सिन्धुली । सिन्धुलीमा ५८ प्रतिशत मत खसेको छ । विहिबार सम्पन्न निर्वाचनमा जिल्लाभरबाट १ लाख १७ हजार ३१ मत खसेको छ । जिल्लामा २ लाख १५ हजार १९ जना कुल मतदाता रहेका छन् । जसमा १ लाख ३ हजार ६ सय ६५ जना महिला र १ लाख १० हजार ३ सय २४ जना पुरुष रहेका छन् ।
जिल्लाको घ्याङ्लेख गाउँपालिकामा ४ हजार ६ सय ८७ मत, दुधौली नगरपालिका २६ हजार ८ सय ९, तीनपाटन गाउँपालिकामा १४ हजार ४ सय २०, मरिण गाउँपालिकामा १० हजार ६ सय ३३, सुनकोशी गाउँपालिकामा ९ हजार ७ सय २७, गोलञ्जोर गाउँपालिकामा ७ हजार ९ सय ५५, कमलामाई नगरपालिका २७ हजार २ सय १६, फिक्कल गाउँपालिकामा ६ हजार ५ सय २२ र हरिहरपुरगढी गाउँपालिकामा ९ हजार ६२ मत खसेको छ ।
मत प्रतिशतमा हेर्दा घ्याङ्लेखमा ४६.३९ प्रतिशत, दुधौली नगरपालिका ५५.४८ प्रतिशत, तिनपाटन गाउँपालिका ५३.७ प्रतिशत, मरिण गाउँपालिका ५८ प्रतिशत, सुनकोशी गाउँपालिकामा ५१.४९ प्रतिशत, गोलञ्जोर गाउँपालिकामा ५३.२४ प्रतिशत, कमलामाई नगरपालिका ६७.९७ प्रतिशत, फिक्कल गाउँपालिका ५२.६२ प्रतिशत र हरिहरपुरगढी गाउँपालिकामा ५१.८१ प्रतिशत मत खसेको छ ।
सिन्धुली क्षेत्र नं. १ मा ६० हजार २ सय ५८ मत र क्षेत्र नं. २ मा ५६ हजार ७ सय ७३ मत खसेको छ । क्षेत्र नं. १ मा ५४.५८ प्रतिशत, क्षेत्र नं. २ मा ५४.२६ प्रतिशत मतदाताले मतदान गरेका छन् ।
क्षेत्र नं. १ मा १ लाख १० हजार ३ सय ९१ मतदाता र क्षेत्र नं. २ मा १ लाख ४ हजार ६ सय २८ मतदाता रहेका थिए । जिल्ला भरका १५१ मतदानस्थलका २ सय ७२ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा शान्तीपूर्ण रुपमा मतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ । मतदानपछि मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी छ ।





















