सिन्धुली । कुण्डेश्वर मावि बेसारेवेशीका विद्यार्थीहरुलाई आईतबार न्यानो कपडा ट्रयाक सुट वितरण गरिएको छ । पूर्व विद्यार्थी, शिक्षक तथा अभिभावकको आर्थिक सहयोगमा ट्रयाक सुट वितरण गरिएको हो ।
पूर्व विद्यार्थी विनय दाहालको अध्यक्षता तथा कमलामाई नगरपालिका वडा नं. १२ का अध्यक्ष भिम बहादुर गुर्मछानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ७० जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । २७६ जना विद्यार्थी रहेको उक्त विद्यालयमा अर्को दिन ट्रयाक सुट वितरण गरिने विद्यालयका प्रधानाध्यापक ललित कुमार श्रेष्ठले बताएका छन् ।
कार्यक्रममा शिक्षक, विद्यार्थी, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, पूर्व विद्यार्थीहरु लगाएतको सहभागिता रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ललित कुमार श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक इश्वरराज दाहाल गरेका थिए ।





















