• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

हिरासतमा युवाको मृत्युमा परिवार नै सशंकित, छानविन समिति गठन

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
बैशाख ८, २०८३
in Featured, Life, News, Province 3, Society
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सोमबार इलाका प्रहरी कार्यालय खुर्कोटको हिरासतमा आत्महत्या गरेको भनिएका युवाको मृत्युमा परिवारका सदस्यहरुले आशंका व्यक्त गरेका छन् । उनीहरुको आशंकाले मृत्यु नै रहस्यमयी बन्दै गएको छ । बालिका बलत्कारको आरोपमा हिरासतमा रहेका युवाको मृत्युमा प्रहरीले आत्महत्या भएको दावी गरेको भए पनि परिवारका सदस्यहरुले आफुहरुले मृत्यु कसरी भएको हो भन्ने विषयमा यथेष्ट प्रमाण हेर्न नपाएको बताएका छन् ।

प्रहरीले अस्पताल ल्याएर मृत्यु भईसकेपछि मात्रै परिवारलाई जानकारी दिएको र झुण्डिएको वा अन्य कारणले मरेको घटनास्थलको फोटो, भिडियो समेत परिवारलाई नदेखाएको बताउँदै आफुहरुले आत्महत्या वा अन्य कारणले मृत्यु भएको थाहा पाउन नसकेको बताए ।
एक १६ वर्षिय बालिका बलत्कारको अभियोगमा बैशाख ३ गते पक्राउ परेका सुनकोशी गाउँपालिका वडा नं. ३ जुम्लिडाँडाका २३ वर्षिय श्रीकृष्ण वि.क.को हिरासतको शौचालयको झ्यालको रडमा आफैले लगाएको सर्टले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीको दावी छ ।

मृतककी आमा विन्दा वि.कले आफ्नो छोराले न्याय पाउनुपर्ने बताएकी छिन् । उनले गल्तीको सजाय भोग्छु भनेर आएर बसेको थियो नि त, ड्युटी बसेको मान्छेले हेर्न बसेको होइन र ? ज्यान सुरक्षित हुन्छ भनेर त्यहाँ ल्याएर राखेको हो, लास पर्दा समेत नि थाहा नहुने पनि हुन्छ त ? उनले प्रहरीप्रति आशंका गर्दै प्रश्न गरेकी छिन् ।

‘माईती (केटी) पक्षसँग पुलिसको मिलेमतो छ की ? पैसाकै कारण पुलिस बिकेको हुनुपर्छ,’ मृतककी आमा विन्दाले आशंका व्यक्त गर्दै भनिन् । हामीलाई नभनि किन अस्पताल ल्याईयो ? किन भनिएन ? उनले प्रश्न गरिन् । घटना भएको अघिल्लो दिन आफुले छोरालाई भेटेर गएको समेत उनले बताएकी छिन् ।

हिरासतमा शौचालयबाट लामो समय ननिस्केपछि उनको खोजी गर्दा उनी झुण्डिएको भेटिएको र आत्महत्या प्रयास गरेको थाहा पाएपछि उद्धार गरि खुर्कोटमा रहेको सुनकोशी अस्पतालमा उपचारका लागि लगेको, त्यहाँ उपचार सम्भव नभएपछि सिन्धुली अस्पतालमा ल्याईएको एसपी सुवेदीको भनाई छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

सुनकोशी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि सिन्धुली अस्पताल लगिएकोमा अस्पताल पुग्दा अस्पतालले वि.कलाई मृत घोषणा गरेको थियो ।

वि.कलाई विहिबार ललितपुरको सातदोवाटोबाट पक्राउ गरि खुर्कोटको हिरासतमा ल्याईएको थियो । शुक्रबार सिन्धुली जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको थियो ।

बालिकासँग मृतक वि.कले प्रेम विवाह गरेको र विवाह सम्बन्ध छुटाउनका लागि बालिका पक्षले बलत्कारको मुद्दा दर्ता गरेको बताईएको छ । सातदोवाटो प्रहरीमा दिईएको उजुरीपछि वि.कलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका वि.कलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई मुद्दाको अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले आरोप स्वीकार्न दवाव दिँदै आएको समेत श्रोतको दावी छ ।

घटना छानविन गर्न समिति गठन
घटनापछि निश्पक्ष छानविनको माग गर्दै स्थानीय, आफन्त र परिवारले शव पोष्टमार्टम गर्न र शव बुझ्न नमानेपछि सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेलको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

मंगलबार गठन गरिएको उक्त छानविन समितिमा सहायक न्यायाधिवक्ता भविराम राई, सुनकोशी गाउँपालिका वडा नं. ३ का अध्यक्ष चन्द्र बहादुर श्रेष्ठ, दलित सेवा संघका सदस्य सञ्जु कुमार विश्वकर्मा, समाजसेवी तथा पूर्व प्रहरी पदम श्रेष्ठ, चिनामाया वि.क सदस्य रहेका छन् भने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुवेदी सदस्य सचिव रहेका छन् ।

छानविन समितिलाई बैठकले कार्यादेश समेत तोकेको छ । तर निश्पक्ष छानविन हुनेमा परिवारका सदस्यहरु नै विश्वस्त छैनन् । छानविन समितिले पोष्टमार्टम पश्चात घटनाको सत्य तथ्य छानविन गर्ने वाक्यांश प्रयोग गरेपछि परिवारका सदस्यहरुले न्याय पाउनेमा शंका व्यक्त गरेका हुन् ।

प्रहरीले पोष्टमार्टमका लागि मंगलबार साँझ नै तयारी गरेको भए पनि परिवारका सदस्यहरुले शंका लागेपछि पोष्टमार्टमका लागि निवेदनमा हस्ताक्षर गरेका छैनन् । प्रहरीले मंगलबार राती नै पोष्टमार्टम गर्ने तयारी गरेको थियो । विदाको दिन बाहेक विहान १० बजेदेखि साँझ ४ बजेसम्म मात्र सिन्धुली अस्पतालले पोष्टमार्टम गर्ने भए पनि मंगलबार साँझ ७ बजे पोष्टमार्टमका लागि अस्पताल पनि तयार भएको थियो । तोकिएको समय बाहेकको समयमा अस्पताल पोष्टमार्टम गर्न तयार हुनुलाई पनि आफन्त तथा परिवारका सदस्यहरुले शंकाको घेरामा राखेका छन् ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

हिरासतभित्रै थुनुवाले गरे आत्महत्या

Next Post

सिडिओ, एसपी र इन्स्पेक्टरको निलम्बनको माग गर्दै सांसदहरुको धर्ना

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied