना हटाउने निर्णय गरिएको नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले बताएका छन् । नगरपालिकाले नागरिकको सुरक्षाभन्दा ठूलो कुनै विषय हुन नसक्ने बताउँदै जोखिमयुक्त भवनलाई यथावत् राख्न नसकिने स्पष्ट पारेको छ ।

https://esajhanepal.com/wp-content/uploads/2026/06/WhatsApp-Video-2026-06-05-at-6.35.32-PM.mp4

यद्यपि व्यवसायीहरू भने बजार भत्काउने निर्णयको विरोधमा उत्रिएका छन् । उनीहरूले भवन जीर्ण रहेको स्वीकार गरे पनि वैकल्पिक स्थानको व्यवस्था गरेर मात्र संरचना हटाउनुपर्ने बताएका छन् । बजार भत्किएसँगै वर्षौंदेखि सञ्चालनमा रहेका साना तथा मझौला व्यवसाय प्रभावित भएका छन् । धेरै परिवारको आयआर्जनको स्रोत एकाएक बन्द भएको छ ।

स्टलबजार हटाउने विषयमा सिन्धुली उद्योग वाणिज्य संघ, व्यवसायी तथा सरोकारवाला निकायबीच पटक–पटक छलफल भए पनि सहमतिपूर्ण समाधान निस्कन नसकेको व्यवसायीहरुले जनाएका छन् । व्यवसायीहरूले प्रमुख जिल्ला अधिकारीको कार्यालय र कमलामाई नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै पुनःस्थापनाको माग गरेका थिए ।

यसैबीच सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठले स्टलबजार भत्किनु केवल भौतिक संरचना हट्नु मात्र नभई दशकौंको संघर्ष, सपना र सम्झनाको अन्त्य भएको बताएका छन् । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको भावनात्मक सन्देशमा स्टल बजार हजारौं सपना र संघर्षको साझा घर भएको उल्लेख गरेका छन् ।

श्रेष्ठले व्यवसायीहरूको भविष्य र जीविकोपार्जनलाई मध्यनजर गर्दै आफूहरूले सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गरिरहेको बताएका छन् ।

स्थानीयका अनुसार सार्वजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा स्थापना भएको स्टलबजारले सिन्धुलीको व्यापारिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । करीब चार दशक समयसम्म जिल्लाको आर्थिक गतिविधिको केन्द्रका रूपमा परिचित बजार हटाइएपछि स्थानीय स्तरमा मिश्रित प्रतिक्रिया देखिएको छ ।

स्टलबजारको भौतिक अस्तित्व समाप्त भए पनि यससँग जोडिएका हजारौं सम्झना, संघर्ष र योगदान भने सिन्धुलीको इतिहासमा लामो समयसम्म जीवित रहने स्थानीयवासीहरूको भनाइ छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

शिक्षकहरुलाई लैंगिक रूपान्तरण शिक्षण विधि सम्बन्धि तालिम

Next Post

खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता तालिम सुरु

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied