सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ खम्बेचौर मतदान स्थलको बुथ नं. (ङ) विशेष मतदान केन्द्र रह्यो । जहाँ महिलाहरुले मात्र मतदान गराए । उक्त केन्द्रमा १ हजार २७ जना मतदाता रहेका थिए ।
उक्त केन्द्रमा मतदान अधिकृत रहेकी थिईन डिभिजन वन कार्यालय सिन्धुलीकी अधिकृत आठौंतहकी बन्दना बस्नेत । उक्त केन्द्रमा सहायक मतदान अधिकृत सर्मिला कटुवाल रहेकी थिईन । यस्तै सहायक कर्मचारीहरु र कार्यालय सहयोगी समेत महिला थिए । सहायक कर्मचारीहरु अम्बिका काफ्ले, अनिशा पराजुली र रञ्जना पौडेल र सहयोगी कर्मचारी कल्पना तोलांगे रहेकी थिईन् ।
उक्त मतदान केन्द्रमा ५ सय ७२ मत खसेको छ । जहाँ ३ सय ३९ जना महिलाहरुले नै मतदान गरे । दलका प्रतिनिधिहरु पनि अधिकांश महिला नै रहेका थिए । मतदान केन्द्रमा सुरक्षाकर्मी भने पुरुष र महिला दुवैथरी रहेका थिए । सुरक्षाकर्मी महिलाहरु कम भएकाले सुरक्षाकर्मी भने पुरुष महिला नै रहेको मतदान अधिकृत बन्दना बस्नेतले बताईन ।





















