सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुलीमाढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
शुक्रबार निर्माणाधिन जिल्ला समन्वय समितिको नयाँ भवनमा मुख्य निर्वाचन र निर्वाचन अधिकृतको गरी दुईवटा कार्यालय एकै साथ स्थापना गरिएको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको सिन्धुलीमा निर्वाचन क्षेत्र नम्बर १ मा निर्वाचन अधिकृतको कार्यालय र क्षेत्र नम्बर २ का लागि मुख्य निर्वाचन अधिकृत सहितको कार्यालय स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले बताएका छन् । निर्वाचन अधिकृतको कार्यालय स्थापना पछि बोल्दै मुख्य निर्वाचन अधिकृत कमलराज विष्टले निर्वाचनका सबै काम अगाडि बढ्ने कार्यालय स्थापनाको अवसरमा बताएका छन् ।





















