सिन्धुली । जिल्लाको मतगणना शुक्रबार विहान ११ बजेबाट हुने भएको छ । सिन्धुली क्षेत्र नं. १ र क्षेत्र नं. २ को मतगणना सिन्धुलीमाढीमा नै गरिने भएको छ । प्रविधियुक्त र सुरक्षाको विशेष व्यवस्थाबीच मतगणना गरिने भएको हो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयल सिन्धुलीले बिहान ८ बजे सर्वदलिय बैठक बस्ने र ११ बजेबाट मतगणना गर्ने जनाएको छ । जिल्लाभरबाट मतपेटिका आईपुग्न र बुझ्न समय लाग्ने भएपछि मतगणना ढिलो गरिने भएको हो ।
फेसबुक मार्फत प्रतिकिया दिनुहोला





















