• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 14, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

कार्यरत डाक्टरहरु जागिरबाट निकालेर दुधौली अस्पतालमा ओपिडी सेवा बन्द

बिमला पाण्डे by बिमला पाण्डे
माघ १९, २०८२
in Featured, Health, News, Province 3
0

Share via:

35 Shares
  • Facebook 35
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगर अस्पताल यति बेला चरम विवादमा छ । अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरु, दुधौली नगरपालिका र अस्पताल व्यवस्थापनबीच विवाद चुलिँदा अस्पतालको सेवा नै प्रभावित बनेको छ । अस्पतालमा कार्यरत ३ जना मेडिकल अधिकृतहरुलाई बिना कारण जागिरबाट निस्काशन गरेपछि विवाद झनै चर्किएको छ । नगरपालिकाले हाल कार्यरत अन्य ३ जना डाक्टरहरुलाई समेत चरम दवावमा राखेको र नियम संगत पाउनुपर्ने सेवा सुविधामा समेत विभेद गरेको पाईएको छ ।

अस्पतालमा कार्यरत डाक्टरहरुलाई माघ १ गतेदेखि लागु हुने गरि दुधौली नगरपालिकाका कार्यबाहक मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका चन्द्रकिशोर थारु र उनको नेतृत्वको समितिले सेवा नविकरण नगरेपछि विवाद बल्झिएको हो । समितिले पुस २४ गतेको निर्णय अनुसार अस्पताल व्यवस्थापन समितिले करार सेवामा नियुक्त गरेका डाक्टरहरु सन्तोष पञ्जियार, पुरुषोत्तम बराल र हिमाल गौतमको करार सेवा नविकरण गरेको थिएन ।

उनीहरुलाई कार्यसम्पादन मुल्यांकन सन्तोषजनक नभएको भन्दै नविकरण नगर्ने अस्पताल प्रशासनले निर्णय गरेको थियो । अस्पतालका डाक्टरहरुको करार सेवा नविकरण नभएपछि विवाद झनै चर्किँदै गएको छ ।

अस्पतालमा कार्यरत बाँकी रहेका ३ जना मेडिकल अफिसरले मात्र अस्पतालको ओपिडी सेवा, आपतकालिन सेवा लगाएतका सेवा सञ्चालन गर्न नसक्ने भएपछि विहिबार अस्पताल प्रशासनले सूचना जारी गरि शुक्रबारदेखि ओपिडी सेवा बन्द गरेको जनाएको छ ।

शुक्रबारदेखि ओपिडी सेवा बन्द भएपछि दैनिक १ सय देखि १ सय ५० जनासम्म विरामी आउने अस्पतालमा विरामीहरुले सेवा पाउनबाट बञ्चित भएका छन् । अस्पतालमा हाल कार्यरत ३ जना मेडिकल अफिसर छन् । डा. रमा खपांगी, डा. मन्दिप अधिकारी र डा. मनिष कार्कीले २४ सै घण्टा सेवा सञ्चालन गर्न नसक्ने जनाएपछि अस्पताल प्रशासनले ओपिडी सेवा बन्द गरेको हो ।

यता अस्पताल व्यवस्थापन समितिको अध्यक्ष रहेका दुधौली नगरपालिकाका कार्यवाहक मेयर चन्द्रकिशोर थारुले समितिबाट राजिनामा दिएका छन् । उनले राजिनामा दिएपछि नगरपालिकाका प्रवक्ता समेत रहेका दिपक खड्का शनिबार अस्पताल विकास समितिको अध्यक्ष बनेका छन् ।

नवनियुक्त अध्यक्ष खड्काले अस्पतालमा स्वास्थ्यकर्मीहरुले राजनीति गरेको आरोप लगाएका छन् । उनले स्वास्थ्य सेवा सञ्चालनका लागि दुई जना डाक्टर खोजेर ल्याउने तयारी गरेको बताएका छन् ।

यता अस्पतालमा कार्यरत मेडिकल अफिसरहरुलाई नगरपालिकाले हटाउने तयारी सुरु गरेको खुलेको छ । कार्यपालिका बैठकमा सहमति जुटाउन सकेमा थप ३ जना डाक्टरहरु समेत हटाउन मेयर थारु आफै क्रियाशिल रहेको नगरपालिका श्रोतले जानकारी दिएको छ । करार सेवामा रहेका ३० जना भन्दा बढी स्वास्थ्यकर्मीलाई साउनदेखि दोब्बर तलब तथा सेवा सुविधा बढाएको अस्पतालले मेडिकल अफिसरहरुलाई तलब वृद्धि नगरेको, थप सेवा सुविधा नदिएको भन्दै उनीहरु आन्दोलित भएका थिए । उनीहरु असोज देखि नै आफ्नो अधिकारका लागि संघर्षरत थिए । त्यहि संघर्षरत डाक्टरहरुलाई अस्पतालले माघ १ गतेदेखि जागिरबाट निष्काशन गरेको हो ।

त्यहि आन्दोलनपछि अस्पतालका डाक्टर र अस्पताल विकास समितिको विवाद झनै चुलिएको थियो । असोजमा चिकित्सकको नियमित सेवा, जोखिम र जिम्मेबारी, कार्यसम्पादन सम्बन्धि ६ बुँदे माग राखेका डाक्टरहरु अहिले अस्पताल व्यवस्थापन समिति र नगरपालिकाको तारो बनेका छन् । उनीहरुले जनप्राक्टिस भत्ता, सर्पदंश उपचार भत्ता, प्रोत्साह भत्ता, महंगी भत्ता र गत बर्षको ओभरटाईम ड्युटीको बाँकी बक्यौता भुक्तानीको माग समेत गरेका थिए । डाक्टरहरुले अघिल्लो आर्थिक वर्षको ओभरटाईम बक्यौता समेत भुक्तानी नभएको जनाएका छन् ।

मेडिकल अधिकृतहरुले असोजमा राखेको माग पुरा नभएपछि मंसिर १ गतेदेखि केहि दिन अस्पतालको ओपिडी सेवा बन्द गराएका थिए । अस्पतालले पटक पटक आफुहरुका माग पुरा गर्ने आश्वासन दिने र वेवास्ता गर्ने गरेको अस्पतालका मेडिकल अफिसर इन्चार्ज रमा खपांगीले बताईन् ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

उनले पछिल्लो समय डाक्टरहरुको विना कारण, विना जानकारी र स्पष्टिकरण समेत दिने अवसर नदिई करार सेवा नविकरण नगर्नु, निरन्तरतर उठाएका डाक्टरहरुका मागको वेवास्ता गर्नु, सेवा सुविधामा विभेद गर्नु र अस्पतालमा कामको चाँप अत्यधिक भएको हुँदा सेवा दिन समस्या भएको बताएकी छिन् । अस्पताल प्रशासन र मेडिकल अफिसरका बीचमा भएको विवादका कारण काम गर्ने मनोवल र उत्साह समेत हराउँदै गएको उनले बताइन् । निर्वाचन आचारसंहिता लागेकाले तत्काल डाक्टर आउन सक्ने सम्भावना पनि न्युन रहेको उनले बताएकी छिन् ।

अस्पतालमा कार्यरत डा. मन्दिप अधिकारीले जनशक्ति कम भएकाले अस्पतालको ओपिडी सेवा सञ्चालन गर्न नसकिएको बताएका छन् । तीन जना डाक्टरले ओपिडीका डेढसय र आपतकालिन सेवा लिन आउने ४०, ५० जना विरामी तीन जनाले हेर्न नसक्ने बताएका छन् । उनका अनुसार अस्पतालको आपतकालिन सेवा र ७० वर्ष माथिका नागरिकलाई सेवा नरोकिएको बताएका छन् । दुधौली नगरपालिकाका कार्यबाहक मेयर चौधरीले दुधौली अस्पतालको विषयमा बोल्न चाहेनन् । अस्पताल विवादमा मुछिएपछि दुई जना विशेषज्ञ डाक्टरहरु समेत विदामा बसेका छन् ।

यता अस्पतालको विवाद चुलिएपछि र अख्तियारमा नियम बमोजिम भन्दा अत्यधिक सेवा सुविधा लिएको भन्दै दुधौली अस्पतालका प्रमुख डा. सुमनसिंह कार्की विरुद्ध अख्तियारमा मुद्दा चलिरहेको छ । उनी विरुद्ध विमाको औषधि र निःशुल्क औषधिमा अनियमितता गरेको, निःशुल्क औषधि विक्री वितरण गरेको समेत आरोप लागेको छ । डा. कार्कीले अस्पतालबाट मासिक तलब, ७५ प्रतिशत विशेषज्ञ भत्ता र २५ प्रतिशत प्रोत्साहन भत्ता लिएको आरोप छ । अख्तियारले छानविनका लागि अस्पतालको दस्तावेजहरु लगिसकेको छ ।

अस्पतालले अस्पतालभित्रका विवादहरुको अध्ययन गर्न छानविन समिति समेत बनाएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख बिमल पट्टेल, स्थानीय राजनीतिक दलका प्रतिनिधि सहितको छानविन समितिले प्रतिवेदन दिन सकेको छैन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

विद्यार्थीहरुलाई न्यानो कपडा वितरण

Next Post

पुराना दल परिवर्तनका लागि लड्दै आएका राजनीतिक शक्ति हुन् : एमाले उमेदवार थापा

सम्बन्धित खबरहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग
Featured

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय
Featured

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा
Featured

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

भर्खरै प्राप्त समाचारहरु

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

सिन्धुलीबाट बाढी पीडितलाई चौविस लाख सहयोग

वर, पिपल, समीका विरुवा संकलन गर्दै डिभिजन वन कार्यालय

रसुवा बाढी : मानवीय संवेदनामा राज्य संयन्त्रको परीक्षा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied